logo

राष्ट्रियताको पक्षमा खडा होऔं

पुरुषोत्तम पौडेल

 इसीमाना सम्वाददाता     २०८२ भदौ ६ गते ०८: २५ मा प्रकाशित     422   पटक पढिएको

नेकपा एमालेका पोलिटब्यूरो सदस्य पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रियताको पक्षमा उभिन सबैलाई अपिल गरका छन ।

 

उनले आफनो सामाजिक संजाल फेसबुकमा नेपालको ऐतिहासिक तथ्य उल्लेख गर्दै यस्तो अपिल गरेका हुन ।

 

भारत र चीनले हालै लिपुलेक पास हुदै ब्यपार सम्झौता गरेकोमा पूर्व मन्त्री पौडेलले आपत्ती जनाएका छन । उनले यो कदमलाई नेपालको सार्वभौमीकता माथिको ढाडो हस्तक्षेप बताएका छन । 


पूर्वमन्त्री पौडेलले सामाजिक संजालमा ब्यक्त गरेको धारणा


नेपाल सरकार र तत्कालीन ब्रिटिश ईस्ट इन्डिया कम्पनी बीचमा २ डिसेम्बर १८१५ मा सुगौली सन्धीमा हस्ताक्षर भएको थियो । यो सन्धी ४ मार्च १८१६ देखी लागु भएको थियो ।

 

यो सन्धिले ब्रिटिश कंम्पनी सरकारले नेपालमाथि दोस्रो पटक आक्रमण गरेपछि १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज नेपाल युद्ध समाप्त भएको थियो । सुगौली सन्धि अनुसार नेपालको सिमा पूर्वको मेची नदि देखी पस्चिमको महाकाली नदि सम्म कायम गरिएको थियो ।


यसको मतलव सन्धी अनुसार पश्चिमको महाकाली नदी देखी पूर्वमा रहेको सवै भूभाग नेपालको हो । महाकाली नदीको उद्गम स्थल लिपियाधुरा देखी पूर्वमा रहेको लिपुलेक र कालापानी सवै नेपाली भूभाग हो । यो क्षेत्र इण्डियाको हुने कुनै सन्धी संझौता नेपालले गरेको छैन ।

 

छिमेकी इण्डिया के आधारमा उक्त भूभाग आफ्नो भन्दै शेना राख्ने र पूर्वाधार निर्माण गर्ने काम गरि रहेको छ । वडो आस्चार्यको कुरा छ । 


फेरीपनि नेपाल सरकारले पटक पटक यसको विरोध गरि रहेको छ । अहिले पनि छिमेकी इण्डिया र चिनले नेपालको स्वाभिमान माथि चोट पुर्याएका छन ।

 

सार्वभौम नेपालको अनुमती विना नेपाली भूभाग लिपुलेक हुदै दुवै देशले व्यापार गर्ने सम्झौता गरेका छन । यो दुई ठुला छिमेकीहरूले नेपालको सार्वभौम अधिकार माथी गरेको ठाडो हस्तक्षेप हो ।

 

हामी यसको कडा विरोध गर्दछौ र दुवै छिमेकीहरूलाई नेपालको सार्वभौम अधिकारको पूर्ण सम्मान गर्न र नेपाली भूभागको सम्वन्धमा नेपालको सहमती र अनुमती लिएर मात्र निर्णय गर्न सकिने कुरा जानकारीमा लिन आग्रह गर्दछौ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

एमाले सचिवालयको बैठक सम्पन्न यस्ता छन चार निर्णय

काठमाडौँ । पार्टी अध्यक्ष केपी ओली पक्राउ परेपछि आज बिहान बसेको  एमालेको सचिवालय बैठकले चार वटा निर्णय गरेको छ ।

९ महिला सहित ८१ जनाद्वारा रक्तदान

वीरगंज । बीरगञ्ज पब्लिक कलेजको आयोजना तथा राउण्ड टेबल नेपाल (बीरगञ्ज राउण्ड टेबल ३) को सहकार्यमा कलेज परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

खेलकुद

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.