logo

ठाकुरराम क्याम्पसमा नयाँ भर्नामा रोक, तडकभडकको प्रचार प्रतिबन्ध

चुनावको कार्यतालिका र आचारसंहिता सार्वजनिक गरी शनिबारदेखि चुनाव सम्पन्न नहुँदासम्मका लागि भर्ना रोक

      1/28/2017 गते 00 00 मा प्रकाशित     1400   पटक पढिएको

आगामी १४ फागुनमा हुने स्ववियु चुनाव लक्षित गरी विद्यार्थी संगठनले नयाँ विद्यार्थी भर्ना गर्न नपाउने भएका छन् । त्रिभुवन विश्वविद्यालयले चुनावको कार्यतालिका र आचारसंहिता सार्वजनिक गरी शनिबारदेखि चुनाव सम्पन्न नहुँदासम्मका लागि भर्ना रोकेको हो ।

त्रिविले जारी गरेको आचारसंहिताअनुसार यसपटक विद्यार्थी संगठनले प्रचारका लागि तडकभडक गर्न पाउनेछैनन् । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवं समन्वय समितिले जारी गरेको आचारसंहितामा निर्वाचन कमिटी, उम्मेदवार, क्याम्पस प्रशासनलगायतले गर्नुपर्ने र गर्न नहुने काम तोकेको छ । त्रिविले शनिबार १ फागुनमा मतदाता सूची प्रकाशित गर्नेदेखि १४ फागुनमा मतदान गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।

चार लाख युवाकेन्द्रित चुनाव स् त्रिवि उपकुलपति
त्रिवि उपकुलपति प्रा। डा. तीर्थराज खनियाँले विद्यार्थी संगठनसँगको छलफलबाट आचारसंहिता जारी गरेको जानकारी दिए । ‘विद्यार्थी संगठनहरूसँगै छलफल गरी सामान्य ढंगले चुनाव गर्ने सहमति भएको हो,’ उनले भने, ‘त्रिविमा झन्डै चार लाख युवाको ध्यान केन्द्रित हुने चुनाव हुँदै छ, कुन संगठनले जित्छ भन्दा पनि स्ववियुले जित्नुपर्छ, विद्यार्थीकै सहयोगले चुनाव सफल हुन्छ ।’

मिश्रित प्रणालीमा चुनाव
त्रिविमा ०६५ सालयता स्ववियु चुनाव हुन सकेको छैन । पहिलोपटक मिश्रित प्रणालीमा चुनाव हुँदै छ । स्ववियुमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्यमा प्रत्यक्ष चुनाव गर्ने तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्यमा समानुपातिक प्रणालीमा चुनाव हुने प्रस्ताव यसअघि नै पारित भएको छ ।

भर्ना गर्न नपाइने
त्रिविले स्ववियु निर्वाचन घोषणा गरेको मितिबाटै सम्पूर्ण क्याम्पसमा प्रथम वर्षको भर्ना बन्द गरिने बताएको छ । साथै दोस्रो, तेस्रो र चौथो वर्ष एवं दोस्रो सेमेस्टरदेखि अन्तिम सेमेस्टरको भर्ना बन्द गरिनेछ । तर, सेमेस्टर प्रणालीमा सञ्चालित कार्यक्रममा प्रवेश परीक्षा उत्तीर्ण भइसकेका कोटाभित्र भर्ना हुनेको हकमा मतदाता सूची प्रकाशित हुने मितिभन्दा एक दिनअगाडिसम्म नियमअनुसार भर्ना गर्न पाइनेछ ।

प्रमाणपत्र पेस गर्नुपर्ने
प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार हुने विद्यार्थीले उमेर खुलेको अध्ययनरत तहभन्दा अघिल्लो तहको शैक्षिक प्रमाणपत्रको सक्कल निर्वाचन समितिमा पेस गरी त्यसको प्रतिलिपि पेस गर्नु पर्नेछ । त्यस्तो उम्मेदवार ६ फागुन २०४५ भन्दा अगाडि जन्ममिति भएको हुनु पर्नेछ ।

अलग–अलग मतपत्र
निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका लागि अलग–अलग मतपत्र हुनेछ, समानुपातिक मतपत्रमा संगठनको नाम राखिनेछ । प्रत्यक्षतर्फका मतपत्रमा संघ–संगठन वा समूह र उम्मेदवारको नाम राखिनेछ । समानुपातिकतर्फ संघ, संगठन वा समूहको नाम मात्र राखिने छ ।

