logo

जगदम्बाको  डण्डी गुणस्तरहीन बिक्रीमा सरकारले लगायो रोक, गुणस्तरहिन डण्डी नष्ट गर्न बिभागको निर्देशन

      9/15/2020 गते 00 00 मा प्रकाशित     1087   पटक पढिएको

बाराको सीमरामा रहेको  जगदम्बा स्टील्स उधोगले उत्पादन गरेको फलामे डण्डीलाई बिक्री गर्न सरकारले रोक लगाएको छ ।

 

डण्डीको गुण परिक्षण गर्दा  गुणस्तरहीन प्रमाणित भएपछि सरकारले बिक्रीमा रोक लगाएको हो । उधोगले पनि  ‘दक्ष प्राविधिकको अभावमा गल्ती भयो’ भन्दै आफनो उत्पादन गुणस्तरहीन भएको स्वीकार गरेको छ । गुणस्तर तथा नापतौल विभागको कारबाही स्वीकार गर्दै उसले गल्ती भएको स्वीकार गरेको हो  ।

 

‘कालोबजारी गरेको स्वीकार गर्ने शंकर ग्रुपले  अरुलाई कारवाही नभएजस्तै आफूलाई पनि कुनै कारवाही नहुने बताउदै आएको छ । ब्यपारीकोपैसाका अगाडि शंकर ग्रुपको दावीमा दम पनि देखिन्छ । प्रशासनीक छलछामका कारण यस्ता औधोगिक प्रतिष्ठानले  उपभोक्तामाथि खेलबाड गरिरहेको छन ।’

 

व्यावसायिक घराना शंकर ग्रुप देशमा कोरोनाको महामारी चलेका बेला स्वास्थ्य उपकरण कालोबजारी गरेको प्रमाणित भएदेखि नै खराब व्यवसायीका रुपमा बदनाम हुनपुगेको छ । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल स्वास्थ्य सामग्री कालोबजारी गरेको अभियोगमा पक्राउ परी धरौटीमा छुटेलगत्तै कमसल निर्माण सामग्री उत्पादन गरेको आरोपमा कारबाहीमा परे ।

 

यसले मुलुकमा  शंकर ग्रुपको छवि खराब र उपभोक्ता ठग्ने व्यवसायीको रुपमा  स्थापित गरेको छ । खराव छवि  र बदनामी बोक्न सक्ने यो समूह लाई भने मुनाफासंग मात्र मतलब छ ।


कूटनीतिक सुविधा दुरुपयोग गर्दै स्वास्थ्य उपकरण कालोबजारी गर्दा प्रहरीको ‘स्टिङ अपरेसन’मा रङ्गेहात पक्राउ परेका सो ग्रुपका सञ्चालक अग्रवालले त्यतिबेला अनुसन्धान अधिकारीसँग ‘म अर्बपति मान्छे, दुईरचार लाखमा लोभ गर्दा फसें’ भन्दै रोई–कराई गरेका थिए ।

कोरोना कहर भर्खर शुरू हुँदै गर्दा मानवीय संवेदनामाथि खेलवाड गर्न पुगेका अग्रवालप्रति केहीले सहानुभूतिसमेत देखाए । परिमाणस्वरुप उनी धरौटीमा छुट्न पु

गे ।

उक्त समूहको जगदम्बा स्टिल कम्पनीले गुणस्तरहीन रड  उत्पादन गरेको पाइएपछि विभागले सो कम्पनीलाई छड उत्पादनमा रोक लगाएको छ । कम्पनीले १६ एमएमको टीएमटी बार फी ५०० रड उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरहीन उत्पादन गरेको भेटिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

 

जगदम्बाका रड पिटिपिटी भाँचिने गरेको सानोभर्याङस्थित श्रीकृष्ण भट्टराईको गुनासो आएपछि विभागले प्रयोगशालामा परीक्षण गर्दा जगदम्बाको छड गुणस्तरहीन रहेको पाइएको थियो ।

नेपाल गुणस्तर मापदण्डअनुसार छडमा कार्बनको मान ०.३ प्रतिशत (म्याम्स) हुनुपर्नेमा सो कम्पनीको छडमा ०.३५ प्रतिशत, सल्फरको मान ०.०५५ प्रतिशत हुनुपर्नेमा ०.०६ प्रतिशत र बेन्ड टेस्टमा क्र्याक देखिएको थियो । नेपाल गुणस्तर प्रमाण चिह्न प्रमाण ऐन, २०३७ तथा नियमावली २०४० को नियम १६० अनुसार कारबाही गर्नुअघि विभागले कम्पनीलाई स्पष्टीकरण सोधेको थियो ।

त्यसक्रममा कम्पनीले दक्ष जनशक्ति नहुदा प्राविधिक त्रुटि भएको स्वीकार गरेको विभाग स्रोतले जनाएको छ । विभागले उक्त छड उत्पादन तथा बिक्रीमा रोक लगाउँदै बजारबाट फिर्ता लिन निर्देशन दिएको छ । साथै कम्पनीको गोदाममा रहेको स्टक पनि नष्ट गर्ने जनाएको छ ।


‘देशको मेरुदण्ड जगदम्बा स्टिल’ भन्दै प्रचारप्रसार गर्ने कम्पनीको उत्पादनले जनतालाई झुक्याउँदा अहिले कयौं सर्वसाधारण जोखिममा परेका छन् ।

 

जगदम्बा स्टिलले कमसल कच्चा पदार्थको प्रयोग गरी छड उत्पादन गरेको समाचार विभिन्न सञ्चारमाध्यममा सचित्र आएका थिए । तर, सो समूहले आफ्नो पहुँचका भरमा घटनालाई ढाकछोप गर्दै आएको थियो । अहिले केही कुरामात्रै चुहिन पुगेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगन्जमा गर्भवती महिला उद्दार, अस्पतालमा उपचार सुरु

वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।

सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

बरहथवा  ।  सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।

खेलकुद

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।

नेपाल तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न, श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित

वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.