logo

जितपुर–सिमरा नगर उद्योग वाणिज्य संघका पदाधिकारीद्वारा पदभारग्रहण

 इसीमाना सम्वाददाता     २०८३ असार ११ गते ०६: २० मा प्रकाशित     295   पटक पढिएको

सीमरा । जितपुर–सिमरा नगर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गजेन्द्रकुमार गुप्तासहित पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गर्दै औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

 

बिहीबार संघको कार्यालयमा आयोजित समारोहमा नवनिर्वाचित नेतृत्वले सपथ ग्रहण गरी जिम्मेवारी लिएका हुन।

 

संघका निवर्तमान अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा  तथा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका  निवर्तमान अध्यक्ष अशोक टेमानी ,पूर्व अध्यक्ष एवं वीरगञ्ज उद्योग वाणिज्य संघका पनि  पूर्व अध्यक्ष गणेश लाठ र वरिष्ठ उपाध्यक्ष माधव राजपालको  उपस्थिति रहेको थियो।

 

 

नवनिर्वाचित पदाधिकारीहरू अध्यक्ष गजेन्द्रकुमार गुप्ता, वरिष्ठ उपाध्यक्ष शिवजीप्रसाद साह सोनार, वाणिज्य उपाध्यक्ष रामबाबु कलवार, महासचिव प्रकाश गिरी, कोषाध्यक्ष रिना रौनियार पुरी तथा वाणिज्य सचिव रिता कँडेल रहेका छन्।

 

त्यसैगरी वाणिज्यतर्फ निर्वाचित सदस्यहरू अमरेन्द्रकुमार साह कलवार, विभा गुप्ता, मुकुन्द रिजाल, बलराम पौडेल, विजयकुमार गुप्ता, नवरत्नप्रसाद कलवार र मनोहरबाबु गुप्ताले पनि सपथ ग्रहण गरी पदभार सम्हालेका छन्।

 

प्रमुख निर्वाचन अधिकृत अधिवक्ता  शरदचन्द्र भट्टराईले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए।

 

 

कार्यक्रममा नवनिर्वाचित समितिले संघमा आबद्ध ९५७ जना सदस्यका लागि एक वर्ष अवधिको एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुविधा उपलब्ध गराउने घोषणा गरेको छ।

 

नवनिर्वाचित अध्यक्ष गजेन्द्रकुमार गुप्ताले निजी क्षेत्रलाई आतंकित बनाउने गतिविधिविरुद्ध सम्बन्धित निकायसँग समन्वय गरी व्यवसायीहरूको सुरक्षा र हितका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

उनले पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा रहेका उद्योग तथा व्यवसायीहरूको सम्मान, प्रतिष्ठा र व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घण्टाघर नजिकको सूर्य मन्दीरमा रुद्राक्ष  रक्तचन्दन र अमलाका  बिरुवा रोपियो

वीरगंज । स्वतन्त्र मानव अधिकारी समाजको आयोजनामा सोमवार वीरगंजको घण्टाघरमा रहेको सूर्य मन्दीरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.