logo

नागरिकको मत खेर जान नदिन मतदाता शिक्षा अभियान

      4/25/2017 गते 00 00 मा प्रकाशित     1241   पटक पढिएको

बीरगंज १२ बैशाख । जिल्ला मताधिकार मंच पर्साको आयोजनामा मतदाता शिक्षा सम्बन्धी दुई दिने प्रशिक्षक प्रशिक्षण मंगलवारबाट बीरगंजमा शुरु भएको छ । प्रशिक्षणमा पर्सा जिल्लामा क्रियाशिल १५ वटा समाजिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । दुई दिन सम्म चल्ने प्रशिक्षणमा स्थानीय तह,गाउँ नगर तथा जिल्ला सभा,नमुना मतदान,नमुना मतपत्रको प्रर्दशनी ,निर्वाचन सम्बन्धी कानूनी ब्यवस्थाका बिषयमा छलफल हुने मंचाका जिल्ला सदस्य तवरेज अहमदले बताउनु भयो । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख हुमनाथ पराजुलीले मतदाता शिक्षाको एक मात्र उद्धेश्य मतको बदर संख्या घटाउनु रहेको बताउनु भयो । उहाँले समाजिक क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुले आफनो सामाजिक दायित्व निर्वाह गर्दै मतदाता शिक्षाको क्षेत्रमा काम गरेकोमा सन्तोष ब्यक्त गर्नु भयो । त्यस्तै आइफेसका राधिका घिमिरेले राष्ट्रीय मताधिकार मंचले नागरिकलाई मतदान गर्ने बिषयमा सचेत पार्ने काममा देखएको प्रतिवद्धता प्रति खुशी ब्यक्त गर्नु भयो । आफूले काम गर्ने क्षेत्रमा रहेका जनताको मत खेर नजाओस भन्नेमा जिल्ला मताधिकार मंचले देखाएको अग्रसरता सहितको पहलकदमी लिएको भन्दै राम्रो काम गर्न आग्रह गर्नु भयो । राष्ट्रीय मताधिकार मंचका केन्द्रीय सदस्य संजय शर्माले जनताको मत खेर जाने अवस्थालाई न्यूनीकरण गर्ने काममा मंचले प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनु भयो । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा मंचको पर्साका अध्यक्ष के.सी.लामिछाको अध्यक्षता शुरु भएको प्रशिक्षणको सहजीकरण तवरेज अहमदले गर्नु भएको थियो । प्रशिक्षण बुधवार सम्म चल्ने छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

गोलबजारको विद्यालयमा अध्यक्षको मनोमानी,स्थानीय आक्रोशित

सिरहा । विद्यालयजस्तो संवेदनशील शैक्षिक क्षेत्रलाई निजी कार्यक्रम सञ्चालनको स्थल बनाइएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्।

ठोरी–४ का दलबहादुर स्याङ्बो ,साधारण शिक्षकको असाधारण सफलता,तीनै छोरा डाक्टर

ठोरी । पर्साको ठोरी गाउँपालिका ४ निवासी तथा ज्ञानज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर स्याङ्बोका तीनै छोराले पूर्ण छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएपछि उनी स्थानीय क्षेत्रमा चर्चामा आएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.