logo

एसएसपी श्याम खत्री ३३ किलो सुन काण्डमा पक्राउ

      2/5/2017 गते 00 00 मा प्रकाशित     1595   पटक पढिएको

 

काठमाडौं, २३ माघ ः दुवईबाट ल्याइएको ३३ किलो सुन काण्डमा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई हेडक्वाटरबाटै पक्राउ गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत एसएसपी खत्री सुन काण्डपछि प्रहरी प्रधान कार्यालय नक्शालमा तानिएका थिए । एसएसपी खत्री आइतबार दिउँसो हेडक्वाटरबाटै पक्राउ परेका हुन् । प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बाहिरिनुलाई गम्भीर ‘सुरक्षा कमजोरी’ (सेक्युरिटिज ल्यापसेज) भएको भन्दै विमानस्थलका खत्रीलाई प्रहरी मुख्यालयमा फिर्ता बोलाएको थियो ।

 

खत्रीलाई ३३ किलो सुन विमानस्थलबाट बाहिरिदाको सुरक्षा कमजोरी र घटनामा उनको संलग्नता भए–नभएकोबारे छानबिन गर्न हेडक्वाटर तानिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुस २१ गते विमानस्थलको सुरक्षा र भन्सार कटाएपछि पिंगलास्थान र गोठाटारबाट ३३ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको थियो । भरपर्दो सूचनाका आधारमा ब्युरोका एसपी मीरा चौधरी नेतृत्वको टोलीले ३३ किलो सुनसहित तस्करीमा संलग्न तीनजनालाई पक्राउ गरेको थियो । ब्युरोले आफ्नो प्रतिष्ठाको विषय बनाई उक्त सुन तस्करी प्रकरणलाई गम्भीर ढंगले अनुसन्धान भइरहेको बताएको थियो ।

 

विमानस्थल प्रहरी र भन्सार कार्यालयको सुरक्षा जाँचबीच ठूलो परिमाणमा विमानस्थलबाट सुन बाहिरिनुले विमानस्थल प्रहरी र भन्सार कार्यालयका कर्मचारीमाथि ठूलो नैतिक प्रश्न उब्जाएको थियो । ब्युरोले ३३ किलो सुनसहित नेपालगन्जका गोपालबहादुर शाही, मोरङ पथरी ८ का दिनबन्धु थापा र दुबईमै काम गर्दै आएका जनकपुर १२ का सन्तोष काफ्ले पक्राउ परेका थिए । पक्राउ परेकाको बयानका आधारमा प्रहरीले एसएसपी खत्रीलाई पक्राउ गरेको स्रोतको दाबी छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.