logo

पर्यटकीय गन्तब्यको केन्द्र बन्न सक्ने पर्सागढीमा साढे ५० करोडको बजेट पेश,पर्यटन शिक्षा स्वास्थ्य र पूर्वाधार प्रथामिकता

 इसीमाना सम्बाददाता     २०८३ असार ६ गते १२: १० मा प्रकाशित     208   पटक पढिएको

वीरगंज । पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले १५ औ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा स्वास्थ्य कृषि पर्यटन र पूर्वाधार प्रथामिकताको क्षेत्रको रुपमा रहेको बताएका छन ।

 

शुक्रवार आयोजीत नगरसभामा नगरप्रमुख पाठकले  “समृद्ध र सुन्दर पर्सागढी, सुखी पर्सागढीवासी” को अवधारणालाई साकार पार्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन । 


पर्सागढी आन्तरिक तथा बाह्य पर्यटककालागि महत्वपूर्ण गन्तब्यको केन्द्र पनि हो । ब्रिटिशकालीन भारतीय सेनालाई परास्त गरेर नेपाली भूमीको रक्षामा बिजय प्राप्त गरेको ऐतिहासिक पर्सागढीकै नामबाट नगरपालिकाको नामाकरण भएको छ । 

 


नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको दिब्यउपदेशमा समेत पर्सागढीको चर्चा भएको छ । नेपालले बिदेशीसंग गरेको लडाइृमा समथर भूभागमा बिजय हासिल गरेको पर्सागढी पर्यटकलागि गन्तब्यको पूर्वाधार भने बन्न सक्छ ।

 

पर्यटन बिकासलाई प्रतामिकतामा राखेको पर्सागढीले पर्सागढीलाई नै पर्यटक तान्ने केन्द्र बनाउन सक्नु पर्छ । पर्सागढीमै क्तिपीठका रुपमा कोइलाभार, आमोदेवी मन्दीर छन ।

 

बुद्धधर्मका अनुयायी आदीवासी जनजाती, नेपालमै जम्मा जम्मी २० हजारको संख्यामा रहेको धाँगड जाती पर्सागढीमै  पनि छ ।

समुदायीक  बिविधता, धार्मिक तथा सास्कृतिक बिविधताको संगम पर्सागढी प्रकृतिको बरदान पनि हो । यती महत्वपूर्ण पर्सागढीको बिकासकालागि आर्थिक वर्ष २०८३/८४ का लागि ५० करोड ५९ लाख ४१ हजारको बजेट प्रस्तुत गरिएको छ । 

 

शुक्रबार आयोजित नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख पूजा चौधरीले उक्त बजेट प्रस्तुत गरेकी हुन्। 

 

नगरप्रमुख पाठकको अध्यक्षतामा सम्पन्न नगरसभामा वडा सदस्य लक्ष्मण आचार्य, सीता लामा, असलम आलम तथा वडाध्यक्ष रामबढाई प्रसाद यादव र शेख खुर्सेद मियाँलगायतले आ–आफ्ना धारणा तथा जिज्ञासा राखेका थिए।

 

सभामा उठेका विभिन्न प्रश्नहरूको जवाफ प्रमुख प्रशासकीय अधिकृत राजु साह र नगरप्रमुख पाठकले दिएका थिए।

नगरसभाको अवसरमा नगर विकासमा योगदान पुर्‍याएका जग्गादाता, कर्मचारी तथा सुरक्षाकर्मीलाई सम्मानपत्र प्रदान गरी सम्मानित गरिएको प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिए।

सभामा प्रस्तुत नीति तथा कार्यक्रम तथा बजेटमाथि छलफलपछि दुवै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत साहले बताए।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.