उम्मेदवारबारे यस्तो छ व्यवस्था
प्रत्यक्षतर्फका उम्मेदवार भएका व्यक्तिले समानुपातिकतर्फ उम्मेदवार हुन पाउने छैनन् । प्रत्यक्षतर्फको उम्मेदवारको नाम समानुपातिकतर्फबाट समावेश भएको पाइएमा निर्वाचन समितिले समानुपातिकतर्फबाट नाम हटाई बाँकी सदस्यहरूको नाम मात्र कायम गर्नेछ ।

प्रत्यक्ष निर्वाचनतर्फको मतगणनामा मत बराबर भएमा गोलाप्रथाबाट निर्णय गरिनेछ । समानुपातिकतर्फ खसेको जम्मा मतलाई समानुपातिकतर्फ हुने सदस्य संख्याले भाग गरी आएको मागफललाई निर्वाचित हुने मत कोटा मानिनेछ । यो मत कोटाको अनुपातमा संघ, संगठन वा समूहको सदस्य निर्वाचित हुनेछन् । निर्वाचित हुने आवश्यक संख्या पूरा नभएमा अधिकतम शेषफलको क्रमअनुसार निर्वाचित हुने सदस्य संख्या वितरण गरिनेछ ।

यस्तो छ तालिका

१ फागुन स् मतदाता सूची प्रकाशित

३ फागुन स् मतदाता सूचीमा दाबी विरोध र मतदाताको नामावली प्रकाशित

४ फागुन स् उम्मेदवारको मनोनयन पत्र वितरण

५ फागुन स् उम्मेदवारको मनोनयनपत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिला र प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित

६ फागुन स् उम्मेदवारको नामावलीमा दाबी विरोध र दाबी विरोधमा छानबिन गरी नामावली प्रकाशन

८ फागुन स् उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय ९१ बजेसम्म० र ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित

१४ फागुन  स् मतदान

यस्ता गतिविधि गर्न पाउँदैनन् विद्यार्थीले

१. क्याम्पसको पर्खालको बाहिरपट्टि, भित्रपट्टि र क्याम्पसपरिसरमा भित्तेलेखन गर्न पाइनेछैन ।
२. निर्वाचनसम्बन्धी तुल, फ्लेक्स र पोस्टर टाँस्न पाइनेछैन
३. त्रिवि वा क्याम्पसलाई हानि–नोक्सानी हुने कुनै प्रकारको प्रचार–प्रसार गर्न पाइनेछैन ।
४. क्याम्पसको निर्वाचन समितिमा दर्ता भएका संघ–संगठन, समूह वा
स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा राखी निर्वाचन समितिले परिचयात्मक कार्यक्रम सञ्चालन गर्नेछ, सो कार्यक्रममा एक–अर्काप्रति आक्षेप वा आरोप लगाउने वाक्य बोल्न पाइनेछैन ।
५. प्रत्येक संघ–संगठन, समूह र स्वतन्त्र उम्मेदवारको आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली एफोर साइजको एक रङको पर्चा मात्रै प्रचार–प्रसार गर्न पाइनेछ ।
– क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचार–प्रसार गर्न पाइनेछैन ।
– बन्देज लगाएका कार्य कसैले गरेको पाइएमा क्याम्पसले तुरुन्त हटाउनेछ ।
– मतदान हुनु ४८ घन्टा अगाडिदेखि निर्वाचनको प्रचार–प्रसार गर्न पाइनेछैन ।

भवानीश्वर गौतमले नयाँ पत्रिकामा लेखेको खबर ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

दाइजो नलिई छोराछोरीको विवाह गर्ने अभिभावकलाई चन्द्रनगरपालिकाले सम्मान गर्ने

चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालविवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान चलाउने भएको छ ।

जंगलबाट निस्किएका निलगाई र बँदेल गाउँमै रम्दै , बालीनालीमा उपद्रो मच्चाएका कारण किसानले सास्ती खेप्दै

बर्दिवास । महोत्तरीको मध्य तथा दक्षीणी भेगमा नीलगाई र बँदेलको संख्या बढदो छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.