logo

थाहा पाइराखौ स्थानीय तहको अधिकार

      3/26/2017 गते 00 00 मा प्रकाशित     1240   पटक पढिएको

बीरगंज १३ चैत  आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको लागि गाउँगाउँमा चहलपहल बढिसकेको छ । चुनावमा उम्मेदवार हुन चाहने राजनीतिक दलका कार्यकर्ताले सक्रियता बढाइरहेका छन् ।

२० वर्षपछि हुन लागेको चुनावी परिणाम आफ्नो पक्षमा पार्न आन्तरिक भेला, छलफल जनपरिचालनको योजनाका साथै उम्मेद्वार गाउँघर डुल्न थालिसकेका छन् । स्थानीय तहमा धेरै अधिकार हुने भएपछि उम्मेदवार बन्नेहरुको आकर्षण झन् बढेको हो ।
सरकारले फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित गरेर सात सय ४४ वटा स्थानीय तह लागु गरेसँगै ६० वर्ष देखिएको स्थानीय निकाय भंग भइसकेको छ ।

स्थानीय तहका २२ वटा महत्वपूर्ण अधिकार पुगेसँगै गाउँगाउँमा सिंहदरबार स्थापना भएका छन् । स्थानीय तहमा कार्यपालिका, व्यवस्थापिका र सामान्य किसिमको न्यायपालिकासमेत रहनेछ । पुरानो स्थानीय निकाय केन्द्रीय सरकारको संयन्त्रका रुपमा रहँदै आएपनि अब स्थानीय तह आफै सरकारका रुपमा स्थापित भएको प्राध्यापक डा. पिताम्बर शर्माको भनाई छ ।

शासकीय अधिकारका दृष्टिकोणले अब स्थानीय तहमा विकास क्षेत्र, अञ्चल र जिल्लाको अधिकार केन्द्रित भएको छ । जिल्लालाई पनि स्थानीय तहभित्रै राखिए पनि त्यसको कुनै ठोस अधिकार छैन । संविधानको अनुसूचि ८ ले स्थानीय तहलाई दिएको २२ वटा महत्वपूर्ण अधिकार यस प्रकार छ : 

  • १) नगर प्रहरी 
  • २) सहकारी संस्था
  • ३) एफएम सञ्चालन
  • ४) स्थानीय कर (सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिस्ट्रेसन शुल्क, सवारी साधन कर सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर ९मालपोत० दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत संकलन ।
  • ५) स्थानीय सेवाको व्यवस्थापन
  • ६) स्थानीय तथ्यांक र अभिलेख संकलन
  • ७) स्थानीयस्तरका विकास आयोजना तथा परियोजनाहरू
  • ८) आधारभूत र माध्यमिक शिक्षा
  • ९) आधारभूत स्वास्थ्य र सरसफाइ
  • १०) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता
  • ११) स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाइ
  • १२) गाउँ सभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
  • १३) स्थानीय अभिलेख व्यवस्थापन
  • १४) घरजग्गा धनी पुर्जा वितरण
  • १५) कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी
  • १६) जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन
  • १७) बेरोजगारको तथ्यांक संकलन
  • १८) कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण
  • १९) खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा
  • २०) विपद व्यवस्थापन
  • २१) जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण
  • २२) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

यी बाहेक प्रदेश र स्थानीय तहको साझा अधिकार सूचि पनि संविधानमा छ । गाउँपालिका र नगरपालिकाको शासन व्यवस्थाको निर्देशन, नियन्त्रण र सञ्चालन गर्न विगतभन्दा भिन्न तरिकाले स्थानीय सरकारकै चुनावमा आफूहरु जुटिरहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मा बताउनुहुन्छ । स्थानीय तहमा सान्यतया उपसचिवको नेतृत्वमा ७० जना कर्मचारी रहनेछन् । स्थानीय तहले पाएको अधिकार कार्यान्वयन गर्दै नागरिकलाई घर दैलोबाट सेवा दिन गाउँ वा नगरसभा तथा गाउँ कार्यपालिका र नगर कार्यपालिका गठन हुनेछन् । जसले संसद र सरकारको रुपमा काम गर्नेछ ।

प्रमुख र उपप्रमुखसहित सबै वडाका वडा अध्यक्ष र सदस्यहरुसहितको गाउँ वा नगरसभा बन्नेछ भने त्यसबाट छानिएका सीमित व्यक्तिको कार्यपालिका बन्नेछ, जसले मन्त्रिपरिषद् जस्तै काम गर्नेछ । आन्तरिक आम्दानीका साथै स्थानीय तहले वृत्त आयोगको सिफारिसमा केन्द्रबाट सिधै अनुदानसमेत पाउनेछन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.