logo

पिसीआर खरिदको निर्णय आवश्यकतामा आधारित छ,फुटेर होइन जुटेर अगाडि बढौ

डा.दीपक शाक्य

      6/1/2020 गते 00 00 मा प्रकाशित     1724   पटक पढिएको

बीरगंज र पर्सा जिल्ला कोरोना संक्रमित रेड जोनमा परेको छ।यसको अर्थ यहाँ कोरोना संक्रमणको तेस्रो चरण अर्थात  समाजिकरणको चरणमा प्रवेश गरिसकेको छ।

यो अवस्थाम अति नै संक्रमित अवस्था हो। यसबेला कोरोना तिब्र गतिमा बढीरहेको हुन्छ। तपाईं हामि निरै हुन्छ हामी चिन्न पनि सक्दैनौ। यसैले बीरगंज र  पर्सा जिल्लामै थुप्रै संक्रमित हुनसक्ने सम्भावना रहेको छ।

समयमै पहिचान र उपचार गर्न नसके यसले महामारीको रूप लिने डर छ। यसकारण कोरोना संक्रमित थाहा पाउन र उपचार र नियन्त्रणको लागि समयमै बढि भन्दा बढि ट्रेसिङ्ग र टेस्टिङ गर्नुअति आवश्यक देखिन्छ। यसको लागि बढी क्षमता भएको पीसीआर मेशिन र टेस्टिङ किटको आवश्यकता छ ।  

पर्सामा अति न्युन मात्रामा परिक्षण हुनाले यसको टेस्टिङ पनि सार्है कछुवा गतिमा भइरहेको छ र हामीले संक्रमितहरुको पहिचान गर्न सकिरहेका छैनौ।यसैकारण अहिले हामी सबै उच्च जोखिममा रहेका छौ।यसको नियन्त्रण र उपचारको व्यवस्थापनमा पनि कमजोर देखिएका छन् ।

यस अवस्थालाई नै आत्माबोध र दृष्टिगत गरी बिरगंज महानगरपालिकाले बढी क्षमता भएको पि सि आर मेशिन र किटसहरु खरिद गर्ने निर्णय गरेको छ  । महानगरको निर्णय आवश्यकतामा आधारित छ र यो अति नै  स्वागतयोग्य छ।

अब प्रश्न उठ्छ महानगरपालिकाले खरिद गर्ने मेशिन बाट महानगरपालिका वडावासीहरुले मात्र सेवा प्राप्त गर्ने कि ? पर्सा जिल्लावासीले पनि सेवा पाउने यस्तो मानवीय संवेदनाको बेला यस्तो तुच्छ प्रश्न आउनु नपर्ने हो ।

सेवा उपचारको सीमाना र सीमितता हुदैन क्षमता को हुनसक्छ। यसर्थ यो सेवा मात्र जिल्ला होइन प्रदेश,राज्य र जो जहाँको भएपनि सबैलाई आवश्यकता परेको बेला सरल सुलभ रुपमा पाउनु पर्छ । यो सेवा प्रदान गर्नु जरुरी हुन्छ र दिनु पनि पर्छ।


टेस्टिङ पछि संक्रमितको संख्या बढ्न सक्ने हुनाले सोही अनुरूप बीरगंज र पर्सा जिल्लामा स्थित कोभिड अस्पतालको क्षमताबृद्धि , भेन्टिलेटरको संख्यामा बृद्धि, व्यवस्थित क्वारेन्टिनको क्षमताबृद्धि, स्तरीय भोजन र बसोबासको व्यवस्था तथा कोरोना संक्रमितहरुको सेवामा समर्पित चिकित्सा कर्मिहरुको क्वारेन्टिनमा खानेबस्ने ब्यवस्थापन,लकडाउनको बढ्दै गएकोले दैनिक ज्यालादारी मजदुर,गरिब असाहय दुः खीहरुलाइ राहतको ब्यवस्थापन गर्नु जरुरी हुन्छ।

यस स्थितिमा सांसद, प्रदेश सरकार, महानगरपालिका,नगरपालिका, प्रशासन, नागरिक समाजका अगुवाहरू कोहिले पनि एक्लै गर्छु भनेर सम्भव हुँदैन  ।

 सबैको साझा सहयोग, सहकार्य, सहमति, सदभाव, समन्वय र समझदारीले सेवा प्रदान गर्ने हो भने यो असम्भव पनि छैन। यसर्थ यस्तो संकटको घडीमा आ आफ्नो अहम् त्यागेर, असमझदारी मेटाएर संधघय सरकारको सहयोगमा प्रदेश सरकारको अभिभाकत्वमा यस जिल्लाको संघिय सांसद, प्रदेश सांसद जिल्ला समन्वय समिति, महानगरपालिका, नगरपालिकाहरु सबै राजनीतिक दलहरु, सम्बन्धित निकायहरु एकै ठाउमा आएर कोरोना बिरुद्धको लडाईमा सहभागि हुनु पर्छ ।

महानगरको अगुवाइमा सबै ले आ आफ्नै जिम्मेवारी पूर्बक सहयोग गरि माथि उल्लेखित सबै सेवाहरू संचालन ब्यवस्थापन नियन्त्रण गर्नु आजको आवश्यकता हो। साथै लकडाउनको समय अबधि बढाउने मात्र होइन कि यस अवधिमा एक्टिभ र प्रोएक्टिभ भै अत्यन्त महत्वपूर्ण जरुरी बजार,स्कुल कलेज, व्यापार व्यवसाय, उधोगधन्दा, कृषि व्यापार ,बैक, सहकारी, संघ संस्थाहरुलाई व्यवस्थितरुपमा संचालन गर्ने सहज वातावरणको सृजना गर्नु जरुरी देखिन्छ।

कोरोनाको कहरबाट समयमै पाठ नसिक्ने  हो भने यसको हामीले ठूलो मुल्य चुकाउन पनि तयार भएर बस्नु पर्छ। अन्त्यमा सबै जिम्मेवार नेतृत्वदायि निकायहरूलाई फुटेर होइन जुटेर अगाडि बढौ। कोरोना माथि बिजय प्राप्त गरौ भन्ने अनुरोध तथा शुभेच्छा।

डा. शाक्य बीरगंजका नागरिक अगुवा हुनुहुन्छ । यो सामाग्री उहाँको सामाजिक संजालबाट लिइएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.