logo

पत्रकार महासङ्घ काठमाडौँ ताला

      4/30/2017 गते 00 00 मा प्रकाशित     1079   पटक पढिएको


काठमाडौँ, १७ वैशाख । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखामा फेरि ताला लगाइएको छ । अधिवेशन भएको एक हप्तापछि पुनः केन्द्रीय पार्षद चयनमा असन्तुष्ट जनाउँदै आज ताला लगाएका हुन् ।


नेपाल प्रेस युनियन काठमाडौँका अध्यक्ष नकुल अर्यालले पार्षद चयनमा व्यावसायिक पत्रकारलाई पाखा लगाएकाले ताला लगाइएको बताउनुभयो । ‘‘राजनीतिक आस्थाका आधारमा योग्यता पुगको व्यावसायिक पत्रकारलाई पार्षद बन्न वञ्चित गरिएको छ’’ उहाँले भन्नुभयो–‘‘केन्द्रीय पार्षदका लागि आवेदन दिएका पत्रकारलाई प्रदेश पार्षद चयन गरिएको छ । यो सरासर महासङ्घको विधान विपरीत भयो ।’’


नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, प्रेस सोसाइटी नेपाललगायत छवटा पत्रकार आवद्ध सङ्घसंस्थाले ताला लगाएका हुन् । यही वैशाख १० गते नेपाल पत्रकार महासङ्घ काठमाडौँको अधिवेशन भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.