logo

प्राधिकरणले तोक्यो जलाशय र अर्ध जलाशय आयोजनाको विद्युत् खरिद दर

      5/7/2017 गते 00 00 मा प्रकाशित     1264   पटक पढिएको

काठमाडौँ, २४ वैशाख । नेपाल विद्युत् प्राधिकरणले बढी विद्युत् माग हुने समयमा विद्युत् उपलब्ध गराउने जलविद्युत् प्रवद्र्धकलाई प्रतियुनिट १२ रुपैयाँ ४० पैसा उपलब्ध गराउने भएको छ ।


प्राधिकरणले प्रस्ताव गरेको नयाँ विद्युत् खरिद दरअनुसार मङ्सिर १६ देखि जेठ १५ गतेसम्म सो महसुल उपलब्ध गराउने भएको हो । जलाशययुक्त आयोजना निर्माणका लागि प्रोत्साहित गर्ने लक्ष्यका आधारमा प्राधिकरणले जेठ १६ गतेदेखि मङ्सिर १५ सम्म प्रतियुनिट ६ रुपैयाँ ३ पैसामा विद्युत् खरिद गरिनेछ । छ महिनाको ऊर्जा कुल वार्षिक ऊर्जा उत्पादनको ५० प्रतिशत भएमा प्रतियुनिट ७ रुपैयाँ १० पैसामा विद्युत् खरिद गरिनेछ ।


यस्तै अर्ध जलाशयुक्त आयोजनाको हकमा पनि प्राधिकरणले नयाँ विद्युत् खरिद दर कायम गरेको छ । सुक्खायाम विशेषगरी मङ्सिर १६ गतेदेखि जेठ १५ सम्म पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने अर्ध जलाशयुक्त आयोजनालाई प्रतियुनिट रु ८।५० उपलब्ध गराउनेछ ।


त्यसमा एक घन्टासम्म दुई घन्टाभन्दा कम समय विद्युत् उपलब्ध गराए प्रतियुनिट ८ रुपैयाँ ५० पैसा, दुई घन्टादेखि तीन घन्टासम्मभन्दा कम प्रतियुनिट ८ रुपैयाँ ८० पैसा, तीन घन्टादेखि चार घन्टाभन्दा कम ९ रुपैयाँ ४० पैसा, चार घन्टादेखि छ घन्टासम्म नियमित विद्युत् विद्युत् उपलब्ध गराए १० रुपैयाँ ५५ पैसा प्रतियुनिटमा विद्युत् खरिद गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।


अर्ध जलाशय आयोजना हुनका लागि न्यूनतम एक घन्टादेखि छ घन्टासम्म नियमित रुपमा विद्युत् उपलब्ध गराउनु पर्ने, मङ्सिर १६ देखि जेठ १५ सम्म ६ महिनाको ऊर्जा कुल वार्षिक ऊर्जाको न्युनतम् ३० प्रतिशत ऊर्जा हुनुपर्ने प्रावधान राखिएको छ ।


प्राधिकरणको नयाँ प्रावधानबाट निजी क्षेत्रका ऊर्जा उद्यमीलाई फाइदा पुग्ने विश्वास लिइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यकः एमाले महासचिव  पोख्रेल

बर्दिवास । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन  ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.