logo

होटलमा महिला मृत फेला

      5/7/2017 गते 00 00 मा प्रकाशित     1067   पटक पढिएको

काठमाडौँ, २४ वैशाख । कोटेश्वर आकासेपुलस्थित होटल होम गेष्टहाउस एण्ड रेस्टुराँको तेस्रो तलाको कोठामा आज एक युवती शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । महानगरीय प्रहरी प्रभाग, कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले मृतक काभ्रे महाँकालचौर–८ घर भएकी २८ वर्षीया लक्ष्मी तामाङ भएको जानकारी दिनुभयो ।


मृतक तामाङ र वतन नखुलेका विष्णु सापकोटा नाम गरेका व्यक्ति शनिबार आफूहरु श्रीमान् श्रीमती भनी होटलमा बसेकामा आइतबार सापकोटा विमानस्थल गएर साथी लिएर आउँछु भनी गएका थिए ।


सापकोटा फर्किएर नआएपछि उक्त गेष्ट हाउसमा काम गर्ने व्यक्तिले कोठामा गई हेर्दा कोठाको बाहिर पट्टीबाट चुकुल लगाएको र कोठाभित्र तामाङलाई घोप्टो अवस्थामा मृत फेला पारेका थिए ।


निरीक्षक पाण्डेले भन्नुभयो, “सो व्यक्तिले एयरपोर्टबाट केही छिनमा फर्कने भन्दै थप पाँच जनालाई खाना बनाउनु भनी भागेर गएका रहेछन्, उनको खोजी कार्य जारी छ । मृतक तामाङको घाँटीमा डाम देखिएकाले उनको हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।”

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.