logo

नारी दमीत स्वर ‘देउती’ बजारमा

      5/6/2017 गते 00 00 मा प्रकाशित     1578   पटक पढिएको

काठमाडौं, २३ वैशाख । पत्रकार तथा लेखक अक्षर काकाको उपन्यास ‘देउती’ बजारमा आएको छ । आख्यान तथा गैरआख्यान दुवै विधामा कलम चलाउने काकाको ‘देउती’ पहिलो उपन्यास हो ।


सामाजिक यथार्थवादी धारामा लेखिएको उपन्यासमा विशेष गरेर सिन्धु–इन्द्रावतीको कथा समेटिएको लेखक काकाले बताउनुभएको छ । त्यस्तै, उपन्यासमा नारी दमन, सामाजिक कुरीती र विकृति विसङ्गती समेटिएको उहाँको भनाइ छ ।


विसं । १९९० देखि २०२५ सम्मको सामाजिक परिवेश, एकल महिलाको सामाजिक जीवन र मनोदशा चित्रण गरिएको उपन्यास आजको सन्दर्भमा पनि उत्तिकै जीवन्त रहेको लेखकको दाबी छ ।


“उपन्यास विगतदेखि महिलाले भोग्दै आएको जीवनको कुरूप तस्बिर हो, जुन आजको सन्दर्भमा पनि पुरानो लाग्दैन,” लेखकले उपन्यासबारे अथ्र्याउनुभएको छ, “नारी जातिमाथि दमनको शृङ्खला नरोकिएकाले उपन्यास लेख्ने बाध्यता परेको हो ।”


जम्मा २४३ पृष्ठ रहेको उपन्यास ‘देउती’लाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो । यसअघि २०७० सालमा उहाँको ‘बूढी आमा र देश’ कविता सङ्ग्रह बजारमा आएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.