logo

मधेसी मोर्चा विभाजन हुनु दुखद : रक्साैलका वुद्दिजीवि

      5/7/2017 गते 00 00 मा प्रकाशित     1123   पटक पढिएको

 

वीरगंज, बैशाख २४ श्रवण साह नेपाल भारत सम्बन्ध तथा तराई पहाड बिचको दुरी बारे भारत बिहारको रक्सौलमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । रक्सौल आर्य समाज मन्दिरको अतिथी सदनमा सेतुबन्द नामक संस्थाले आयोजना गरेको अन्र्तक्रियामा बोल्दै वक्ताहरुले नेपाल र भारत बिचको सम्बन्धन पौराणि रहेको बताएका थिए ।

 

हामी दुई देश बिचका जनताहरुका लागि कहिले पनि सिमानाको आवश्यकता नपरेको बताउदै वक्ताहरुले दुनियाँको कुनै पनि शक्तिले नेपाल भारत बिचको मित्रता तोडन नसक्ने बताएका थिए । यसैगरी वक्ताहरुले नेपालको हरेक अन्दोलनमा भारतको अग्रणी भुमिका रहेको बताउदै हालै भएको तेस्रो मधेस आन्दोलनमा भारतीय नागरिक सहादत प्राप्त गर्नु र रक्सौलका समाजसेवीले निशुल्क रुपमा आन्दोलनकारीहरुलाई भोजन गराउन ताजा प्रमाणको रुपमा रहेको बताएका थिए ।

 

साथै वक्ताहरुले मधेसी मोर्चा बिभाजन हुनु दुखद भएको बताउदै मिलेर जान मधेसी नेताहरुलाई अनुरोध गरेका थिए । सो अवसर मा तेस्रो मधेस आन्दोलन मा सहादत प्राप्त गरेका रक्सौलका स्व.आशिस रामको आमा बिन्दु देवी राम र बुवा अशोक राम लाई दोशला ओडाई सम्मान गरिएको सेतुबन्दका टिम लिडर आनन्द आदित्यले बताए ।

 

सो अवसरमा मधेशी पत्रकार समाज पर्साका अध्यक्ष श्रवण प्रसाद साह, रक्सौलका समाजसेवी महेश अग्रवाल , नागरिक चेतना मचंका अध्यक्ष प्रोफेसर अनिल कुमार सिन्हा ,गांधी युवा मंचका अध्यक्ष बच्चा मिश्रा, विश्व हिन्दू परिषद् का जिल्ला अध्यक्ष चन्द्रशेखर भारती, सेतुबन्द का सदस्य अभिनव चौधरीको सहभागिता रहेको थियो ।कार्यक्रम को संचालन सेतुबन्दका सहयोगी रामरिझन यादव ले गरेका थिए .

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

गैरकानुनी ढंगबाट आर्जन गरेको भन्दै बिशेष अदालतमा गौतम बिरुद्ध मुद्धा दायर

काठमाण्डौ । यातायात व्यवस्था कार्यालय वीरगंजका तत्कालीन प्रमुख विरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ ।

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.