logo

ठेकेदारको लापरवाहीले वीरगन्ज हिलाम्मे

झन्डै डेढ वर्षदेखि सुक्खामा धुलो र पानी पर्दा हिलोको समस्या

      1/29/2017 गते 00 00 मा प्रकाशित     1743   पटक पढिएको

 

वीरगन्ज - ३ दिन अगाडि परेको पानीले आर्थिक नगरी अझै हिलाम्मे छ । सहरका विभिन्न भागका सडक कच्ची भएकाले गत शुक्रबार हल्का पानी पर्दा पनि सडक हिलाम्मे भएका हुन् । वर्षातको पानी र ढल निकासका लागि ठेकेदारले पक्की सडकको बीच भागमा खनेर अन्डर ग्राउन्ड नाला निर्माण गरी माटो मात्र पुरेर छाडेकाले सहर हिलाम्मे भएको हो । चिप्लो हिलाम्मे बाटोमा सर्वसाधारणलाई हिँडडुल गर्न समेत ग्राहो भएको छ । ठेकेदारको मनपरीले वीरगन्जवासीको विजोग भएको हो । मूख्य व्यापारिक केन्द्र आदर्शनगर, पावर हाउसदेखि लक्ष्मनवा चोकसम्म, नेशनल ट्रेडिङ देखि कृषि औधार कारखाना, पानीट्यांकीको ब्रहमचौकदेखि मुर्ली बगैँचा, जेल रोड पछाडिको रेल्वे सडक हिलाम्मे बनेका छन् । नाला निर्मँण गर्नु अगाडिसम्म पक्की रहेका यी सडक अहिले कच्ची छन् । अधिकांश सडक महाभूकम्प अगाडि नै खनिएको भएपनि अझै पीच गर्ने सुरसार छैन् । ‘ढल निकासका लागि निर्माण गरिएका अन्डर ग्राउन्ड नालामाथि माटो ओछ्याएर छाडिएको छ,’ जेल रोड निवासी सुनिल भट्टराई भन्छन्,‘ झन्डै डेढ वर्षदेखि सुक्खामा धुलो र पानी पर्दा हिलोको समस्या छ ।’

 

उनका अनुसार पानी नपर्दा धुलाम्मे हुने उक्त क्षेत्रका अधिकांश स्थानीय वासिन्दा धुलोको प्रदूषणले रुघा खोकीको विरामी बनेका छन् । ‘दिनभरि झ्याल ढोका बन्द गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘विहान बढारेको कोठा दिउँसो नहुँदै धुलोको पत्र बसिसकेको हुन्छ । सम्झौता बमोजिम ठेकेदारले पानी समेत पटाउँदैनन् ।’ एक क्षेत्रको काम सम्पन्न नगरी सहरभरिकै सडक खनेर ठेकेदारले अलपत्र पारेको राधेमाई टोल निवासी अनुप तिवारीले गुनासो गरे । जिल्लाको ग्रामीण भेगका वासिन्दालाई सदरमुकामसँग जोड्ने पदमरोड २ महिना अगाडिनै खन्ने काम गरेतापनि अझै सम्पन्न भएको छैन् । गाउँबाट उखु लिएर वाराको चिनी मेलसम्म जाने किसान अत्यधिक मारमा परेका छन् । नारायणी यातायात व्यवस्था कार्यालय अगाडिको पक्की सडक खनेर नाला निर्माण भएको झन्डै एक वर्ष बितीसक्दा पनि पीच गर्ने कार्य अझै सुरु भएको छैन् । आवतजावतमा कठिनाई भएपछि कार्यालयको कामकाज नै प्रभावित बनेको सवारी अनुमति शाखाका प्रमुख कमल कुमार गौतमले बताए । विभिन्न जिल्लाबाट सवारी नामसारी, लाइसेन्स नवीकरण, कर दाखिलाका लागि आउने सेवाग्राही हिलाम्मे सडकका कारण फर्केर जाने अवस्था बनेको छ ।

 

योजनाको प्रोजेक्ट म्यानेजर ठाकुर ढकालका अनुसार जाडो मौसम सकिनाथ सडक पक्की गर्ने कार्य सुरु हुनेछ । नाला बनिसकेको ठाउँमा यथाशिघ्र कालोपत्रे गर्छौ, उनले भने, वर्षात अगाडि नै निर्माण सम्पन्न गर्ने योजना छ । निर्माण कम्पनीले अहिले पीच गर्ने मौसम नभएको भन्दै पन्छिएपनि डेढ वर्ष अगाडि पुरिएको इनरबाइपासको सडक र नेशनल ट्रेडिङ–रानीघाट सडक खण्ड समेत हिलाम्मै छ । चलनचल्तीका सडकहरु व्यवस्थित नहुँदा सर्वसाधरणले सास्ती खेपेका छन् । साइकल र रिक्सा चल्न सक्न अवस्था समेत छैन् । ‘रातको समयमा लोडसेडिङ्ग हुँदा स्थानीयलाई आवतजावतमा कठिनाई छ,’ रानीघाटका मनोज चौधरी भन्छन्, ‘सरोकारवाला निकायको लापरवाहीले विकासको नाममा वीरगन्जवासीले सास्ती खेपिरहेका छन् ।’

 

नेपाल निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष रमेश प्रसाद पाण्डेले ठेकेदार कम्पनीको लापरवाहीले वीरगन्ज अस्तव्यस्त बनेको बताए । ‘मौसमलाई मध्यनजर गरी ठेकेदारले काम गर्नुपर्छ,’ उनले भने, ‘बाटो खनेर सडक हिलाम्मे पार्ने काम मात्र ठेकेदारको हैन् । कुनै पनि निर्माण योजना सञ्चालन हुँदा ठेकेदार कम्पनीले वातावरणमा प्रदुषण रोक्न धुलो उड्न दिनुहुँदैन् ।’ झन्डै ३ अर्ब रुपैयाँमा चिनियाँ निर्माण कम्पनी र नेपालको कालिका कन्सट्रक्सनले निर्माण सम्झौता गरेका हुन् । यही मार्चसम्म निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएपनि हालसम्म करिब ६० प्रतिशत मात्र काम भएको छ ।  

 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.