logo

जोखिमपूर्ण अवस्थामा जिम्मेवार पत्रकारिता

नीरज पिठाकोटे

      5/17/2020 गते 00 00 मा प्रकाशित     1863   पटक पढिएको

 

अंग्रेजी फिल्म ‘एभेन्जर एण्डगेम’ को भावानुवाद गरिएको एउटा हिन्दीमा उद्धरण छ, “हम हार जाएंगे तो साथ हारेंगे” अहिले महामारीको रुपमा फैलिएको कोरोना भाइरससँग लडिरहेको विश्व मानव समुदायलाई पनि यहि उद्धरण काफी छ ।

 

कि हामी हा¥यौं भने सँगै हार्छौ । कोही जित्नेवाला छैन । यसलाई जित्नको लागि तत्कालको आवश्यकता भनेको एकता नै हो । कोरोना भाईरस (कोभिड—१९) को संक्रमणले नेपालमा एकजनाको मृत्यु भएको छ । संक्रमितको संख्या बढ्दै गएको छ । गत चैत्र ३० गते वीरगन्जमा तीनजना भारतबाट आएका मुस्लीम धर्मप्रचारकहरुमा कोरोना भाइरस संक्रमण देखिएदेखि नै वीरगन्ज निकै जोखिममा छ ।

 

कोरोना भाईरस फैलिन नदिन अन्य राष्ट्रले गर्दै आएको लकडाउन (बन्दाबन्दी) नेपालले पनि चैत ११ गतेदेखि लागू ग¥यो । देशको प्रमुख नाका पनि भएकोले वीरगन्ज सबैभन्दा जोखिममा पर्ने सहजै अनुमान लगाईएको थियो । लकडाउन गरेको १९ दिनपछि वीरगन्ज २ छपकैयाको मस्जिदमा बसेका भारतीय मुस्लीम धर्मप्रचारकहरुमा कोरोना संक्रमण भएको फेला परेपछि यसले वीरगन्जमा एकखालको त्रास सृजना ग¥यो । वीरगन्जमा तत्काल कोरोना परीक्षण र कोरोना अस्पतालको स्थापनाको लागि दबाव बढ््यो ।

 

तर, यसलाई राज्यले गम्भीर रुपमा नलिईएको पर्सेली जनताले अनुभूति गरेका छन् । सबै प्रदेशमा परीक्षण मेशिन जडान भईसक्दा समेत वीरगन्जमा पीसीआर मेशिन ढिलो आउनु र त्यसको आवश्यक उपकरणहरु नै नपाएर १५ दिनसम्म मेशिन अस्पतालमै थन्क्याउनु परेको थियो । कोरोना भाईरससँग जुध्नका लागि अग्रपंक्तिमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीदेखि हामी सञ्चारकर्मी र नागरिक सामाजका विभिन्न तहका व्यक्तिहरुले पनि पीसीआर परिक्षण मेशिन तत्काल जडान गर्नुपर्ने आवाजहरु उठाईरह्यौं । धेरै दबाव थेग्न नसक्ने अवस्था देखिएपछि सरकारले काठमाडौको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा रहेको मेशिन नै नारायणी अस्पतालमा ल्याईएको थियो ।

 

     त्यसका लागि आवश्यक उपकरणहरु भने आएको थिएन । देशका ६ वटा प्रदेशको दुई दुई ठाउँमा समेत मेशिन जडान गरेर कोरोना परीक्षण भईरहँदा वीरगन्ज भने अन्य प्रदेश र केन्द्रको भरमा बस्नुपर्ने बाध्यता थियो । जनशक्ति, प्राविधिक, पूर्वाधार लगायतको अभावमा कोरोनाबाट सुरक्षित रहन वीरगन्जलाई निकै चुनौती थियो । यहिबीचमा अग्रपंक्तिमै रहेर पत्रकारिता गर्नलाई हामीलाई पनि उत्तिकै चुनौती थियो, छ । मुस्लीम धर्मप्रचारकहरुमा बढी कोरोना संक्रमण भेटिएपछि उनीहरुको विषयमा विभिन्न टिकाटिप्पणीहरु आउन थाले समाचारहरुमा पनि आउन लेख्न थाले ।

 

     मस्जीद र मदरशामा उनीहरु लुकेर बसेको भन्ने शब्दले मुस्लीम समुदायले अपमान महशुस गरे । त्यसले धार्मिक सहिष्णुता विगार्न खोजियो भनेर असन्तुष्टि व्यक्त गर्ने क्रममा सञ्चारमाध्यमहरुमा पनि फोन गरेर घुमाउरो पारामा धम्की समेत दिनथाले । वीरगन्जमा संक्रमितहरुको संख्या थपिदै गयो । एकैपटक ३९ जनासम्म कोरोना संक्रमित भेटिएपछि वीरगन्ज कोरोनाको अति उच्च जोखिममा परेको छ । अर्थात वीरगन्ज कोरोनाको इपिसेण्टर नै बनेको छ । सबै सुरक्षाका सामग्रीहरु उपलब्ध नभएपनि केही आधारभूत सुरक्षात्मक उपायहरु अपनाएर रिपोर्टिङ गर्दै गर्दा हाम्रै दुईजना सञ्चारकर्मीहरुमा समेत कोरोना संक्रमणको पुष्टि भएपछि थप तनाव बढ्दै गयो ।

 

