logo

देशभरका  भरि रहेका १ सय ३३ मालपोत कार्यालयले उठाए दुई अर्ब सत्तरी करोड राजस्व

 इसीमाना सम्वाददाता     २०८१ मंसिर ३ गते ०१: ३१ मा प्रकाशित     359   पटक पढिएको
काठमाडौँ । कार्तिक महिनामा देश भरि रहेका १ सय ३३ मालपोत कार्यालयले  कार्तिक महिना भरीमा २ अर्ब ७० करोड ४० लाख ४६ हजार राजस्व संकलन गरेका छन । 
 
घर जग्गाको कारोबारमा मन्दी कायमै रहेको राजस्व संकलनको बर्तमान अवस्थाले देखाएको छ । घरजग्गा कारोवारमा अपेक्षित रुपमा सुधार आउन नसकेको राजस्व संकलनको अवस्थाले पनि देखाएको छ । 
 
तगत असोजमा भने ३ अर्ब ८ करोड १२ लाख ४ सय ८१ रुपैया राजस्व संकलन भएको थियो । कार्तिकमा चाड पर्व परेकाले गर्दा राजस्व कम संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । 
 
 
 काठमाडौँ उपत्यकाभित्रका ९ वटा मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले  २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ बराबर राजस्व सङ्कलन गरेको छ । 
 
मालपोत कार्यालय गोटीखेल ललितपुरले ४ लाख ६७ हजार सात सय २०, भक्तपुरले  १७ करोड ६९ लाख २३ हजार छ सय ४५, डिल्लीबजारले  १५ करोड ७७ लाख २० हजार पाँच सय ४५ बराबरको राजस्व सङ्कलन गरेको छ । त्यस्तै मालपोत कार्यालय चाबहिलले २१ करोड ४२ लाख ४६ हजार नौ सय ९२, कलङ्की मालपोत कार्यालयले  १७ करोड आठ लाख ४४ हजार सात सय ५१, साँखु कार्यालयले  चार करोड ७९ लाख ५४ हजार ९ सय ४२, मनमैजु कार्यालयले  पाँच करोड ५० लाख ९३ हजार छ सय ३२, टोखा कार्यालयले ३ करोड ५७ लाख २७ हजार छ सय ६५ बराबरको राजस्व सङ्कलन गरेको छ । 
 
कार्तिक महिनामा देशभरीबाट सेवाशुल्क १७ करोड ७८ लाख ३८ हजार ४ सय ६६ र रजिष्ट्रेशन शुल्क  १ अर्ब ८२ करोड ९५ लाख ३० हजार १ सय ३१, पूँजीगत लाभकर  ९३ करोड ७७ लाख ९१ हजार ८ सय २० सङ्कलन गरेको छ । 
 
विभागका अनुसार गत साउनमा ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार ८ सय ८५, भदौमा  ३ अर्ब ९ करोड २ लाख ५९ हजार एक सय ५२ बराबरको राजस्व सङ्कलन भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

धनुषामा मोटरसाइकल दुर्घटना सर्लाहीका २२ वर्षीय युवकको मृत्यु

जनकपुर ।  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित बाबा पेट्रोल पम्प नजिक शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

जीतपुरमा कारको ठक्करबाट एक युवकको मृत्यु, चालकबारे अनुसन्धान जारी

जीतपुर । बाराको जीतपुर क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.