logo

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

      5/1/2017 गते 00 00 मा प्रकाशित     1178   पटक पढिएको

काठमाडौँ, १८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटवार्तामा उहाँहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम, स्थानीय तहको निर्वाचन र प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोगका विषयमा छलफल भएको थियो ।


सो अवसरमा राष्ट्रपति भण्डारीले निर्वाचन र प्रधानन्यायाधीशको महाअभियोगका विषयमा जिज्ञासा राख्नुभएको थियो । जवाफमा प्रधानमन्त्री प्रचण्डले घोषित वैशाख ३१ गतेको निर्वाचन समयमै हुने बताउनुभएको थियो ।

 

“घोषित निर्वाचन नरोकिने र पछिल्ला राजनीतिक घटनाक्रमले कुनै असर पार्दैन” – प्रधानमन्त्रीलाई उद्धृत गर्दै उहाँका सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिनुभयो । राष्ट्रपतिले प्रधानन्यायाधीशका सम्बन्धमा राख्नुभएको जिज्ञासामा प्रधानमन्त्रीले व्यवस्थापिका–संसद्भित्रको लोकतान्त्रिक विषय भएको स्पष्ट गराउनुभएको आचार्यले बताउनुभयो । करिब डेढ घन्टा भएको भेटवार्तामा अन्य समसामयिक विषयमा छलफल भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यकः एमाले महासचिव  पोख्रेल

बर्दिवास । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन  ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.