logo

ठोरी गाउँपालिका, कोरोना र शिक्षा

केशवप्रसाद रेग्मी 

      6/2/2020 गते 00 00 मा प्रकाशित     1680   पटक पढिएको

विश्व महामारीको रुपमारहेको कोभिड १९ अर्थात कोरोनाको आक्रमण चीनको बुहानमा गत नोभेम्बर अन्तिम देखि देखापर्दै आजको यो दिनसम्म आइपुग्दा बिश्वका २ सय १५ भन्दा बढी देशहरु र उपनिवेशमा फैलिसकेको छ।

 

यो विवरण लेखिरहदा बिश्वका ६३ लाख भन्दा बढी संक्रमित र ३ लाख सत्तरी हजार भन्दा बढी मानिसको मृत्यु भैसकेको छ। दिनहु जसो १ लाखको हाराहारीमा संक्रमित बढ्ने अवस्था तथ्यांकले देखाएको छ।बिश्वको अर्थतन्त्र मात्र होइन शैक्षिक,सामाजिक बैज्ञानिक,प्राबिधिक पक्षमा समेत नकारात्मक प्रभाव परिरहेको प्रष्ट नै छ।


बिश्वको करिव पौने दुई अरव विद्यार्थी गत केही महिनादेखी शिक्षालय बाहिर रहेका र मानसिक तनावमा रहेको तथा दुर्ब्यसनी तर्फ जानसक्ने खतरा महसुस गरिएको छ।

 

महामारीको यस चपेटामा शैक्षिक क्षेत्र नराम्रो संग धरासयी हुने परिस्थिति सिर्जना हुदैछ,यद्यपि केही देश र शिक्षालयले अनलाइन मार्फत,रेडियो,एफ एम ,टिभी बाट सिकाइ कार्यक्रम संचालन गरिरहेका छन तर सवैको पहुँच नपुग्ने भएकोले सवै शिक्षार्थीहरुलाइ त्यो सेवा उपलब्ध हुन नसक्ने निश्चित नै छ।अहिलेको यस घडिमा नेपाल समेत कोरोना भाइरसको संक्रमणबाट प्रताडित नै छ ।

 

अर्थतन्त्र धरासयी भएको छ। पेशा ब्यबसाय यातायात उद्योग कलकारखाना लगायत आयआर्जन गरिने श्रोतहरु खुम्चिदै गएका छन । बिदेशमा गएका नेपालीहरु दिनहु भारतबाट हजारौंको संख्यामा नेपाल भित्रिदै छन  ।भारत बाहेकका देशहरु बाट दशौ हजार मानिस नेपाल आउन आतुर छन ।

 

,सरकारले पहिलो चरणमा २५ हजार नेपाली ल्याउने तयारी गरेको छ । यसरी भित्रिएपछि झन अवस्था भयावह हुने आंकलन गर्न सकिन्छ,।

 

हाल नेपालमा १८ सय ११ सक्रमित ,८ जना मृत्यु र २ सय ११ निको भएको अवस्था छ । केही दिन यता दैनीक  १ सय  भन्दा बढी संक्रमित थपिने क्रम बढिरहेको छ।तिनै तहका सरकारबाट ब्यबस्थापन गर्न कठिनाइ भएको छ।देशभरी रहेका ७० लाख भन्दा बढी बिद्यार्थीहरु शिक्षालय बाहिर छन ।

 

१० चैत्र देखि आजसम्म बिद्यार्थीहरु शिक्षालयमा जान सकेका छैनन,एसईइ ,कक्षा ११ र १२ कक्षाका करिव १२ लाख विद्यार्थीहरु परीक्षाको तयारीमा रहदा रहदैको अवस्थाबाट परीक्षा स्थगित हुन पर्दा मानसिक तनावमा रहेका छन । संघिय सरकारले निर्णय दिन सकिरहेको छैन ।

 

