logo

फोटो पत्रकारहरु पुरस्कृत हुने, बीरगंजका दुई फोटो पत्रकार पनि छनौटमा

      4/20/2017 गते 00 00 मा प्रकाशित     1348   पटक पढिएको


बीरगंज ७ बैशाख । राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले फोटो कन्सर्न नेशनल फोटोजर्नालिजम अवार्ड २०७३ को आयोजना गर्ने भएको छ । विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकाहरुको क्षमता र योग्यताको कदर गर्दै फरक फरक १३ बिधामा नगद पुरस्कार सहित, ट्रफी, सम्मानपत्र र फोटो कन्र्सनका तर्फबाट नगद १० हजार बराबरको ‘गिफ्ट ह्याम्पर’ प्रदान गरिने समुहका सचिव प्रदीपराज वन्तले जानकारी दिए ।


अवार्डका १३ विभिन्न विधाहरुलाई १३ वटै विभिन्न प्रतिष्ठित ब्यापारिक तथा वित्तिय संस्थाहरुले प्रायोजन गरेका छन । डिबी थापा लाइफटाइम एचिभमेन्ट अवार्ड–२०७३ (पुरस्कार रकम रु.५० हजार),मेगा बैंक फोटोजर्नालिष्ट अफ द ईयर (पुरस्कार रकम रु.२५ हजार),नेपाल टेलिकम डेली लाईफ फोटोजर्नालिजम अवार्ड (पुरस्कार रकम रु.२५ हजार),श्रीधरप्रसाद आचार्य कल्चर एण्ड टुरिजम फोटोजर्नालिजम अवार्ड (पुरस्कार रकम रु.२५ हजार),थाहा अध्ययन प्रतिष्ठान पोलिटिकल फोटोजर्नालिजम अवार्ड (पुरस्कार रकम रु.२५ हजार)कंगारु एजुकेशन अनलाईन फोटोजर्नालिजम अवार्ड (पुरस्कार रकम रु.२५ हजार),पाटन प्याथ ल्याब फ्रिलान्स फोटोजर्नालिजम अवार्ड (पुरस्कार रकम रु.२५ हजार),ग्लोबल आईएमई बैक विजनेश फोटोजर्नालिजम अवार्ड (पुरस्कार रकम रु.२५ हजार),हेवी हेल्प लिङ्क फिमेल फोटोजर्नालिष्ट अवार्ड (पुरस्कार रकम रु.२५ हजार),ओल्ड दरबार ईन्टरटेन्मेन्ट फोटोजर्नालिजम अवार्ड (पुरस्कार रकम रु.२५ हजार),मेट्स एजुकेशन मोफसल फोटोजर्नालिष्ट अवार्ड (पुरस्कार रकम रु.२५ हजार),ग्रेस ईन्टरनेसनल स्पोर्टस् फोटोजर्नालिजम अवार्ड (पुरस्कार रकम रु.२५ हजार) तथा,भ्याली गु्रप एनएफपीजे एक्टीभ मेम्बर अवार्ड (पुरस्कार रकम रु.२५ हजार) सहितको १३ बिद्या फोटो पत्रकारहरु पुरस्कृत हुने समुहले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।



विभिन्न छापा माध्यमका सम्पादकहरु मध्येबाट एकजना, अनलाईन न्यूज पोर्टलका सम्पादक मध्येबाट एकजना सम्पादक, बरिष्ठ फोटो पत्रकारमध्येबाट एकजना, एनएफपीजेका अध्यक्ष, बरिष्ठ सल्लाहकार लगायतका क्षेत्रका विज्ञहरुसहित बढीमा ७ जनाको छनौट समितिले अवार्ड बारे अन्तिम निर्णय लिने कार्यविधि तय गरेको समुहले जनाएको छ । बैशाख १३ गते अयोजना हुने भब्य समारोहका वीच पुरस्कार बितरण गरिने समुहका अध्यक्ष ध्रुव वाग्लेले बताए । बिशेष समारोहको उद्धघाटन प्रधानमंत्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ ।

भ्याली ग्रुप एनएफपिजे एक्टीभ मेम्वर फोटोपत्रकारीता अवार्ड बिद्या तर्फ ईसीमाना डट कम का फोटो पत्रकार पंकज श्रेष्ठ नोमिनेशनमा परेका छन । त्यस्तै मेट्स एजुकेशन मोफशल फोटोपत्रकारिता अवार्ड बिद्यामा बीरगंजकै कान्तिपुर टोलीभिजनमा कार्यरत मनिष पौडेलले नाम नोमिनेशनमा परेको छ । पर्सैली फोटो पत्रकारितामा दुबै स्थापित पत्रकार हुन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगन्जमा गर्भवती महिला उद्दार, अस्पतालमा उपचार सुरु

वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।

सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

बरहथवा  ।  सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।

खेलकुद

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।

नेपाल तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न, श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित

वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.