logo

आठजना पत्रकार सम्मानित

      5/7/2017 गते 00 00 मा प्रकाशित     1716   पटक पढिएको

काठमाडौँ, २४ वैशाख । सूचना तथा सञ्चार मन्त्रालयले पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनु हुने आठजना पत्रकारलाई सम्मान गरेको छ । दोस्रो राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ पत्रकारतर्फ र राष्ट्रिय पत्रकारिता पुरस्कारतर्फ समान चार÷चारजना पत्रकारलाई सम्मान गरेको हो ।


सम्मानित हुनेमा वरिष्ठ पत्रकारतर्फ मदनमणि दीक्षित ९काठमाडौँ०, नारायणप्रसाद शर्मा ९दाङ०, कृष्णा ताम्राकार ९काठमाडौँ० र विश्वबन्धु भण्डारी ९तनहुँ० हुनुहुन्छ । त्यसैगरी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनेमा गुणशेखर शर्मा ९चितवन०, गजेन्द्र बुढाथोकी ९उदयपुर०, सिराज खान ९बाँके० तथा मोरङका शिवबहादुर कार्की हुनुहुन्छ । उहाँहरुलाई सम्मानसहित जनही रु दुई लाख प्रदान गरिएको छ ।


पत्रकारहरुलाई सम्मान गर्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारले पार्टीगत भन्दा पनि पेसागत मर्यादालाई भुल्न नहुने बताउनुभयो । मुख्यसचिव डा सोमलाल सुवेदीले निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा कलम चलाउनु हुने व्यक्तित्वलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो ।


राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन उच्चस्तरीय समितिका अध्यक्ष काशीराज दाहालले राष्ट्रलाई समुन्नत बनाउन आमसञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने बताउँदै सञ्चार नीतिलाई दृढतापूर्वक कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।


नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सम्मान विवादास्पद नभई उच्चतम् समावेशी भएको बताउनुभयो । सम्मानित व्यक्तित्व बुढाथोकीले अहिले पनि विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारले न्यूनतम् पारिश्रमिक नपाएको गुनासो गर्दै सरकारले यसलाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

 

अर्का सम्मानित व्यक्तित्व शर्माले देशलाई विभाजित हुन नदिन पत्रकारको महत्वपूर्ण योगदान हुने भन्दै मोफसलमा रहेका पत्रकारलाई सम्मान गर्दा काममा थप ऊर्जा मिल्ने बताउनुभयो । सरकारले गत वर्षदेखि गोरखापत्रको प्रकाशन सुरु भएको वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउन थालेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.