logo

आठजना पत्रकार सम्मानित

      5/7/2017 गते 00 00 मा प्रकाशित     1548   पटक पढिएको

काठमाडौँ, २४ वैशाख । सूचना तथा सञ्चार मन्त्रालयले पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनु हुने आठजना पत्रकारलाई सम्मान गरेको छ । दोस्रो राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ पत्रकारतर्फ र राष्ट्रिय पत्रकारिता पुरस्कारतर्फ समान चार÷चारजना पत्रकारलाई सम्मान गरेको हो ।


सम्मानित हुनेमा वरिष्ठ पत्रकारतर्फ मदनमणि दीक्षित ९काठमाडौँ०, नारायणप्रसाद शर्मा ९दाङ०, कृष्णा ताम्राकार ९काठमाडौँ० र विश्वबन्धु भण्डारी ९तनहुँ० हुनुहुन्छ । त्यसैगरी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनेमा गुणशेखर शर्मा ९चितवन०, गजेन्द्र बुढाथोकी ९उदयपुर०, सिराज खान ९बाँके० तथा मोरङका शिवबहादुर कार्की हुनुहुन्छ । उहाँहरुलाई सम्मानसहित जनही रु दुई लाख प्रदान गरिएको छ ।


पत्रकारहरुलाई सम्मान गर्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारले पार्टीगत भन्दा पनि पेसागत मर्यादालाई भुल्न नहुने बताउनुभयो । मुख्यसचिव डा सोमलाल सुवेदीले निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा कलम चलाउनु हुने व्यक्तित्वलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो ।


राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन उच्चस्तरीय समितिका अध्यक्ष काशीराज दाहालले राष्ट्रलाई समुन्नत बनाउन आमसञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने बताउँदै सञ्चार नीतिलाई दृढतापूर्वक कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।


नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सम्मान विवादास्पद नभई उच्चतम् समावेशी भएको बताउनुभयो । सम्मानित व्यक्तित्व बुढाथोकीले अहिले पनि विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारले न्यूनतम् पारिश्रमिक नपाएको गुनासो गर्दै सरकारले यसलाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

 

अर्का सम्मानित व्यक्तित्व शर्माले देशलाई विभाजित हुन नदिन पत्रकारको महत्वपूर्ण योगदान हुने भन्दै मोफसलमा रहेका पत्रकारलाई सम्मान गर्दा काममा थप ऊर्जा मिल्ने बताउनुभयो । सरकारले गत वर्षदेखि गोरखापत्रको प्रकाशन सुरु भएको वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउन थालेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यकः एमाले महासचिव  पोख्रेल

बर्दिवास । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन  ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.