logo

उम्मेदवारका आकांक्षीहरु सक्रिय, जनजनमा बहस

      3/22/2017 गते 00 00 मा प्रकाशित     1870   पटक पढिएको

सुवर्णपुर १० चैत ।
    स्थानीय तह निर्वाचनको मिति नजिकिंदै गर्दा सुवर्णपुर गाउँपालिकाको उम्मेदवारहरूबारे बहस शुरु भएको छ । सुवर्णपुर गाउँपालिकामा साबिकका ठोरी, निर्मलबस्ती, सुवर्णपुर, सेढवा तथा महादेवपट्टी गरी ५ गाविस समावेश छन् । साबिक ५ गाविसमा मुख्यगरी तीन राजनीतिक दलहरु क्रियाशिल छन । तीनै दलभित्र कसलाई उम्मेदवार बनाउदा जित्न सकिन्छ भन्ने बहस त शुरु भएको छ नै नेताहरुले आफनो गणीतको बारेमा बिश्लेषण गर्न थालेका छन । यो क्षेत्र ०४६ को परिर्वतन पछि नै जनवादी गणतन्त्रको रुपमा चिनिने क्षेत्र हो । पछिल्लो स्थानीय निर्वाचनमा पनि सुवर्णपुर निर्मलवस्ती र ठोरीमा नेकपा एमालेले बिजय हासिल गरेको थियो ।  तरअहिले कम्युनिष्ट नामका दुई दल माओवादी र एमाले प्रतिस्पर्धा आउदा जनवादी गणतन्त्रको पहिचान काय रहन सक्छ कि सक्दैन त्यो भने हेर्न बाँकी नै रहयो । 
         तर अहिले सुवर्णपुर  गाउँपालिकाको प्रमुख को होला भन्नेमा धेरैको चासो बढेको छ ।  नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र भित्र नेताहरु टिकट पाउनकालागि आफनो तरिकाले लविङमा उत्रिएका छन । 
     नेपाली काङ्ग्रेसको तर्फबाट सुवर्णपुर गाउँपालिकाको उम्मेदवार बन्न आन्तरिक दौडधुप तीव्र बनेको छ ।  उम्मेदवारका आकाङ्क्षीहरू आप्mनो पक्षमा सहमति जुटाउन जिल्ला पार्टी सभापतिदेखि प्रभावशाली नेता कहाँ पुग्न थालेका छन् । स्थानीय कार्यकर्ताहरू पनि चियापसल, चोक तथा चौतारामा सम्भावित उम्मेदवारबारे बहस चलाउन थालेका छन् । 
    काङ्ग्रेसमा ठोरी–८ घर भएका काङ्ग्रेस महासमिति सदस्य बृहस्पतिकृष्ण श्रेष्ठको नाम चर्चामा छ । 
    निर्मलबस्ती–८ विजयबस्तीका  काङ्ग्रेस नेता रामबहादुर श्रेष्ठ साबिक सुवर्णपुर गाविसका पूर्व गाविस अध्यक्ष जरी लामा र विश्व घिमिरे पनि उम्मेदवारको आकाङ्क्षी रहेको बताइएको छ ।  ठोरी–८ का  किशोर तामाङ पनि यस दौडमा सामेल भएका छन । 
त्यस्तै      नेकपा एमालेमा पनि सुवर्णपुर गाउँपालिकाको प्रमुखका लागि रस्साकस्सी शुरु भइसकेको छ । नेकपा एमाले प्रदेश नम्बर–२ का सदस्य घनश्याम महतको नाम अहिले चर्चामा छ ।    एमालेमा अर्का प्रभावशाली नेता लालबहादुर श्रेष्ठको नाम पनि उत्तिकै चर्चामा छ । साबिक निर्मलबस्ती–८ घर भएका श्रेष्ठ साविक निर्मलवस्ती गाविसको दूई  पटक अध्यक्षमा निर्वाचित भएका ब्यक्ति हुन ।  साबिक निर्मलबस्ती गाविसको अध्यक्षमा दुईपटक निर्वाचित भइसकेका नेता श्रेष्ठलाई पनि एमालेको बलियो उम्मेदवारको रूपमा हेरिदै छ ।  
    एमालेभित्र अर्का आकाङ्क्षी गङ्गा बहादुर खडका छन । पार्टीको जिल्ला कार्यालय सचिवको रुपमा कार्यरत खडका पूर्व इलाका सदस्य पनि हुन ।  यस्तै अर्का आकाङ्क्षी प्रभावशाली युवा नेता ठाकुर न्यौपाने साविक निर्मलवस्तीका पूर्व उपाध्यक्ष गोविन्द प्रताप श्रेष्ठ ठोरीका पूर्व अध्यक्ष उद्धव  सापकोटा एमाले भित्रका बलिया दावेदारहरु हुन ।  । 

 नेकपा माओवादी केन्द्रमा पनि सुवर्णपुर गाउँपालिकाको प्रमुखका लागि  ठोरी–३ सरस्वतीचोक घर भएका माओवादी केन्द्रका प्रभावशाली नेता रामप्रकाश कुँवरको नाम भने चर्चामा छ । 
    माओवादी केन्द्रमा अर्का प्रभावशाली युवा नेता पिएल। श्रेष्ठको नाम पनि उत्तिकै चर्चामा छ ।  माओवादी केन्द्रमा राजाबाबू बस्नेत, खगेन्द्र श्रेष्ठ, सन्तोष घिमिरे पनि उम्मेदवारको आकाङ्क्षी रहेको पार्टी स्रोतको दाबी  छ ।
     निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचनका लागि वैशाख १६ गते मनोनयन दर्ता गर्ने सूची सार्वजनिक गरेको छ भने र वैशाख ३१ गते मतदान हुनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

मन्त्रीलाई ‘छोड्दिनँ’ भन्ने महिलालाई अनुसन्धानकालागि अदालतले दियो थप म्याद

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँग टेलिफोनमा चर्को स्वरमा बोलेको अडियो भाइरल भएपछि पक्राउ परेकी महिलालाई पर्सा जिल्ला अदालतले थप ३ दिनको म्याद दिएको छ।

चोरी मात्र हैन, लागुऔषध कारोवारमा संलग्न वीरगंज १६ का  साहेबजान पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१६ का शेख साहेबजान मियाँ (मखु) लाई चोरी र लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.