वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघ , नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश र वीरगञ्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आगामी असार २१ गते वीरगञ्जमा ‘रोजगार मेला–२०८३’ आयोजना हुने भएको छ।
मेला सम्बन्धमा वीरगंज उधोग बाणिज्य संले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो ।
मेला परम्परागत रोजगार मेलाभन्दा फरक हुने र मधेश प्रदेशको सीप आवश्यकताको पहिचान गरि त्यसकै आधारमा रोजगारदाता र रोजगार खोज्ने युवाबीचको सीपको खाडल पुर्न मेलाले मद्धत गर्ने जानकारी दिइयो।
संघका अध्यक्ष हरि प्रसाद गौतमले देशको प्रमुख समस्या बेरोजगारी रहेको उल्लेख गर्दै युवालाई रोजगारका अवसरसँग जोड्न मेला प्रभावकारी हुने विश्वास व्यक्त गरे। कार्यक्रम संयोजक तथा संघका सहसचिव अनुप अग्रवालले मेलामार्फत रोजगारदाता, रोजगार खोज्ने व्यक्ति, तालिम प्रदायक संस्था र रोजगार सेवा केन्द्रलाई एउटै थलोमा ल्याई रोजगारीको अवसर विस्तार गरिने बताए।
मेलामा रिक्त पदको जानकारी, आवेदन, उम्मेदवार छनोट, करियर परामर्श, रोजगार मिलान सेवा तथा आवश्यकताअनुसार तालिमका लागि सिफारिससमेत गरिने जनाइएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको रोजगार सेवा केन्द्रको सहयोग तथा वीरगञ्ज महानगरपालिका, लिडरसीप डुभलपमेन्ट इन्स्टिच्यूट र एचआर सोसाइटी मधेश च्याप६रको सहकार्यमा मेला आयोजना हुने बताइएको छ ।
तपाईको प्रतिक्रिया