यसले सञ्चारकर्मीहरु समेत कोरोनाको उच्च जोखिममा रहेको पुष्टि गर्यो । धेरै भन्दा धेरै व्यक्तिसँग सम्पर्क रहने पत्रकारमा नै कोरोनाको संक्रमण देखिएपछि यसले समाजमा अझ बढी भयावह अवस्था आउन सक्ने संभावित जोखिमले गर्दा वातावरण नै त्रसित बनायो । पत्रकारलाई संक्रमण भएको पुष्टि हुनु एकदिन अघि बैशाख २८ गते वीरगन्जका पत्रकारलाई प्रहरीले पक्राउ र दुव्र्यवहार गरेपछि जिल्ला प्रहरी कार्यालय पर्सामा वीरगन्जका सबै पत्रकारहरु भेला भएका थिए । त्यसको भोली पल्ट घण्टाघरमा सामाजिक दूरी कायम गरी धर्ना बसे ।

 

         दोश्रोदिन जिल्ला प्र्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाउँदा समेत पत्रकारहरुको जमघट निकै थियो । संक्रमित पत्रकारहरुको सम्पर्कमा रहेका वीरगन्जका १०४ जना पत्रकारहरु सबैले कोरोना परीक्षणका लागि स्वाब संकलन गराए । स्वाब संकलनपछि नतिजा नआउञ्जेल सम्म सबैजना घर परिवारभन्दा अलग रहनुपर्दा निकै तनावमा थिए । चारदिनसम्म पत्रकारहरुमा भय र त्रासले मानसिक तनाव देखिएको थियो । तर, संक्रमित दुईजना पत्रकारका परिवार र परीक्षण गरेका सबै पत्रकारको परीक्षणमा संक्रमण देखिएन । परीक्षण नतिजामा संक्रमण नदेखिएपछि पत्रकारहरुमा खुशीयाली त छायो ।

 

         तर, समुदायस्तरमा फैलिसकेको संक्रमणले भने थप सुरक्षा चुनौती बढाएको छ । एकैपटक ३९ जनामा संक्रमण देखिएपछि पर्सामा अहिले निषेधाज्ञा जारी गरेर सेना परिचालन गरिएको छ । यसले मान्छेलाई घर बाहिर निस्कनबाट त रोकेको छ । तर, विस्तारै आधारभूत आवश्यकताका सामाग्रीहरुको अभाव हुन थालेपछि जनजीवन थप कष्टकर बन्दै गएको छ । सरकारले वितरण गरेको राहत पाउनुपर्नेले नपाएको गूनासो कायम नै रहेको अवस्थामा अब राहतको आवश्यकता हुने संख्या बढ्दै गएको छ । यसले हामी जस्ता श्रमजीवी पत्रकारहरुलाई पनि विस्तारै प्रभावित बनाउदै गएको छ । पेशालाई मर्यादित बनाउन समुदायमा जिम्मेवार र वस्तुनिष्ठ पत्रकारतिा गरिरहँदा कतिपय आप्mनो स्वार्थ सिद्ध गर्ने समूह र व्यक्तिहरुको निशानामा समेत पर्ने गरेको छ ।

                पत्रकारिता पेशा व्यावसायिक रुपमा सधैं प्रतिपक्षको भूमिकामा रहने हुँदा यसले सरकारलाई समेत चित्त नबुझेका समाचारहरु प्रकाशन र प्रसारण गर्दा प्रेस स्वतन्त्रतालाई संकुचित गर्ने प्रयासहरु गर्ने गरेका छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणले संसार प्रभावित भएको अवस्थामा मे ३ तारिकमा विश्व प्रेस स्वतन्त्रता दिवसमा यसबर्षको “नारा भय र पक्षधरतामुक्त पत्रकारिता” तय गरेको थियो । तर, कोभिड—१९ ले यो नारालाई चुनौती दिदै समाजमा भय त सृजना गरेको छ ।

 

         सञ्चार माध्यम र सञ्चारकर्मीहरुले समेत पक्षधरता रहित पत्रकारिता गर्न सकेनन् । यो सबैभन्दा विडम्वनापूर्ण स्थिति रह्यो । सम्बन्धित निकायले आप्mनो काम, कर्तव्य र अधिकार भित्रै रहेर काम गरेपनि व्यक्तिगत मतभेद र राजनीतिक विद्वेष स्पष्ट देखिने समाचारहरु सार्वजनिक भए । यसले कोरोना भाईरसलाई जित्न सक्ने बललाई एकत्रित  होईन  क्षीण बनाएको छ । यसले समाजमा विश्वास गरिने अक्षरको गिट्टी कुट्ने श्रमजीवी सञ्चारकर्मीहरुले प्रयोग गर्ने हतियार कमलको निभको तेजोबध भएको छ । यसमा स्थानीय प्रहरी प्रशासन, स्थानीय सरकार, निर्णायक तहमा नेतृत्व गर्ने नेतृत्वकर्ता, राजनीतिक दल र तिनका नेताहरुपनि जिम्मेवार छन् ।

 

           अहिले महामारीको अवस्थामा स्वास्थ्य सुरक्षाको सावधानी सहितको पत्रकारिता गर्नुपर्ने जोखिमसँगै समाजलाई पनि यस्तो महामारीबाट बचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने नैतिक जिम्मेवारी पनि हाम्रै हो । तर, पत्रकार भएर पहेलो ज्याकेट लगाएर, क्यामेरा लिएर हिड्दैमा भने त्यो जिम्मेवारी निर्वाह गरेको पक्कै हुदैन । मुख्य जिम्मेवारी भनेको यो संक्रमण फैलिन नदिन आपूmपनि सुरक्षित रहने र समाजलाई पनि सुरक्षित गर्ने गरि समाजप्रतिको जिम्मेवार पत्रकारिताको आवश्यकता छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.