logo

पर्सामा निर्वाचन केन्द्रीत सुरक्षा ब्यवस्था मिलाइदै

      3/25/2017 गते 00 00 मा प्रकाशित     1332   पटक पढिएको


बीरगंज १२ चैत । स्थानीय प्रशासन स्थानीय तहको निर्वाचन केन्द्रीत भएर सुरक्षा ब्यवस्था मिलाउन तललीन छ । स्थानीय प्रशासनको यो तयारीले मतदातामा चुनाव हुने कुरा प्रति बिश्वास समेत बढाएको छ । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, पर्साले निर्वाचनमा तीन तहको सुरक्षा व्यवस्था मिलाउने तयारी गरेको छ ।
जिल्ला सुरक्षा समितिका संयोजक तथा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेका अनुसार   निर्वाचनमा मतदाताको सुरक्षाको पहिलो पंक्तिमा नेपाल प्रहरीले जिम्मेवारी लिनेछ । 
जिल्लामा  मतदाता तथा मतदान केन्द्रका लागि केन्द्रीय सुरक्षा नीतिअन्तर्गत रहेर उच्च सुरक्षा व्यवस्था गर्ने तयारी भएको छ । 
सुरक्षा नीतिअन्तर्गत मतदान केन्द्रलाई लक्षित गरी पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी तथा आवश्यकताअनुसार नेपाली सेनासमेत परिचालन गर्ने जनाएको छ ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल पार्न मतदान केन्द्र र मतदाताको सुरक्षालगायतका विषयमा आवश्यक तयारी भइरहेको प्रजिअ घिमिरेले बताए। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

साढे दूईलाख रुपैया राशीको हिरालाल केडिया ज्योतिर्मय पुरस्कार , नेत्र विशेषज्ञ डा पन्तलाई

वीरगञ्ज । विसं २०८२ को ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा विद्याप्रसाद पन्तलाई अर्पण गरिएको छ ।

गाईमाथि कुनै पनि किसिमको शोषण हुन नदिन  प्रधानमन्त्री कार्कीको आग्रह

बर्दिवास ।  प्रधानमन्त्री सुशीला कार्कीले आज महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित गाई गौशालाको निरीक्षण गरेकी छिन ।

खेलकुद

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.