logo

मधेसी मोर्चा विभाजन हुनु दुखद : रक्साैलका वुद्दिजीवि

      5/7/2017 गते 00 00 मा प्रकाशित     1314   पटक पढिएको

 

वीरगंज, बैशाख २४ श्रवण साह नेपाल भारत सम्बन्ध तथा तराई पहाड बिचको दुरी बारे भारत बिहारको रक्सौलमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । रक्सौल आर्य समाज मन्दिरको अतिथी सदनमा सेतुबन्द नामक संस्थाले आयोजना गरेको अन्र्तक्रियामा बोल्दै वक्ताहरुले नेपाल र भारत बिचको सम्बन्धन पौराणि रहेको बताएका थिए ।

 

हामी दुई देश बिचका जनताहरुका लागि कहिले पनि सिमानाको आवश्यकता नपरेको बताउदै वक्ताहरुले दुनियाँको कुनै पनि शक्तिले नेपाल भारत बिचको मित्रता तोडन नसक्ने बताएका थिए । यसैगरी वक्ताहरुले नेपालको हरेक अन्दोलनमा भारतको अग्रणी भुमिका रहेको बताउदै हालै भएको तेस्रो मधेस आन्दोलनमा भारतीय नागरिक सहादत प्राप्त गर्नु र रक्सौलका समाजसेवीले निशुल्क रुपमा आन्दोलनकारीहरुलाई भोजन गराउन ताजा प्रमाणको रुपमा रहेको बताएका थिए ।

 

साथै वक्ताहरुले मधेसी मोर्चा बिभाजन हुनु दुखद भएको बताउदै मिलेर जान मधेसी नेताहरुलाई अनुरोध गरेका थिए । सो अवसर मा तेस्रो मधेस आन्दोलन मा सहादत प्राप्त गरेका रक्सौलका स्व.आशिस रामको आमा बिन्दु देवी राम र बुवा अशोक राम लाई दोशला ओडाई सम्मान गरिएको सेतुबन्दका टिम लिडर आनन्द आदित्यले बताए ।

 

सो अवसरमा मधेशी पत्रकार समाज पर्साका अध्यक्ष श्रवण प्रसाद साह, रक्सौलका समाजसेवी महेश अग्रवाल , नागरिक चेतना मचंका अध्यक्ष प्रोफेसर अनिल कुमार सिन्हा ,गांधी युवा मंचका अध्यक्ष बच्चा मिश्रा, विश्व हिन्दू परिषद् का जिल्ला अध्यक्ष चन्द्रशेखर भारती, सेतुबन्द का सदस्य अभिनव चौधरीको सहभागिता रहेको थियो ।कार्यक्रम को संचालन सेतुबन्दका सहयोगी रामरिझन यादव ले गरेका थिए .

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.