logo

३० किलो गाँजा चोरेको आरोपमा हत्या

      4/19/2017 गते 00 00 मा प्रकाशित     1353   पटक पढिएको

 

वीरगन्ज-अपहरण परेको छैठौँ दिन शव फेला परेको अनोद साह कलवारको हत्याको कारण ३० किलो गाँजा रहेको खुलासा भएको छ । पर्साको बहुदरमाई गाउँपालिका– १ विश्रामपुर निवासी ३८ वर्षीय कलवारको गत चैत १४ गते गाउँकै गहुँ खेतबाट विभत्स अवस्थामा शव बरामद भएको थियो । चैत ८ गते गाउँको नजिकैको केहुनिया बजारबाट तरकारी किनेर साइकलमा घर फर्किने क्रममा उनको अपहरण भएको थियो ।

प्रहरीले भारतसँग सीमा जोडिएको पर्साको सीमावर्ती धोरेबाट शनिबार विगा राउत कुर्मीलाई नियन्त्रणमा लिएपछि अनोद हत्याको रहस्य खुलेको हो । हत्या अनुसन्धान गर्ने क्रममा पक्राउ परेका कुर्मीले कलावरको हत्याको कारण गत पुसमा चोरी भएको ३० किलो गाँजा रहेको प्रहरीलाई बयान दिएका छन् ।

प्रहरी नायव उपरिक्षक चक्रराज जोशीका अनुसार अनोद कलवारको हत्यामा संलग्न रहेका मूख्य अभियुक्त प्रहरी नियन्त्रणमा आएको छ । अन्य ४ जनाको खोजबिन भइरहेको छ । प्रहरीका अनुसार एकै गाउँ निवासी दुबै गाँजाका कारोबारी हुन् । ३ महिना अगाडि चोरी भएको गाँजाको आरोप मृतक कलवार र गाउँकै त्रिभुवन साहमाथि लागेको थियो । ‘त्रिभुवनसँग गाँजा चोरीको विषयमा मिलापत्र भइसकेको थियो,’ विगाको भनाई उद्धृत गर्दै जोशीले भने, ‘अनोदले मिलापत्र गर्छु भनेर पनि नमानेकाले योजनावद्ध तरिकाले हत्या गरिएको हो ।’ हत्या गर्नुभन्दा एक महिना अगाडिपनि अनोदलाई विगाको समूहले अपहरण गरी भारत लगेको थियो । ‘त्यहाँ मिलापत्र गर्छु भनेर सहमति गरेका अनोदले नेपाल फर्किएर अटेर गरेकाले पुनः अपहरण गरी हत्या गरेका रहेछन्,’ प्रहरी प्रवक्ता समेत रहेको डीएसपी जोशीले भने । दोस्रो पटक अपहरणमा परेको राति करिब ८ बजे अनोदको दाई बान्कासँग फोनमा कुरा भएको थिए ।

‘भाई अपहरणमा परेको जानकारी समयमै प्रहरीलाई दिँदा पनि दुखद घटना वेहोर्नु परेको छ,’ बान्का भन्छन्, ‘कसरी सुरक्ष्ँित महशुस गर्नु ?।’ आनोदले दाइलाई मात्र हैन्, गाउँ नजिकै रहेको बहुअर्वा स्थित सशस्त्र प्रहरी पोस्टका इन्चार्जलाई समेत आफू अपहरणमा परेको फोन गरेर जानकारी दिएका थिए । पोस्ट इन्चार्जलाई प्रहरीलाई एकदिन कार्यालयमा बोलाएर सामान्य सोधपुछ गरी छाडेको थियो ।
 

मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट खटिएको अनुसन्धान टोलीले विगालाई सीमावर्ती क्षेँत्रबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार जिल्लाको अनुसन्धान टोलीले हत्याको कारण पत्ता लगाउन नसकेपछि क्षेत्रीय कार्यालयले टोली परिचालन गरेको थियो । हत्या अनुसन्धानमा प्रहरीले ढिलाई गरेको भन्दै गत साता गाउँले जिल्ला प्रहरी कार्यालयमा दबाब सृजना गर्न आएका थिए ।

प्रहरी हिरासतमा रहेका विगाले अनोदलाई अपहरण पछि गाउँको एक गोठमा हात÷मुख बाँधेर २ दिनसम्म राखेको जनाएका छन् । ‘अपहरण गरेको तेस्रो दिन घाटी बटारेर मा¥यौँ,’ उनको भनाई उद्धृत गर्दै एक प्रहरी अधृकतले भने, ‘मारेर अर्को दुई दिन पनि त्यही राखेर पाँचौँ दिन राति गहँबारीमा फाले ।’ चैत १४ गते विहान गहुँ खेत नजिकै रहेको श्री भंगी साह उच्च माविमा अध्ययनरत विद्यार्थीले शव देखेर हल्ला गरेका थिए । ‘हात र खुट्टाका औंला छिनाएको, शरिरको विभन्न ठाउँमा मासु काटिएको विभत्स अवस्थामा शव बरामद भएको थियो,’ अर्का डिएसपी यज्ञ भट्टराईले भने, ‘मार्नु अघि यातना दिएका थिए ।’ हत्यापछि विगा लगायतको उनको समूह सीमावर्ती भारतीय गाउँमा लुकेर बसेका थिए ।
साभार ः ईकान्तिपुर

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

गोलबजारको विद्यालयमा अध्यक्षको मनोमानी,स्थानीय आक्रोशित

सिरहा । विद्यालयजस्तो संवेदनशील शैक्षिक क्षेत्रलाई निजी कार्यक्रम सञ्चालनको स्थल बनाइएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्।

ठोरी–४ का दलबहादुर स्याङ्बो ,साधारण शिक्षकको असाधारण सफलता,तीनै छोरा डाक्टर

ठोरी । पर्साको ठोरी गाउँपालिका ४ निवासी तथा ज्ञानज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर स्याङ्बोका तीनै छोराले पूर्ण छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएपछि उनी स्थानीय क्षेत्रमा चर्चामा आएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.