logo

कुल बहादुरकै हवी भयो जय बहादुरको 

      3/22/2017 गते 00 00 मा प्रकाशित     1590   पटक पढिएको

बीरगंज, ९ चैत । कुल बाहादुर खड्काको नियती भोगे प्रहरी प्रमुख जयबहादुर चन्दले । अनि प्रधानमंत्री छन उनै प्रचण्ड । पुष्पकमल दाहाल नेतृत्वकै सरकारले ०६५ सालमा कुलबहादुरलाई सेनापति नियुक्तिको पत्र थमायो तर त्यो कार्यानवयन हुन सकेन ।

संयोगवश, अहिले पनि प्रचण्ड नै प्रधानमन्त्री छन् । उनैको अध्यक्षतामा बसेको क्याबिनेट बैठकले निर्णय गरेर जयबहादुर चन्दलाई  नेपाल प्रहरीको प्रमुखमा फागुन १ गते नियुक्त गरेको हो । तर ती दुवै नियुक्ति काम लाग्दा भएनन् । सेनाका हकमा पहिलेको निर्णय राष्ट्रपति डा।रामवरण यादवले उल्टाइदिएर रुक्मांगद कटवाललाई सजिलो पारिदिए ।

अहिलेको नियुक्ति भने हिजो सर्वोच्च अदालतले बदर गरेर उनै कटवालको छोरा सुमांगदका साढुदाइ नवराज सिल्वालको निम्ति मार्गप्रशस्त गरिदिएको अवस्था छ । सुरक्षा फौजमा विधि विधान र प्रक्रिया नाघ्दा यस्तो हुने गर्छ भन्ने कुराको हेक्का नराख्नाले बेलाबखत समस्या सिर्जना हुने गरेको छ ।

मुलुकले लामो समयसम्म यसबाट उत्पन्न हुने प्रक्रिया झेल्नुपर्ने हुन्छ । सेनामा त्यही भयो । प्रहरीमा पनि हुने आखिर गुटबन्दी नै हो । अदालतको आदेशपछि यद्यपि बल सरकारको कोर्टमा पुगेको छ र चार जनामध्येबाट विभिन्न आधार कारणमा टेक्दै क्याविनेटले नयाँ आइजी छान्नुपर्नेछ ।

अदालतले नामै किटेर सिधै नवराजलाई पद हस्तान्तरण गरिहाल्नु नभने तापनि उनीबाहेक अन्य विकल्प नरहेको झल्किने भाषा आदेशमा उललेख छ । तर परमादेशको प्रकरण नम्बर १५ मा उल्लेखित पहिलो वरियताक्रममा रहेको व्यक्तिलाई नै नियुक्त गर्ने प्रचलन रही आएको देखिन्छ भन्ने वाक्यांश सत्यतथ्यसँग कति पनि मेल खान्न ।

किनकि तीन वर्षअगाडि मात्रै डेढ वर्ष वरिष्ठ भइकन पनि पार्वती थापालाई डिआइजीमै रोकेर उपेन्द्रकान्त अर्याललाई आइजी बनाइएको नजिर सबका सामु छ । यससम्बन्धी मुद्दा सर्वोच्चमै विचाराधीन छ । त्यसरी नै ०६५ सालमा पुष्पकमल दाहालले नै रविन्द्रप्रताप शाहको पालो मिचेर रमेशचन्द्र ठाकुरीलाई महानिरीक्षक नियुक्त गरेका हुन् । नेपाल प्रहरी भित्रको नेतृत्व बिकासको स्वभाविक प्रक्रियालाई निस्तेज गरेर नजायज तरिकाले प्रमुख तोक्ने सरकारी शैलीलाई अदालतको आदेशले असफल पारेको छ । आज सडकमा भएको मान्छे भोली सत्ताको कुर्सीमा पुग्नु राजनीति हो  तर संगठीत संरचनाहरुमा पनि त्यस्तै हुनुपर्छ भन्ने मानसिकता राखिनुचाही ठिक होइन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.