देशभरका भरि रहेका १ सय ३३ मालपोत कार्यालयले उठाए दुई अर्ब सत्तरी करोड राजस्व
इसीमाना सम्वाददाता
२०८१ मंसिर ३ गते ०१: ३१ मा प्रकाशित
508 पटक पढिएको
काठमाडौँ । कार्तिक महिनामा देश भरि रहेका १ सय ३३ मालपोत कार्यालयले कार्तिक महिना भरीमा २ अर्ब ७० करोड ४० लाख ४६ हजार राजस्व संकलन गरेका छन ।
घर जग्गाको कारोबारमा मन्दी कायमै रहेको राजस्व संकलनको बर्तमान अवस्थाले देखाएको छ । घरजग्गा कारोवारमा अपेक्षित रुपमा सुधार आउन नसकेको राजस्व संकलनको अवस्थाले पनि देखाएको छ ।
तगत असोजमा भने ३ अर्ब ८ करोड १२ लाख ४ सय ८१ रुपैया राजस्व संकलन भएको थियो । कार्तिकमा चाड पर्व परेकाले गर्दा राजस्व कम संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
काठमाडौँ उपत्यकाभित्रका ९ वटा मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ बराबर राजस्व सङ्कलन गरेको छ ।
मालपोत कार्यालय गोटीखेल ललितपुरले ४ लाख ६७ हजार सात सय २०, भक्तपुरले १७ करोड ६९ लाख २३ हजार छ सय ४५, डिल्लीबजारले १५ करोड ७७ लाख २० हजार पाँच सय ४५ बराबरको राजस्व सङ्कलन गरेको छ । त्यस्तै मालपोत कार्यालय चाबहिलले २१ करोड ४२ लाख ४६ हजार नौ सय ९२, कलङ्की मालपोत कार्यालयले १७ करोड आठ लाख ४४ हजार सात सय ५१, साँखु कार्यालयले चार करोड ७९ लाख ५४ हजार ९ सय ४२, मनमैजु कार्यालयले पाँच करोड ५० लाख ९३ हजार छ सय ३२, टोखा कार्यालयले ३ करोड ५७ लाख २७ हजार छ सय ६५ बराबरको राजस्व सङ्कलन गरेको छ ।
कार्तिक महिनामा देशभरीबाट सेवाशुल्क १७ करोड ७८ लाख ३८ हजार ४ सय ६६ र रजिष्ट्रेशन शुल्क १ अर्ब ८२ करोड ९५ लाख ३० हजार १ सय ३१, पूँजीगत लाभकर ९३ करोड ७७ लाख ९१ हजार ८ सय २० सङ्कलन गरेको छ ।
विभागका अनुसार गत साउनमा ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार ८ सय ८५, भदौमा ३ अर्ब ९ करोड २ लाख ५९ हजार एक सय ५२ बराबरको राजस्व सङ्कलन भएको थियो ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।
तपाईको प्रतिक्रिया