logo

केपीलाई पराजित गरौं , पृथ्वीनारायणबाट भएको गल्ती सच्याऔं !

 इसीमाना सम्वाददाता     २०८२ माघ १८ गते ०२: ०० मा प्रकाशित     608   पटक पढिएको

 देवप्रकाश त्रिपाठी 

   यो निर्वाचन जेन्जीको नाममा भएको बिध्वङ्शकै निरन्तरता हो । जेन्जी भाइ बहिनीहरू देशमा सुशासन चाहन्थे , तर उनीहरूको नाममा देशका शत्रुले आफ्नो साध्य पूरा गरे ।

 

सुशीला कार्की नेतृत्वको अवैधानिक सरकार नागरिक सरकार नभएर सिहदरबार र सर्बोच्च अदालत जलाउनेहरूको सरकार हो, यसको निष्पक्ष भूमिका छदैछैन । 

सुशीलाले चुनाव गराउने जिम्मेवारी मात्र पाएको होइन, फलानो पक्षलाई बहुमत  पुर्‍याइदिने जिम्मेवारी पनि उनैलाई छ ।  फागुन २१ को निर्वाचन पश्चात् देशले निकास होइन बिनासको सामना गर्नुपर्ने छ ।

 

त्यसैले यो निर्वाचनलाई नागरिक शक्ति नेपालले अस्वीकार गरि समानुपातिक उम्मेदवारलाई समेत राजनीतिक रूपमा फिर्ता लिएको छ। 

जो जसले निर्वाचनमा भाग लिएका छन त्यहाँ पनि दुईथरी उम्मेदवार छन, एकथरी शतप्रतिशत बाह्यशक्तिबाट परिचालित छन र अर्काथरी देशभक्त छन ।

 

एकथरी सोसल मिडियाबाट जन्माइएका छन र अर्काथरी लामो र सकसपूर्ण प्रजातान्त्रिक आन्दोलनबाट जन्मिएका हुन । 


यसक्रममा झापाको पाच नम्बर निर्वाचन क्षेत्र देशकै आकर्षणको केन्द्र बनेको छ। त्यसो त सर्लाहीको तीन नम्बर क्षेत्रमा नारायण काजी श्रेष्ठले उम्मेदवारी दिनुभएका कारण उक्त क्षेत्र पनि आम नेपालीको चासोको क्षेत्र बनेको छ भने अमरेश कुमार सिंहले बिजय हासील गर्दै आउनु भएको चार नम्बर क्षेत्रमा गगन थापाले उम्मेदवारी दिनु भएपछि उक्त क्षेत्र पनि निकै चर्चामा छ । 

 
झापा ५ मा खडा भएका उम्मेदवार मध्ये केवल दुई नाम मात्र अगाडी आएका छन । दुई मध्ये केपी ओलीलाई त्यस्ता उम्मेदवारका रूपमा लिइन्छ जो कहिल्यै गाजा चरेश खादैनन, जसलाई र्‍याप पनि आउदैन ।

 

केपीले  मदिराको नसामा लट्ठिएर  सार्बजनिक स्थलहरूमा अश्लील नृत्य गर्न पनि जानेका छैनन । उनी कानमा टप पनि लगाउदैनन र जगल्टा फिजाएर हिड्न झन उनी सक्दै सक्दैनन ।

 

जतिसुकै रीस उठेपनि केपीको मुखबाट सिंहदरबार जलाइदिने अभिव्यक्ति कहिल्यै आएन र मौका पाउने बित्तिकै सिंहदरबारमा आगो झोस्न र त्यसलाई खरानी बनाउन सक्ने क्षमता पनि उनमा देखिएन, न सर्बोच्च अदालत, संसद भवन  र शितल  निवास जलाउने क्षमता नै केपीमा देखियो । 


                 तेर्‍हवटा जातीय राज्यमा बिभाजित गर्न भएको प्रयासलाई रोक्ने केपी, सात प्रदेशको नाम जातका आधारमा चयन हुनबाट रोक लगाउने केपी, प्रचण्ड र शेरबहादुर देउबाले गरेको पच्चीस बूदे सहमतिमा असहमती जनाएर दस्तखत नगरी देश फर्कने केपी, पश्चिमा मुलुकले बीआरआइ कार्यान्वयन सम्झौता नगर भन्दाभन्दै गरेरै छोड्ने केपी, पुटिनसङ्ग भेट नगर्न चेतावनी दिदादिदै भेटवार्ता गर्ने केपी, नाकाबन्दीको समयमा दृढतापूर्वक  उभिने केपी,  एमसीसी परियोजना अनुमोदन गरिनुपर्छ भन्दै तीन वर्षसम्म झुलाउने र मतदानको समयमा अनुमोदनको बिपक्षमा उभिने केपी,  हिंसात्मक क्रियाकलापमा सक्रिय बिप्लब र बिखण्डनकारी सीकेलाई शान्तिपूर्ण मैदानमा ल्याउने केपी, माओबादीको आतङ्कबाट मुलुक  आक्रान्त बनेका बेला निर्भयका साथ डटेर लड्ने केपी । 

 


         यसरी देशका निम्ति अड्न जान्ने एक लाईन र्‍याप हान्न र चरेशको एक सर्को तान्न पनि नजान्ने केपीलाई यसपटक हराउनै पर्छ १ मुलुक नबनेकै र्‍यापे , झ्यापे , ट्यापे र ठग्नजान्ने कलाकारलाई सत्ताको साचो जिम्मा नलगाइएकोले हो, यसपटक मौका आएको छ, र्‍यापेहरूलाई मतदान गरेर पृथ्वीनारायण शाहबाट “देश स्थापना गर्ने” गल्ती जुन भएको छ , त्यसलाई “सच्च्याउने काम” गरौं युक्रेनको नियती भोगौ !!

 

यो सामाग्री बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको पेसबुक वालबाट लिइएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.