logo

श्रमजीवी पत्रकार र आमसंचार माध्यमलाई पनि राहतको ब्यवस्था गर्न अध्यक्ष अर्यालको आग्रह

      4/1/2020 गते 00 00 मा प्रकाशित     1366   पटक पढिएको

बीरगंज १९ चैत । 
न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले  सरकारले घोषणा गरेको राहत प्याकेजमा श्रमजीवी पत्रकार र आमसंचार माध्यमलाई नसमेटिएको चिन्ता ब्यक्त गनुृ भएको छ ।

 

उहाँले अहिलेको खराव र जोखिमपूर्ण अवस्थामा आफ्नो ज्याननै जोखिममा राखेर आम नागरिकलाई सुसूचित गर्ने,यो जोखिम बाट निकास दिलाउनका लागि कार्यस्थलमा अहोरात्र खटिरहेका पत्रकारहरुकालागि पनि राहतको ब्यवस्था गर्न माँग गर्नु भएको छ ।


 फ्रन्टलाईनमा रहेर काम गर्नु पर्ने  श्रमजीवी पत्रकारहरुको स्वास्थ सुरक्षाकालागि पनि सरकारले आवश्यक ध्यान दिन रहेको अध्यक्ष अर्यालले बताउनु भएको छ  । उहाँले आम संचार प्रतिष्ठानलाई समेत कार्यस्थलमा खटिएका श्रमजीवी पत्रकारहरुको  स्वास्थ्य सुरक्षा लगाएतका विषयमा  गम्भीर बन्न र आबश्यक प्रबन्ध मिलाउन आग्रह गर्नु भएको छ । 

उहाँले कतिपय श्रमजीवी पत्रकारहरुले समयमै पारिश्रमिक नपाउदा आर्थिक समस्या झेल्नुपरेको गुनासो आएकोले सम्बन्धित आमसन्चार प्रतिष्ठानका ब्यबस्थापनलाई यो घडीमा मानवीय हिसाबले समेत यो समस्याको समाधान गर्न अर्यालले आग्रह गर्नु भएको छ  ।

उहाँले  आमसन्चार माध्यम र श्रमजीवी पत्रकार हरुका लागि विशेष आर्थिक राहत प्याकेजको घोषणा गर्न सरकारसङ्ग आग्रह गर्दै सरकारले आमसन्चार उधोगलाई सरकारको प्राथमिकतामा राखी सेवा उद्योगका रुपमा मान्यता दिई नविकरण र कर छुट को ब्यबस्था मिलाउन जरुरी रहेको बताउनु भएको छ ।

 

अहिले खासगरी मोफसल र श्रमजीवीहरुले संचालन गरेका स्वरोजगार मुलक र साना लगानी का मिडिया थप आर्थिक संकटमा छन ।

 

उनिहरुका लागी पनि राज्यका तर्फबाट ठोसआर्थिक राहतको घोषणा आवश्यक भएको अर्यालले बताउनुभये । संकटको यो घडीमा आमसन्चार र श्रमजीवी पत्रकार थप जिम्मेवार र संबेदनशिल बन्दै सत्य  ,तथ्य ,सकारात्मक र  आशा जगाउने समाचार सप्रेषित गर्न समेत अध्यक्ष अर्यालले आग्रह गर्नु भएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.