logo

प्रदेश नं २ का वकिलहरुले बार सदस्यबाट सामूहिक राजीनामा दिने घोषणा

      2/4/2017 गते 00 00 मा प्रकाशित     976   पटक पढिएको


काठमाडौं, २२ माघ । नेपाल बार एशोसिएनले उच्च अदालतका ८२ न्यायाधीश नियुक्तिविरुद्ध आन्दोलनको अगुवाई गर्न नसकेको भन्दै प्रदेश नं २ का वकिलहरुले विद्रोह गरेका छन् । उनीहरुले छुट्टै आन्दोलन सार्वजनिक गर्नुका साथै बार सदस्यबाट सामूहिक राजीनामा दिने घोषणा गरेका छन् । उच्च अदालतका ८२ न्यायाधीश नियुक्तिविरुद्ध आन्दोलन थालेको बार र सर्वोच्च प्रशासनबीच सातबुँदे सहमति भएको थियो । तर, शनिबार जनकपुरमा भएको प्रदेश नम्बर २ का कानुन व्यवसायीहरुको भेलाले सातबुँदे सहमतिको औचित्य नभएको ठहर गरेको छ ।

 

भेलाले उच्च अदालतको न्यायाधीश नियुक्तिमा बारले अभिभावकको भूमिका खेल्न नसकेको निष्कर्ष निकाल्दै सामूहिक राजीनामा दिने निर्णय गरेको छ । २६ गते बारका अध्यक्षसहितका पदाधिकारीहरुलाई भेटेर राजीनामा बुझाउने बैठकको निर्णय छ । प्रदेश नं २ का कानुन व्यवसायीहरुको भेलाले माघ २९ गतेसम्म अदालत बहिस्कार गर्ने निर्णय गरेको छ । साथै बार कार्यालय अगाडि मागपत्रसहितको ब्यानर तथा तुल राख्ने र २४ गते ११ देखि १ बजेसम्म अदालत अगाडि धर्ना दिने निर्णय भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.