logo

सर्लाहीमा सशस्त्र प्रहरीको कारवाही,पाँच सवारी साधन सहित करिब एक करोड बराबरको बिउ बरामद

      २०८३ असार ११ गते ०५: ४८ मा प्रकाशित     68   पटक पढिएको

हरिवन । सर्लाहीमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा सामान लोड भएको चार भारतीय बोलेरो पिकअप र एक नेपाली  ट्रकसहित ५ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

 

 बुधबारराति सर्लाहीको बलरा नगरपालिका–२ स्थित हतिवल बाँध नजिकको  क्षेत्रबाट  भारततर्फ जादै गरेका ति सवारीबाट करिब एक करोड रुपैयाँ बराबरको खरबुजाको बीउ पनि बरामद गरेको छ ।

 

बुधबारराति करिब १० बजे  सूचना पाएको सशस्त्र प्रहरीले  सीमा सुरक्षा गुल्म मुख्यालय सिमरा, सीमा सुरक्षा गुल्म मुख्यालय मलंगवा, १० नं. गण मुख्यालय सर्लाहीबाट संयुक्त रुपमा खटिएको  संयुक्त टोलीले सीमा क्षेत्रमा गरेको कारवाहीबाट ति सवारी र बिउ बरामद गरेका हो । 

 

 सशस्त्र प्रहरी पुगेको थाहा पाए लगत्तै संलग्न व्यक्तिहरू गाडी तथा सामान छाडेर फरार भएका थिए । 

 

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका गाडीहरुमा मधेस प्रदेश–०३–००२ख ०३०६ नम्बरको आईचर ट्रक, बिआर ३० जीबि २६७२ नम्बरको भारतीय बोलेरो पिक अप, बिआर ०६ ई ९६२९ नम्बरको बोलेरो पिकअप, बिआर ०६ जीएच ११२१ र बिआर ०६ जीजी ९४७१ नम्बर गरेर ४ भारतीय बोलेरो पिकअप गाडी रहेका छन् ।

 

 सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय पठाइएको छ  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

उपभोक्ता समितिको बिषयमा बिवाद,पटेलद्वय घाइते प्रहरीमा उजुरी

बीरगंज । वीरगंज महानगरपालिका वडा नं १४ को कार्यालयमा उपभोक्ता समितिको बिषयमा भएको विवादमा अनिल पटेल माथि आक्रमण भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.