logo

संबिधान सभाले बनाएको संबिधान झटारो फ्यांके झै फ्यांक्न सकिन्न

प्राध्यापक डा.युवराज संग्रौला

 इसीमाना सम्वाददाता     २०८२ भदौ २५ गते ०८: २३ मा प्रकाशित     655   पटक पढिएको

देश अहिले बृहत संक्रमणको संघारमा आइपुगेको छ। अहिले देश अगाडिको बाटो निर्माण गर्ने अवसरको प्रतिक्षामा छ।

 

 केही दिनको जेन जि पुस्ताको आन्दोलनले निकै ठुला त्याग र सहादतबाट देशमा पृत्रीवादी, दलतन्त्रको अन्त्य गर्न सकिने अवस्था प्राप्त भएको छ।

 

तर यो आन्दोलन संगै राष्ट्रले आफ्नो ऐतिहासिक सिंहदरबार, संसद भवन, सर्बोच्च अदालत, रास्ट्रपति भवन, प्रधानन्त्री आवास, जिल्ला अदालत, महान्यायाधिवक्ताको कार्यलय देशैभरिका धेरै सरकारी कार्यालय लगाएतका खर्बौ मुल्यका सरकारी भवनहरु अपराधीक गतिविधिबाट गुमाएको छ।

 

 एकातिर निर्दोष स्कूलका बिद्यार्थी र नागरिकको निर्मम हत्याको अपराध घटाइयो भने अर्कोतिर राज्यका तीनवटै निकाय नष्ट गर्ने अपराध घटाइए।

 

 यी दुबै घटना इतिहासमा कंलकका रुपमा दर्ज हुने छ्न। हत्या गर्ने मानिस सुरक्षाकर्मी थिए, जस्लाइ हठवादी, घमण्डी र तानाशाही प्रवृत्तिग्रस्त प्रधानमन्त्री ओलि र उन्को मन्त्रीपरीषद, सिडियो मार्फत आदेश थियो। प्रधानमन्त्री ओलिको दम्भको सीमानानै थिएन र यो दम्भलाइ मलजल गर्ने ब्यक्ति एमालेका महासचिव र उपाध्यक्ष, क्रमश शंखर पोख्रेल र बिष्णु पौड्याल थिए। अर्का दुइथान मान्छे रिमाल र भट्टराई पनि थिए।


ओली यी मान्छेका सहयोगमा देशका बौद्धिकहरुका विरुद्ध बर्बराउने मात्र होइन, उछित्तो काट्थे। उनले आफना कार्यकर्ताको हुर्मत लिए, जो यिनलाई मन पर्दैनथ्यो। जतिबेला देश जलिरहेको थियो, यिनलाई  भेटेर समाधानको बाटोका बारेमा सल्लाह दिन अनुरोध  भएको थियो, तर उनका दम्भले देश बर्बाद भैसकेको थियो। मैले उन्लाइ भेटन इन्कार गरें। त्यसो त यिनलाइ म जस्ता मान्छे मनै पर्दैनथ्यो ।


२०६० तिर यी राजा ज्ञानेद्रको निरंकुश सरकारका प्रधानमन्त्री बन्ने चाहनाले जनान्दोलनको विरुद्ध उभिए र “अमेरीका र बयलगाडा” को उपमा कथे।


अन्तमा उन्ले भाग्नु पर्यो। उनले आफुसंगै शेरबाहादुरको जीवनमा पनि त्रासदी ल्याए। २०८२ भदौ २३ र२४ को नागरिकहरुको ज्यान र रास्ट्रको क्षतीको त्रासदी कांग्रेस र कम्युनिस्टको अपबित्र, सत्तामोह, र भ्रस्टाचारकोलागि भएको गठबंधनको उत्कर्ष  थियो।


ओली निंरकुश बन्न चाहन्थे। त्यसकालागि  उनलाई कांध हाल्ने मान्छे चाहिन्थ्यो। त्यसका लागि गुट चाहिन्थ्यो र गुटका लागि पैसा। तसर्थ ब्यापारी उन्का मित्र बने। मित्रहरुलाइ लाइसेन्स दिए, राज्यका धन दिए। जमिन दिए।

 

किसानको कृषि अनुदान समेत ठुला ब्यापारीलाई दिए। यिनी यति सम्म निरंकुश रहेछ्न, लामो राजनीति त्याग भएकी नेता बिद्या भन्डारीको सदस्यता समेत खारेज गरीदिए। अनेक भ्रस्टाचारका मुद्दा  थिए जस्लाइ उनले दबाए।


१.उनका  यिनै  प्रबृत्ति र देउवाको श्रीमती प्रेमको परीणाम थियो, २२ २४ को कलिला नेपाली नागरिकको आन्दोलन।उनीहरु भ्रस्टाचारको अन्त्य चाहन्थे।

 

तर उनीहरुको शान्तिपुर्ण आन्दोलनमा पश्चिमी मुलुकका एन्जिओका कार्यकर्ताको घुसपैठ भयो, सत्ताबाहिरका दलका कार्यकर्ता, र नेपाल नस्ट गर्न बिदेशीले लगाएका अपराधीको पनि घुसपैठ भयो। र, उनीहरुले आफ्नो राष्ट्रका विरुद्ध घात गरे।


