logo

पत्रकारिता सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्छ ः मन्त्री कार्की

      5/6/2017 गते 00 00 मा प्रकाशित     1367   पटक पढिएको

काठमाडौँ,२४ वैशाख । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता पेसा सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्ने बताउनुभएको छ ।


राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आज आयोजित प्रभातफेरि र रक्तदान कार्यक्रममा सहभागी हुँदै मन्त्री कार्कीले राष्ट्रको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता जगत् सबैले सम्मान गर्नलायक हुनुपर्ने र त्यसका लागि पत्रकारले व्यावसायिक धर्म निर्वाह गर्नु नै पहिलो कर्तव्य रहनेमा जोड दिनुभयो ।
‘गोर्खापत्र’ प्रकाशनसँगै नेपाली पत्रकारिता जगत्ले क्रमिक रुपमा फड्को मारेको बताउँदै मन्त्री कार्कीले इमान्दार रुपमा गरिने पत्रकारिताले देश विकासका लागि ठूलो सहयोग पुग्ने हुँदा सोहीअनुरुप आफ्नो पेसा अघि बढाउन सम्पूर्ण प्रेस जगत्लाई आग्रह गर्नुभयो ।


सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले अबका दिनमा विकास पत्रकारितामा जोड लिँदै समाजका सबै वर्ग र क्षेत्रका लागि पहरेदारका रुपमा काम गर्नका लागि पत्रकार योग्य हुनुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन उच्चस्तरीय समितिका अध्यक्ष काशीराज दाहालले पत्रकार स्वयं््ले आफूलाई देश विकासको संवाहकका रुपमा स्थापित गर्न सक्नुपर्ने धारणा राख्नुभयो ।


नेपाल पत्रकार महासङ्का अध्यक्ष डा महेन्द्र विष्टले परिवर्तनको कार्यसूचीलाई संस्थागत गर्नका लागि पत्रकारिता जगत्ले ठूलो भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।


सूचना तथा सञ्चार मन्त्रालयले आयोजना गरेको उक्त प्रभातफेरि भृकुटीमण्डपबाट सुरु भई भूगोलपार्कसम्म पुगेको थियो । प्रभातफेरिमा अन्य सङ्घसंस्थाको पनि सहभागिता थियो । दिवसका अवसरमा करिब २० जनाले रक्तदान गरेका थिए ।
गत वर्षदेखि सुरु भएको राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा यस वर्ष ‘वरिष्ठ पत्रकारिता पुरस्कार’ कृष्णा ताम्राकार, विश्वबन्धुृ भण्डारी, नारायणप्रसाद शर्मा र मदनमणि दीक्षितलाई र ‘राष्ट्रिय पत्रकारिता सम्मान’ गणेशशेखर शर्मा, शिवबहादुर कार्की, सिराजुद्दिन खान र गजेन्द्रबहादुर बुढाथोकीलाई प्रदान गरिने भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.