logo

नेपाल–भारत सहयोग मञ्चद्वारा महावाणिज्यदूतको सम्मान

      2/11/2017 गते 00 00 मा प्रकाशित     1439   पटक पढिएको

माघ २९ माघ । कार्यक्रममा नेपाल–भारत सहयोग मञ्चको केहि दिन अघि मात्रै सम्पन्न भएको निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित हुनु भएका वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोककुमार बैधको पदस्थापना समेत गरिएको थियो । नेपाल–भारत सहयोग मञ्च, वीरगञ्जका कार्यवाहक अध्यक्ष बाबुलाल चाचानले नवनिर्वाचित केन्दिय अध्यक्ष अशोककुमार बैधलाई पदस्थापन गराउदै अब सहयोग मञ्च विगत भन्दा अझै सक्रिय भएर अघि बढने बताएका थिए । सोही अवसरमा नवनिर्वाचित अध्यक्ष बैधले आफ्नो अध्यक्षीय मन्तव्य प्रस्तुत गदै आजैका दिनबाट आफ्नो काँधमा आएको अध्यक्षको जिम्मेवारीलाई सबैको सहयोग र समन्वयबाट दुई देश बीचको सम्बन्धका साथै जनस्तरको सम्बन्धलाई थप उँचाई प्रदान गर्न आफु लगायत आफ्नो टीम सक्रियताका साथ लागि पर्ने बताएका थिए । उनले आर्थिक क्षेत्र संग सम्बन्धीत विषयहरुलाई कसरी समाधान गर्न सकिन्छ त्यसतर्फ भारतीय महावाणिज्य दूतावास संग निरन्तर सहकार्य र संवादको थालानी गरेर समस्याको समाधानका लागि पहल गरिने बताए । 
समारोहमा भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत बी.सीं प्रधानले भारत सरकार द्वारा नेपालमा संचालित विभिन्न विकास निर्माणका परियोजनाहरुका साथै एकिकृत भंसार जाँच चौकी ९क्ष्ऋए० , हुलाकी मार्ग, विद्युत ट्रान्समिशन लाईन, रक्सौलको एयरपोर्टको संचालन लगायतका विकास निर्माणका मुद्दा आफनो  प्राथमिकतामा रहेको बताउए । उनले नेपालका उद्योगी–व्यवसायीहरुको भारतीय सरकार संगका अपेक्षाहरुको जानकारी पाए  तद्अनुरुपको कार्ययोजना निर्माण गर्न महावाणिज्य दूतावासलाई सहजहुने धारणा राखेका थिए । 
नेपाल–भारत सहयोग मञ्चका वरिष्ठ उपाध्यक्ष उमेश चन्द्र ठाकूरले धन्यवाद मन्तव्य गर्दै सहयोग मञ्च, वीरगञ्जको पहिलो संस्थाको रुपमा रहेको र यसले विगतका वर्षहरुमा भारतीय महावाणिज्य दूतावास वीरगञ्ज तथा भारतीय राजदूतवास, काठमाण्डौं संग सहकार्य गरेर विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरुको आयोजना गरेको संस्मरण गर्दै नयाँ नेतृत्वले आउँदा दिनहरुमा दुई पक्षिय सम्बन्ध विस्तारमा नयाँ आयाम थप्ने कुरा बताएका थिए । 
 कार्यक्रममा भारतीय महावाणिज्य दूतावासका वाणिज्य दूत राजेश कुमार, विनोद लोशाली लगायत नेपाल–भारत सहयोग मञ्चका नवनिर्वाचित प्रथम उपाध्यक्ष मधुराणा, द्वितिय उपाध्यक्ष सत्यनारायण क्याल, सचिव सुबोध गुप्ता तथा कार्यसमिति सदस्यहरुका साथै स्थानीय लब्ध प्रतिष्ठित उद्योगी, व्यवसायी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन मंचका सदस्य मनोज उपाध्यायले गरेका थिए ।
नेपाल–भारत सहयोग मञ्च, वीरगञ्जले आजै एक समारोहका बीच भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका नव आगुन्तक महावाणिज्य दूत बी.सी.प्रधानको सम्मान गरेको छ  । 
स्वागत मन्तव्य व्यक्त गर्दै मञ्चका का.वा. अध्यक्ष बाबुलाल चाचानले नेपाल–भारत बीच रहँदै आएको वर्षो पुरानो मित्रवत सम्बन्धलाई कसैले खलबल्याउन नसक्ने बताए । उनले वीरगञ्ज लगायत यस क्षेत्रमा भारत सरकारको सहयोगमा निर्माण भई रहेका विकास निर्माणका परियोजनालाई शिघ्र सम्पन्न गर्न महावाणिज्य दूतलाई आग्रह गरेका थिए । 
यसै गरि शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा पत्रकार एवं विश्लेषक चन्द्र किशोर झालेआर्थिक विषयहरु नेपाल सरकार तथा भारत सरकार दुबैको प्राथमिकतामा पर्नु पर्ने धारणा राखेका थिए ।  शिक्षाविद् डा.दीपक शाक्य, नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रिय सदस्य तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोक टेमानी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

बडहर्वा चोक बाट एकजना बेवारिसे व्यक्तिको उद्धार

वीरगंज । मानवसेवा आश्रम वीरगंज शाखाले  सोमबार दिउसो साढे दुई  बजे वारा जिल्लाको जितपुर सिमरा उप महानगरपालिका वडा न. १८ बडहर्वा चोक बाट  एकजना ब्यक्तिलाई उद्धार गरि आश्रममा ल्याएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.