logo

दल दर्तामा कांग्रेस–एमालेभन्दा मधेसी दल अगाडि

      3/23/2017 गते 00 00 मा प्रकाशित     1408   पटक पढिएको

स्थानीय तहको निर्वाचनका लागि पर्सा जिल्लाका मधेसकेन्द्रित दलहरूले एमाले, कांग्रेसभन्दा पहिले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् । तिनै दलका नेताले मधेसी जनतालाई भने मधेसकेन्द्रित राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा भाग नलिने  भनिरहेका छन् ।

स्थानीय तहको निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ता गर्न गएको २५ पुसमा सार्वजनिक सूचना जारी भएको थियो । जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख हुमनाथ पराजुलीले सो समयावधिभित्र पर्सामा ४० वटा राजनीतिक दलले नाम दर्ता गराएको जानकारी दिए ।


निर्वाचन कार्यालयमा नाम दर्ता गर्नेमा नेपाल समाजवादी पार्टी ९लोहियावादी० ले पनि नयाँ संविधानअनुसार स्थानीय तहको निर्वाचन प्रयोजनका लागि सूचना प्रकाशित भएकै दिन १ नम्बरमा दल दर्ता गराएको भेटिएको छ ।

जारी संविधानको विरोधमा सबैभन्दा चर्का स्वरमा विरोध गर्ने उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालले ४ नम्बरमा आफ्नो नाम दर्ता गराएको छ । त्यसैगरी, शरदसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी ८ नम्बर, राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टी ९ नम्बर, महन्थ ठाकुरले नेतृत्व गरेको तराई–मधेस लोकतान्त्रिक पार्टी

९तमलोपा० १० नम्बर र अनिल झाले नेतृत्व गरेको नेपाल सद्भावना पार्टी ३७ नम्बरमा दर्ता भएको निर्वाचन कार्यालय पर्साको तथ्यांकमा उल्लेख छ ।

ती दल दर्ता भएको मिति पनि क्रमशः ६, ११, १२ र १७ माघ २०७३ रहेको निर्वाचन कार्यालय पर्साले जनाएको हो । कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र भने क्रमशः १३ नम्बर, १६ नम्बर र २९ नम्बरमा मात्र दर्ता भएको भेटिएको छ । ती दल दर्ताको मिति पनि क्रमशः गएको १३ र  १७ माघ रहेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको आजको राजधानी दैनीकले लेखेको छ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.