logo

डब्लूएचओ प्रोटोकल अनुसार कोरोना संक्रमणको दोश्रो चरणमा नेपाल, कुन चरणमा के हुन्छ ?

इसीमाना डेस्क

      4/4/2020 गते 00 00 मा प्रकाशित     1524   पटक पढिएको


बीरगंज २२ चैत ।
नेपालमा कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको छ । आज पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा कोरोना सरेको पुष्टि भएसंगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । 

आज शनिवार एकै दिन थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार आज शनिवार थप ३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारत कै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषमा भाइरसको संक्रमण पुष्टि भएको हो । त्यस्तै  कैलालीमा एक ३४ वर्षीय महिलालाई पनि भाइरसको पुष्टि भएको छ । यी महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषका आफन्त हुन् । योसँगै पहिलो पटक एक ब्यक्तिबाट अर्को ब्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको छ ।  यस संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । 

कैलालीको घटनासंगै बाहिरबाट आएका मानिसमा देखिएको संक्रमण स्थानीय मानिसमा सरेको पुष्टि भएको छ  । विश्व स्वास्थ्य संगठनले यसलाई भाइरस संक्रमणको दोस्रो चरणको रुपमा परिभाषित गरेको छ ।  


यो संगै नेपाल अव कोरोना भाइरसको संक्रमणको दोश्रो चरणको प्रवेश गरेको छ  । यो लोकल ट्रान्समिशनसंगै नेपालको जोखिम निकै बढेर गएको छ । 

‘विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्रोटोकलअनुसार यसलाई कोरोना संक्रमणको दोस्रो चरण मानिन्छ,। यदि छरछिमेकलाई पनि संक्रमण भएको रहेछ भने त्यसलाई कम्युनिटी (समुदाय) ट्रान्समिसन भनिन्छ ।’ कम्युनिटी ट्रान्समिसन महामारी पूर्वको अवस्था हो ।

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको दरलाई ४ चरणमा छुट्याएको छ  ।  जसमा पहिलो चरण आयातीत संक्रमण हो जहाँ संक्रमण फैलिएका मुलुकमा भ्रमण गरेका मानिसबाट मुलुकमा भाइरस  भित्रिन्छ। आज भन्दा अगाडी नेपाल यहि चरणमा थियो, जहाँ विदेशबाट आएकामा मात्र भाइरसको संक्रमण देखिएको थियो । 

दोस्रो चरण भनेको स्थानीय रुपमा संक्रमण फैलिनु हो।  अर्थात् बाहिरबाट आएका मानिसमा देखिएको संक्रमण स्थानीय मानिसमा सर्न थाल्नु । नेपाल अब संक्रमणको दोस्रो चरणमा पुगेको छ।  

तेस्रो चरणमा संक्रमण सामुदायिक रुपमा फैलिन्छ । यो चरणमा संक्रमित वा विदेशबाट आएका मानिससँग नभेटेकाहरुमा पनि संक्रमण हुन थाल्छ ।  चौथो तथा अन्तिम चरण  महामारी हो । यो संक्रमणको सबैभन्दा खराब अवस्था हो यो  यसमा भाइरसको प्रकोप रोक्न निकै कठिन हुन्छ । यो चरण अधिकमात्रामा संक्रमितको संख्या स्थानीय रुपमा फैलिँदै जानु हो। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको  निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

एमाले सचिवालयको बैठक सम्पन्न यस्ता छन चार निर्णय

काठमाडौँ । पार्टी अध्यक्ष केपी ओली पक्राउ परेपछि आज बिहान बसेको  एमालेको सचिवालय बैठकले चार वटा निर्णय गरेको छ ।

खेलकुद

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.