logo

सिमरा घटना स्वत्रन्तालाई निषेध गर्ने रिहर्सल , सुरक्षा र कार्यक्रम आयोजना नभए चुनाव कसरी हुन्छ ? सरकार समक्ष देखा पर्यो यक्ष प्रश्न

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ३ गते ०७: ११ मा प्रकाशित     725   पटक पढिएको

वीरगंज । बाराको सिमरा विमानस्थलमा बुधबार उत्पन्न घटनाप्रति विभिन्न राजनीतिक दलले प्रतिक्रिया जनाएका  छन।

 

 विमानस्थलमा एमाले नेताहरूको आगमन कार्यक्रम अघि केही युवाहरूले अवरोध गरेपछि परिस्थिति तनावपूर्ण बनेको थियो। तनावपूर्ण स्थितिलाई नियन्त्रणमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घटनालाई संवेदनशील बताउँदै सरकारलाई राजनीतिक दलहरूको कार्यक्रम आयोजना गर्ने अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ।

 

पार्टी प्रवक्ता मनिष झाकाअनुसार चुनावी वातावरण बनाउन दलहरूले सार्वजनिक कार्यक्रम गर्न पाउनुपर्ने र सरकारले पर्याप्त सुरक्षा दिनुपर्ने पार्टीको निष्कर्ष निकालेको जनाएको छ।

 

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सिमरा घट्नालाई आगामी राजनीतिक जटिलताको संकेतको रूपमा वर्णन गरेका छन्। उनले चुनाव भएपछि सहज सत्ता हस्तान्तरण हुने वातावरण नदेखिएको टिप्पणी गरेका छन्।

 

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउँदै सिमरा घटनालाई सामान्य अवरोधका रूपमा व्याख्या गरेका छन्।

 

 उनले सानो संख्यामा प्रदर्शनकारी भएका घटनामा पनि कर्फ्यू लगाउनु उचित नभएको बताएका छन्। बस्नेतका अनुसार सभा–सम्मेलन गर्ने दलहरूको संवैधानिक अधिकार रोक्नु सरकारको त्रुटि हो।

 

यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बाराको सिमरामा उत्पन्न भएको परिस्थितिलाई ‘दुःखद भन्दै सरकारले राजनीतिक दलहरूको स्वतन्त्र गतिविधिमा अवरोध हुने वातावरण नबनाउन आग्रह गरेका छन्।

 

शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्  ‘यो समय द्वन्द्व बढाउने होइन, संयम र एकता राखेर जाने समय हो। त्यसैले सिमरा घटना दुःखद छ। प्रधानमन्त्रीज्यू, एक फेरा भ्रमण गर्ने वातावरण नै नबनाए, चुनाव कसरी हुन्छ ? भनेर प्रतिप्रश्न गरेका छन । 

 

शर्माले सामाजिक सञ्जाल निषेधका विरुद्ध उभिने जेनजेड कसैको ‘समाज भ्रमण अधिकार’ विरुद्ध उभिन नसक्ने भन्दै सिमरा घटनामा युवाहरूको भावना होइन, त्यसको दुरुपयोग देखिएको टिप्पणी गरे।

 

घटना सम्बन्धी दलहरूको फरक–फरक अभिव्यक्तिसँगै चुनावी माहोल, सुरक्षा व्यवस्थापन र राजनीतिक गतिविधिमा सरकारी तयारीबारे बहस बढेको छ।

 

सामाजिक संजाललाई नेपालीमा दर्ता गर्ने प्रयोजनकालागि संचालनमा रोक लगाउदा आन्दोलनमा उत्रिएको जेनजी पुस्ता आफै अरुको स्वतन्त्रताका बिरुद्ध सडकमा उत्रिनुलाई भने अराजकतापूर्ण तथा अतिवादी कदमका रुपमा हेरिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घण्टाघर नजिकको सूर्य मन्दीरमा रुद्राक्ष  रक्तचन्दन र अमलाका  बिरुवा रोपियो

वीरगंज । स्वतन्त्र मानव अधिकारी समाजको आयोजनामा सोमवार वीरगंजको घण्टाघरमा रहेको सूर्य मन्दीरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.