logo

विश्व कुष्ठ रोग दिवसको अवसरमा विभिन्न कार्यक्रम

      1/29/2017 गते 00 00 मा प्रकाशित     1567   पटक पढिएको

 

वीरगञ्ज, १६ माघ । ६४ औैं विश्व कुष्ठ रोग दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले आइतबार वीरगञ्जमा चेतना मुलक ¥याली सहित विभिन्न कार्यक्रमको आयोजना गरेको छ । वीरगञ्जको घण्टाघरबाट निस्किएको ¥यालीले समयमै कुष्ठ रोगको उपचार गरौं, अपाङ्गता हुनबाट बचाउ लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेको थियो । ¥याली पछि नारायणी उपक्षेत्रीय अस्पतालमा आयोजित चेतनामुलक कार्यक्रमलाई सम्बोधन गर्दै क्षयकुष्ठ अधिकृत शम्भु यादवले जिल्लामा १ सय २२ जना कुष्ठ रोगी मध्ये ७५ जनामा सर्नै र ४७ जनामा नसर्ने रहेको जानकारी दिए ।

 

साथै उहाँले जिल्लाका ३५ गाविस कुष्ठ रोग मुक्त रहेको जानकारी दिनुभयो । उनले आयआर्जन कम भएका कुष्ठ रोगीका परिवारलाई ३० हजार रुपैया लगानी गरी आयआर्जनमा उत्प्रेरित गरी खानपानमा ध्यान दिन जोड दिने गरेको समेत बताए । कार्यक्रममा जिल्लाका विभिन्न स्थानका उपचार गराई रहेका ५ जना कुष्ठरोग प्रभावितलाई सम्मान समेत गरिएको थियो ।

 

जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख सचितानन्द सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चित्ररंजन साह, कुष्ठ रोग अपांग संघ पर्साका अध्यक्ष शम्भु पासवान, जनास्वास्थ्य निरिक्षक बालकुष्ण यादव, कुष्ठ रोग नेपालका शकलानन्द श्रेष्ठले कुष्ठ रोगको बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.