भने प्रदेश र स्थानीय सरकारले शिक्षालयलाइ क्वारेन्टाइन बनाउनु बाहेक शिक्षाको बारेमा सोच्न र काम गर्न सकेको छैन । यद्यपि संघीय सरकारले १ असारबाट शैक्षिकसत्र २०७७ को पठन पाठन बैकल्पिक बिधिबाट संचालन गर्न सूचना जारी गरिसकेको छ। त्यो सिकाइ कत्तिको प्रभावकारी हुने हो समयले मुल्यांकन गर्ला।

 


ठोरी गा पा पर्सा जिल्ला प्रदेश न २ मा पनि कोरोना संक्रमितको संख्याकोअवस्था बाहेक अन्य कुरोमा मेल खाएको अवस्था छ।झण्डै १ सय २८ बर्ग कि मि क्षेत्रफलमा रहेको ४ हजार भन्दा बढी घरधुरी रहेको यस क्षेत्रमा २१ वटा सामुदायिक र आधा दर्जनको पेरिफेरिमा रहेका संस्थागत बिद्यालयहरु छन, करिव ५ हजार बिद्यार्थी र २ सय भन्दा बढी गुरुबा गुरुआमा,तथा ५० को संख्यामा रहेका बिद्यालय सहयोगी र कर्मचारीहरु लक भएका छन ।

 

गत चैत्र ५ पछि शिक्षालय खुलेका छैनन, बैशाखको अन्तिम सातातिर सवै शिक्षालयहरुले परीक्षाफल प्रकाशित गर्नुबाहेक शैक्षिक गतिबिधी केही हुन सकेको छैन। गा पा बाट यस अवस्थालाइ मध्य नजर गरेर सिकाइ गर्नु पर्ने बाताबरण तयार गर्ने योजना बनाएको जानकारीमा आएको छैन।

 

पर्सा जिल्लाको ग्रामीण भेकमा शैक्षिक क्षेत्रमा अग्रणी स्थान तर्फ उन्मुख भएको गाउ पालिका यसरी चुपलागे जसरी रहनु पक्कै पनि सुखद क्षण नहोला।

 

माध्यमिक बिद्यालय सम्मको संचालन रेखदेख गर्ने जिम्मा पाएको स्थानीय सरकारले यस तर्फ बेलैमा नसोच्ने हो भने साक्षरता उन्मुख र शैक्षिक सुनिश्चितता हुन लागेका दुई सुचकबाट पछाडि हुने अवस्था हुन सक्छ। स्मरण रहोस १५ /५९ उमेर समूह २०७४ को तथ्यांक बमोजिम करिव ८०% साक्षरता र ३ / १२ बर्ष उमेर समुहका बालबालिका बिद्यालयमा गएका करिव ९६% भन्दा माथी रहेका छन [२०७४ को तथ्यांक ]महामारी रहेको बेला लामो समय शिक्षालय बन्द हुदा बिद्यालय जाने उमेर समुहका बालबालिका मध्य ३०र ४० प्रतिशत शिक्षालयबाट बाहिरिने नतिजा बिज्ञहरुले दिएका छन।

 

यदि यस्तो हो भने हाम्रो पालिका मात्र नभै सिङ्गो राष्ट्रमा नै साक्षरता र शैक्षिक सुनिश्चितताको सुचाकं पछि पर्न गै मानव बिकाश सूचकांकमा समेत पछि पर्ने संभावना बलियो हुन्छ।

 

बेलैमा सचेत रहनु जरुरी छ । सवै तह र तप्काबाट सहयोग लिन पनि जरुरी छ।
अहिलेको वर्तमान अवस्थामा ठोरी गा पाका जनप्रतिनिधि ,शिक्षा संग संबन्धित सरोकारमा रहेका बिद्यालय ब्यवस्थापन समिति ,शिक्षक अभिभावक ,प्राधानाध्यापक  र शिक्षा प्रेमीहरु सवै मिलि योजनाबद्ध तरिकाले अगाडि बढौ। 

एकान्तबास गैंडाकोट 
२०७७/०२/२०

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.