logo

बीरगंजको मेयरमा श्रीमान र श्रीमतीको नाम सिफारिश 

      4/22/2017 गते 00 00 मा प्रकाशित     1870   पटक पढिएको

बीरगंज ९ बैशाख । 
नेकपा एमाले पर्सा जिल्ला कमिटीको बैठकले बीरगंज उपमहानगरको मेयर र उपमेयरमा थप नाम सिफारिश गरेको छ । यस अघि बीरगंज नगर कमिटीले तीन ÷तीन जनाको नाम सिफारिश गरेकोमा जिल्ला कमिटीले थप चार÷चार जनाको नाम सिफारिश गरेको नेकपा एमाले पर्साका संयोजक प्रभू हजराले जानकारी दिए ।
 जिल्ला कमिटीले संयोजक प्रभू हजरा,उप संयोजक डा.बिश्वमभर शर्मा,पूर्व संयोजक चीरन्जीवी आचार्य र प्रदेश कमिटीका सदस्य बालगोपाल थापाको नाम मेयरमा सिफारिश गरेको हो । त्यस्तै उपमेयरमा  महिला नेतृहरु लज्जा रेग्मी,सोफिया आचार्य,बिना शर्मा र प्रभा खड्काको नाम सिफारिश गरेको छ । यस बीरगंज नगर कमिटीको बैठकले मेयरमा महिला नेतृ निर्मला देवकोटा,सुन्दर कुर्मी र मनोज चौधरीको नाम मेयरमा सिफारिश गरेको थियो भने उपमेयरमा अरविन्द सिंह,प्रेमा पौडेल र निर्मला भण्डारीको नाम सिफारिश गरेको थियो । सिफारिशमा परेको चीरन्जीवी आचार्य र सोफिया आचार्य श्रीमान श्रीमती हुन ।
नेकपा एमालेले बैशाख १२ सम्ममा उम्मेदवारको अन्तिम टुंगो लगाउने नीति बनाएको छ । जिल्लाले सिफारिश गरेको नाममा प्रदेश कमिटीले आवश्यक छलफल गरेर माथिल्लो कमिटीमा सिफारिश पठाउने छ । नेकपा एमालेको २ नम्बर प्रदेशको बैठक  १० गते बस्दै छ । 
    बैठकले निर्वाचनमा आर्थिक परिचालनकोलागि प्रभू हजराको संयोजकत्वमा सभासदहरु बिचारी यादव,राजकुमार गुप्ता र जय प्रकाश थारु रहेको समिति बनाएको छ । त्यस्तै स्वयंसेवक परिचालन र सुरक्षा ब्यवस्थापनको जिम्म मनोज चौधरीलाई दिएको छ भने प्रचारको कमाण्डा बिश्वम्भर शर्माले सम्हाल्ने एमाले पर्साको निर्णय रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.