logo

हैजा प्रकोप र तथ्यको द्वन्द्व  प्रधानमन्त्रीलाई झूठो बनाउने रिपोर्ट कसले दियो ?

के.सी.लामिछाने

 इसीमाना सम्वाददाता     २०८२ भदौ १५ गते ०५: ०७ मा प्रकाशित     819   पटक पढिएको

वीरगन्ज । पर्सा जिल्लाको वीरगन्जमा देखिएको हैजा (कोलेरा) प्रकोपले राज्यका सबै संयन्त्रलाई एकैसाथ परिचालन गरेको छ।

 

संघीय स्वास्थ्य मन्त्रालय, खानेपानी मन्त्रालय, प्रदेशका स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन , युनिसेफ, स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालय, सरकारी तथा निजी अस्पतालदेखि सुरक्षानिकायसम्म सक्रिय रूपमा परिचालित भए पनि वास्तविक तथ्याङ्क र सूचना व्यवस्थापनमा गम्भीर प्रश्न खडा भएको छ।


प्रकोप नियन्त्रणका लागि संघीयदेखि स्थानीय तहसम्मका सबै संरचना मैदानमा खटिए । तीनै तहका स्वास्थ्य टोली ,नमुना संकलन, परीक्षण र उपचारमा निरन्तर खटिएका छन्। प्रयोगशालामा लगातार परीक्षण भइरहेका छन् भने वीरगन्ज–काठमाडौंबीच पनि प्रत्यक्ष समन्वय भइरहेको छ।

 

यसरी व्यापक संयन्त्र परिचालन भएको अवस्थामा तथ्यको स्पष्टता आउनुपर्ने हो, तर उल्टै जानकारी विरोधाभासी बनेको छ। हैजाको संक्रमणको कारक पत्ता लाग्न सकेको छैन । बिभिन्न ठाउका पानीहरुको ब्यापक परिक्षण भयो  तर हैजाको जिवाणुको संक्रमण काहाबाट भयो भन्ने कुरा तथ्यले देखाएको छैन ।

 

तथ्य नै नभएको हो की लुकाइएको हो एउटा प्रश्न भने उब्जेको छ । जानकारहरुका अनुसार खाना र पानीबाट मात्र हैजाको जिवाणुको संक्रमण फैलन्छ । पानीमा हैजाको जिवाणु फेला नपरेपछि अरु परिक्षण तर्फ ध्यान गएको देखिदैन ।

 

पहिलो हैजाको संक्रमीत को थियो ? उसको सम्पूर्ण जीवनशैलीको परिक्षण गर्न सकेको भए ,संक्रमण कहाबाट भयो भन्ने खुल्न् सक्थ्यो । परिक्षणकर्ताहरु, प्रयोगशालाहरु पानीको पछि लागेकोले  ठिक ढंगले जीवाणु संक्रमणको कारण खुल्न नसेकेको जानकारहरुको राय छ ।

 

दिशामा भएको जिवाणु खानामा पुगेर पनि हैजाको संक्रमण हुन सक्ने तथ्य प्रति  परिक्षणकर्ताहरुको ध्यान जान जरुरी छ । कतिपय अवस्थामा शौचालय ओभरफ्लो भएर भरिने ,पानी बाहिर बग्ने, त्यसमा गएका झिंगाहरु खानामा गएर बस्ने र त्यसबाट संक्रमण हुन सक्ने कुरा पनि परिक्षणको दायरामा आउन सक्नु पर्ने थियो ।

 

त्यो बिषयमा के भयो स्वास्थ्य सम्बद्ध निकायले त्यसबोर केही सार्वजनीक गरेको अवस्था छैन । बिरामीको होल हिस्ट्रीको अध्ययन हुने हो भने संक्रमणको कारक पत्ता लाग्न सक्ने स्वास्थ्यकर्मीहरुकै  टिप्पणी रहेको छ ।

प्रधानमन्त्रीलाई मृत्युको रिपोर्ट

हैजा प्रकोपले निम्त्याएको संकटकै बीच प्रधानमन्त्रीलाई वीरगन्जबाट तीन जनाको मृत्यु भएको औपचारिक रिपोर्टिङ पुग्यो ।

 

यही आधारमा प्रधानमन्त्रीले प्रतिनिधिसभामा जानकारी दिँदै “हैजा प्रकोपले मानवीय क्षति पुर्‍याइसकेको छ” भनेर संसदलाई अवगत गराए। प्रधानमन्त्रीकै मुखबाट आएको यो जानकारीले हैजा नियन्त्रणका चुनौतीलाई गम्भीररूपमा लिएको सन्देश दिन्थ्यो।


