logo

घाइतेलाई काठमाण्डौ ,बाघलाई गोली

      2/7/2017 गते 00 00 मा प्रकाशित     1137   पटक पढिएको

माघ २५ बीरगंज /पर्सा जिल्ला को एकडेरवा गाउँमा बाघले आक्रमण गर्दा ९ जना  घाईते भएका छन ।  गाउामा बाघको आतंक  बढेपछि प्रहरीले गोली चलाउदा  चलाऊदा बघकोमृत्यु भएको छ ।बाघको आक्रमणबाट घायते हुनेमा प्रहरी निरिक्षक सहित  सिकिस्त चार जनालाई हेलीक्प्टरबाट काठमांडू पठाईएको छ

बाघको आक्रमणबाट इलाका प्रहरी कार्यालय कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चक्र बहादुर शाह, प्रहरी जवान वेदबहादुर श्रेष्ठ, प्रहरी चौकी महुवनका प्रहरी सहायक निरिक्षक अरुण कुमार झा र प्रहरी हवल्दार दिपेन्द्र यादव, पर्साको लखनपुर गाविस वडा नम्बर ९ का १८ वर्षिय मोतीलाल यादव, रामनगरी ७ का ४८ वर्षीय महेन्द्र सहनी ,लखनपुर ८ एकडरवा निवासी ४८ वर्षिय आसमन राउत कुर्मी , त्यही ठाँउका १८ वर्षिय तुफान कुर्मी र रामनगरी २ का ६० वर्षिय रघुवीर साह कानु् घाइते भएका हुन् ।

घाइतेमध्ये प्रहरी निरिक्षक शाह, प्रहरी सहायक निरिक्षक झा , लखनपुरका मोतीलाल र रामनगरीका रघुवीरलाइ थप उपचारका लागि नेपाली सेनाको एन।ए ०५३ हेलिकप्टरबाट काठमाण्डौ पठाएको पर्साका प्रहरी उपरिक्षक गोविन्द कुमार साहले जानकारी दिए ।

अन्य घाइतेहरुको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल र वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ ।

आक्रमण गर्ने बाघलाइ प्रहरीले गोली हानेर मारीसकेको पर्साका प्रहरी नायव उपरिक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए ।

लखनपुरको एडरवास्थित खेतमा बिहान अचानक बाघ देखिएपछि हेर्न गएका गाँउलेहरुलाइ बाघले आक्रमण गरेको र त्यहाँबाट भागेको बाघले रामनगरीमा पनि पुगेर स्थानीयवासी र प्रहरीहरुलाई आक्रमण गरि घाइते बनाएको प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

होटल तथा  पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल

वीरगंज ।  वीरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहलाइ करको दायरामा आउन आग्रह गरेका छन ।

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.