तर हामी यो एतिहासिक गौरव भएको देशको पतनको साक्षी हुन सक्तैनौ। हामीले अहिलेको संक्रमणलाई “रास्ट्रको समृद्धिको मार्ग”तर्फ मुखरीत गर्नुपर्छ। 


२. यसका लागि हामी सङ्ग दुइटा मार्ग छ्न। तर मार्ग निश्चित गर्न हामीले “दिशा निश्चित गर्नुपर्छ।”हाम्रो दिशा परिस्कृत लोकतन्त्र र समृद्धिको प्राप्ति हो। पहिलो मार्ग “रेडिकल वा पुरानो सबै नस्ट” को मार्ग हो।

 

यस्ले हामीलाइ हाम्रो लोकतान्त्रिक इतिहासबाट हटाएर अनौठो ब्यवस्थाको स्थापना तर्फ मुखरीत गर्दछ। त्यो मार्ग भनेको अहिलेको संबिधान पूर्णत खारेज गर्नु हो।

 

अनि अन्तरिम सरकार बनाउनु हो। भनाइको अर्थ हो “सैनिक शासन लागुगर्नु।”तर यो महंगो भुल हुने छ, हाम्रो भुराजनीतिका कारणले। यसको उत्कर्ष  आउने दिनमा हाम्रा छिमेकी र हाम्रा शक्तिशाली मित्रहरूको आफ्नो चाहनाको“कमान्डर इन चिफ” बनाउने खेलमा प्रतिस्पर्धा हुनेछ।

 

 त्यस्तो अवस्थामा हाम्रो सेनाको कमान्डर इन चिफले आफ्नो देशको होइन, अरुकै देश सेवा गर्न बाध्य हुनुपर्ने छ। हाम्रो सेनाको गौरवमय व्यवसायिक इतिहास र चरीत्र समाप्त हुनेछ। देशमा लोकतन्त्र सदाका लागि धाराशायी हुनेछ, जुन कुरा बिदेशीका लागि खोजेजस्तै हुनेछ।अत यो मार्ग सुरक्षित छैन।


३.दोस्रो मार्ग देशलाई “नेताको देवत्वकरण, एउटै ब्यक्तिको सत्ता बर्चस्व, सत्ताकालागि  अपबित्र गठबन्धन र भ्रस्टाचार जस्ता महारोगबाट मुक्त गरि, समृद्धि र परीस्कृत लोकतन्त्रको बाटो समात्नु हो।

 

अतः परिबर्तनलाई संबैधानिक जटिलताबाट मुक्त गर्दै, बैधानिक्ता निर्माण गर्नु हो। यस्का लागि, पहिलो पाइला प्रधानमन्त्रीले राजीनामा दिई निर्वासित  भएको अवस्थामा आन्दोलनकारी समुहहरु र सरोकारवाला समुह सङ्ग छलफल गरि, मागहरु सुनिस्चित गर्नु हो।


३.१ तत्पश्चात वर्तमान प्रतिनिधि सभा र रास्ट्रीय सभाको संयुक्त बैठक बसि पारीत गरेको रिजोलुसन अनुसार  ूसंबिधानको धारा ७६ मा संशोधन गरि प्रतिनिधि सभाको सदस्य बाहेकका जनमानसले स्वीकारगरेको ब्यक्तिलाई रास्ट्रपतिले  प्रधानमन्त्रीमा नियुक्त गर्ने अध्यादेश  सरहको  रिजोलुसनलाई अनुमोदन गर्नु हो। यो आवस्यक्ताको सिद्धान्त अनुरुप बैधानिक मानिन्छ।

 

३.३ यसै रिजोलुसनले गैर राजनीतिक न्यायीक आयोग स्थापन गरि अपराधमा संलग्न नेता तथा कर्मचारीमाथी जांचबुझ गर्ने र सजाय दिने व्यवस्था पनि गर्ने छ, र देशका निकायहरुमा आगो लगाउने लाई सजाय पनि गर्ने छ।

 

३.४ यति काम गरेपछि संबिधानको धारा ८४ बमोजिम संसद आफ्नै निर्णय बमोजिम भङ्ग हुने छ।

 

३.५ रिजोलुसन बमोजिम आवश्यक्ताको सिद्धान्त अनुसार रास्ट्रपतिले नेपाली सैनिक सर्बोच्च कमान्डको सिफारिसमा प्रधानमन्त्री र मन्त्रीहरुको नियुक्त गर्ने छ्न।

 

३.६ नियुक्त मन्त्रीपरीषदले वर्तमान संबिधानको संशोधन तयार पारी रास्ट्रपतिबाट अध्यादेशद्वारा संबिधान संसोधन गर्ने छ।

 

३.७ संशोधित संबिधान अनुसार निर्वाचन ऐन जारी गरि आम निर्वाचन २०८४मा सम्पन्न गर्ने छ र यसरी लोकतन्त्र संस्थापित हुने छ। 


यो बाहेक अन्य अन्यथा मनसायलाई मान्यता दिने गरि संविधानको खारेज गर्ने अधिकार कसैलाई  छैन। यो देश एउटा पुस्ताको मात्र होइन।


यो नै सहि र सजिलो बाटो हो। जनताले निर्वाचन गरेको संबिधान सभाले बनाएको संबिधान झटारो फ्यांके झै फ्यांक्न सकिन्न। यस्को संशोधन बैधानिक ढंगले गर्नु पर्छ। रास्ट्रका हरेक गतीबिधि  बैधानिक हुनुपर्छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.