तर प्रधानमन्त्रीले संसदलाई जानकारी गरएको एक दिन पछि   वीरगन्जमा रहेका राज्य संयन्त्रहरूले विज्ञप्ति निकाल्दै भने, “हैजाका कारण अहिलेसम्म कसैको मृत्यु भएको छैन”। सार्वजनिक कार्यक्रममा सम्बोधन गर्ने  अस्पतालका चिकित्सक समेतले यही अभिव्यक्ति दोहोर्याए।

 

यसले प्रधानमन्त्रीको भनाइलाई प्रत्यक्ष खण्डन गरिदियो। अब प्रश्न यहींबाट सुरु हुन्छ। प्रधानमन्त्रीलाई दिएको रिपोर्ट झुटो थियो ? वा वीरगन्जमा जारी गरिएको विज्ञप्ति नै गलत हो ?  हैजाका कारण मानवीय क्षति भएको कुरा जनताले सुनेका छन् ।  मृत्युका सन्दर्भमा संचार माध्यमहरुले मृत्युको कारण यकिन हुन नसकेको समाचार प्रवाह गरेका थिए । तर किन सरकारी स्तरमै दुईथरी सूचना सार्वजनिक भए ? तीन जनाको मृत्युको कारण पत्ता लगाउन परिक्षण गर्ने काम कस्को थियो ? यि प्रश्नहरु अहिले पेचिलो बनेका छन । 

राजनीतिक–प्रशासनिक खेल ?

विश्लेषकहरू भन्छन्, यस्ता महामारीको अवस्थामा तथ्य लुकाउनु वा तोडमोड गर्नु गम्भीर राजनीतिक–प्रशासनिक खेलको संकेत हो।

 

 अन्यथा नागरिकका मनमा रहेको अनेकौ प्रश्हरुको उत्तर दिने काम सरकारी संयन्त्रहरुकै हो ।

 

प्रधानमन्त्रीलाई झुटो बनाउने प्रयास , संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति नै गलत सावित गर्ने खेल कसको स्वार्थमा भयो ? स्थानीय संयन्त्रको दबाब ? वीरगन्जमै मृत्यु भएको स्वीकार गरे जिम्मेवारी, आलोचना र परिणामको भारी बढ्ने डरले तथ्य लुकाइएको त होइन ?


अनुसन्धान किन भएन?

सबैभन्दा गम्भीर प्रश्न भनेको, प्रधानमन्त्रीको वक्तव्य र स्थानीय संयन्त्रको विज्ञप्ति बीचको स्पष्ट विरोधाभासबारे अहिलेसम्म कुनै अनुसन्धान नहुनु हो।

कसले प्रधानमन्त्रीलाई तीन जनाको मृत्यु भएको भनेर रिपोर्ट गर्‍यो ? त्यो रिपोर्ट झुटो थियो भने किन कारबाही भएन ? यदी रिपोर्ट गरिएको थिएन भने प्रधानमन्त्रीले के आधारमा संसदलाई हैजा प्रकोप बारे त्यस्तो जानकारी गराए ? त्यो रिपोर्ट सही थियो भने वीरगन्जमा सत्यलाई किन ढाकछोप गरियो ? स्वास्थ्य विज्ञहरूको भनाइ छ – महामारी नियन्त्रणमा सत्य र पारदर्शिता नै पहिलो औजार हो। नागरिकसँग वास्तविक अवस्था नबोल्दा स्वास्थ्य संकट मात्र होइन, विश्वासको संकट पनि थपिन्छ।

 

वीरगन्जको हैजा प्रकोपले केवल स्वास्थ्य संकट मात्र ल्याएको छैन, बरु सूचना व्यवस्थापन, उत्तरदायित्व र राजनीतिक ईमानदारीबारे गहिरो प्रश्न खडा गरेको छ। प्रधानमन्त्री र स्थानीय संयन्त्रबीच देखिएको तथ्यगत विरोधाभासले “राज्य कसरी सञ्चालन भइरहेको छ ? ” भन्ने मूल प्रश्न सतहमा ल्याएको छ। स्वास्थयमन्त्री, खानेपानी मन्त्री, प्रदेशका स्वास्थ्यमन्त्री नै फिल्डमा हुदा समेत तथ्यहरु बिरोधाभासपूर्ण देखिएपछि   यो खेल कसले र किन खेल्यो भन्ने जान्नकालागि जनताले प्रतिक्षा गरिरहेका छन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.