स्रोत नखुलेको नेपाली २० लाख रुपैया सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
इनर्वा प्रहरी चौकीबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिकाको रजतजयन्ती चोक नजिक रितपूवृक जेकजाँच गर्दा प्रदेश २/०३/०११ प ६३४३ नम्बरको मोटरसाइकलमा सवार बारा जिल्लाको बिश्रामपुर गाउँपालिका वडा – ४ बस्ने २७ वर्षिय श्याम किशोर प्रसाद साहलाई पक्राउ गरेको हो ।
साहको साथबाट हजार दबरका १ हजार ६ सय र पाँच सय दरका ८ सय थान नोठ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए । साह बिरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ।
तपाईको प्रतिक्रिया