logo

बीरगंजको मेयरमा श्रीमान र श्रीमतीको नाम सिफारिश 

      4/22/2017 गते 00 00 मा प्रकाशित     1599   पटक पढिएको

बीरगंज ९ बैशाख । 
नेकपा एमाले पर्सा जिल्ला कमिटीको बैठकले बीरगंज उपमहानगरको मेयर र उपमेयरमा थप नाम सिफारिश गरेको छ । यस अघि बीरगंज नगर कमिटीले तीन ÷तीन जनाको नाम सिफारिश गरेकोमा जिल्ला कमिटीले थप चार÷चार जनाको नाम सिफारिश गरेको नेकपा एमाले पर्साका संयोजक प्रभू हजराले जानकारी दिए ।
 जिल्ला कमिटीले संयोजक प्रभू हजरा,उप संयोजक डा.बिश्वमभर शर्मा,पूर्व संयोजक चीरन्जीवी आचार्य र प्रदेश कमिटीका सदस्य बालगोपाल थापाको नाम मेयरमा सिफारिश गरेको हो । त्यस्तै उपमेयरमा  महिला नेतृहरु लज्जा रेग्मी,सोफिया आचार्य,बिना शर्मा र प्रभा खड्काको नाम सिफारिश गरेको छ । यस बीरगंज नगर कमिटीको बैठकले मेयरमा महिला नेतृ निर्मला देवकोटा,सुन्दर कुर्मी र मनोज चौधरीको नाम मेयरमा सिफारिश गरेको थियो भने उपमेयरमा अरविन्द सिंह,प्रेमा पौडेल र निर्मला भण्डारीको नाम सिफारिश गरेको थियो । सिफारिशमा परेको चीरन्जीवी आचार्य र सोफिया आचार्य श्रीमान श्रीमती हुन ।
नेकपा एमालेले बैशाख १२ सम्ममा उम्मेदवारको अन्तिम टुंगो लगाउने नीति बनाएको छ । जिल्लाले सिफारिश गरेको नाममा प्रदेश कमिटीले आवश्यक छलफल गरेर माथिल्लो कमिटीमा सिफारिश पठाउने छ । नेकपा एमालेको २ नम्बर प्रदेशको बैठक  १० गते बस्दै छ । 
    बैठकले निर्वाचनमा आर्थिक परिचालनकोलागि प्रभू हजराको संयोजकत्वमा सभासदहरु बिचारी यादव,राजकुमार गुप्ता र जय प्रकाश थारु रहेको समिति बनाएको छ । त्यस्तै स्वयंसेवक परिचालन र सुरक्षा ब्यवस्थापनको जिम्म मनोज चौधरीलाई दिएको छ भने प्रचारको कमाण्डा बिश्वम्भर शर्माले सम्हाल्ने एमाले पर्साको निर्णय रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगन्जमा गर्भवती महिला उद्दार, अस्पतालमा उपचार सुरु

वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।

सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

बरहथवा  ।  सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।

खेलकुद

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।

नेपाल तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न, श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित

वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.