logo

पूर्वप्रधानमन्त्री देउवाको ‘अशोभनीय’ र ‘आपत्तिजनक’ अभिव्यक्ति

      11/24/2019 गते 00 00 मा प्रकाशित     1169   पटक पढिएको

राजेन्द्र अर्याल

प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडेर हिजो (शनिवार) एक गम्भीर अभिव्यक्ति सार्वजनिक गरे । यो अभिव्यक्ति कार्यकारी राष्ट्र प्रमुख तथा प्रधानमन्त्री ओलीविरुद्ध व्यक्तिगत लाञ्छनाका रुपमा मात्र होइन, बरु सिंगो राष्ट्रियतासँग जोडिएर सार्वजनिक भयो ।

देउवाले वर्तमान प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर नै दिल्लीले नेपाली भूभाग हडपेको नक्सा सार्वजनिक गरेको हो भनी बोलिदिए । उपनिर्वाचनको सन्दर्भमा आयोजित चुनावी सभामा नेपाली कांग्रेसलाई भोट माग्दै गर्दा उनले यो असान्दर्भिक र आपत्तिजनक अभिव्यक्ति किन दिए सबैका लागि यो निकै सोचनीय विषय बनेको छ ।

छिमेकी देश भारतले कालापानी क्षेत्रलाई आफ्नो भूभागमा राखेर नयाँ नक्सा सार्वजनिक भएलगत्तै नेपालमा त्यसको देशव्यापी विरोध शुरु भयो । प्रधानमन्त्री ओलीले बिना ढिलाइ सबै राजनीतिक दल तथा पक्षहरुलाई बोलाएर सर्वपक्षीय राष्ट्रिय भेला आयोजना गरे । भेलाले एकमतका साथ प्रधानमन्त्री ओलीलाई राष्ट्रिय एकताको प्रतिबद्धतासहित कुटनीतिक पहलमार्फत यो समस्याको समाधान गर्न जनादेश दिए ।

राष्ट्रियताको पक्षमा खरोरुपमा उत्रने प्रधानमन्त्री ओलीले नेपालको एक इञ्च जमिन पनि मिच्न नदिइने बताए । प्रधानमन्त्री ओलीले स्पष्ट शब्दमा नेपालले कसैको एक इञ्च भूमि पनि नलिने र आफ्नो एक इञ्च भूमि पनि अरुलाई नदिने भनी सरकारको आधिकारिक धारणा सार्वजनिक गरे । योसँगै प्रधानमन्त्री ओलीले नेपाली भूमिमा रहेका विदेशी फौज तुरन्त हटाउन आग्रहसमेत गरे । त्यो ठाउँमा नेपाली फौज राखिने पनि उनले बताए ।

ठीक यही समयमा नेपाल सरकारले पराष्ट्रमन्त्रीस्तरीय कुटनीतिक वार्ताका लागि दिल्लीलाई पत्र पठाउँदै गर्दा नेपाली कांग्रेसका सभापति देउवाले पोखरामा आयोजित चुनावी सभामा अमर्यादित अभिव्यक्ति दिएपछि उनी अहिले आलोचनाको घेराउमा परेका छन् ।

एकातिर समस्या समाधानका लागि कुटनीतिक पहल थालनी हुनु र अर्कोतिर पूर्व प्रधानमन्त्री तथा प्रतिपक्षी दलका नेता देउवाले यस्तो अभिव्यक्ति दिनु आफैँमा विसंगतिपूर्ण देखिन आएको छ ।

यसले प्रश्न उब्जाएको छ– किन गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिए त देउवाले ? यो अभिव्यक्तिलाई लिएर जनसाधरणमा चर्चा चल्न थालेको छ– कसले यस्तो कुरा बोल्न लगायो देउवालाई ? धेरैको धारणा त यसो पनि रहेको छ कि देउवाको यो अभिव्यक्ति राष्ट्र र राष्ट्रियता विरोधी छ ।

पछिल्लो केही समयदेखि देउवा धेरै विवादास्पद कुराहरु बोल्दै र आलोचित हुँदै आइरहेका छन् । रौतहट राजपुर फरहदवामा भएको बम विष्फोटपछि प्रमाण नष्ट गर्नका लागि जिउँदै मान्छेलाई इट्टाभट्टामा हालेर सामुहिक हत्या गर्ने कांग्रेसी नेता तथा सांसद मोहमद अफताव आलम गिरफ्तार भएलगत्तै उनको बचाउका लागि देउवाले निकै विवादास्पद अभिव्यक्ति दिएका थिए ।

चौतर्फी आलोचना भएपछि देउवाले आफ्नो कमजोरी स्वीकार गर्दै थप विज्ञप्ति पनि जारी गरेका थिए । यो आलोचनाको विषय भर्खरै सेलाएका बेला देउवाले अघि बढ्दै गरेको सीमा विवाद समाधानसम्बन्धी कुटनीतिक पहललाई प्रभाव पार्ने गरी गैरजिम्मेवार ढंगले अभिव्यक्ति दिएपछि उनी फेरि विवाद र आलोचनाको भूमरीमा फसेका छन् । यो अभिव्यक्तिको पनि उनले खण्डन गर्नु पर्ने देखिन्छ । या त यसलाई सत्यतामा परिणत गर्न विश्वासिलो तर्क पेश गर्नुपर्ने छ ।

पूर्वप्रधानमन्त्री तथा विपक्षी दलको हैसियतले सीमा विवाद समाधानसम्बन्धी कुटनीतिक मर्यादा र राष्ट्रको नागरिक हुनुको नाताले नेपाली राष्ट्रियता र राष्ट्रिय अखण्डताप्रतिको देउवाको सोच ठीक नरहेको अभिव्यक्ति राजनीतिक विश्लेषकहरुले दिइरहेका छन् । यो अभिव्यक्ति व्यक्तिगत रुपमा देउवाका लागि मात्र होइन, सिंगो नेपाल र नेपालीका लागि पनि शोभनीय होइन ।

देउवा जस्तो देशको अभिभावकले सस्तो लोकप्रियता र चुनावी मतका लागि यसरी बोल्नु हुने थिएन । यसको अलावा प्रधानमन्त्रीसँग पटक–पटक कुराकानी, सरसल्लाह र सुझाव दिने गरेको भए सीमा समस्या समाधानले मूर्तता पाउने थियो । त्यो नै नेपाल र नेपालीको हितमा हुने थियो ।

अरुमाथि दोष थोपर्न खोजिरहँदा देउवामाथि पनि केही गम्भीर राजकीय दोषहरु त अवश्य पनि आउँछन् । उनी पनि लामो समयदेखि र पटक–पटक नेपाली सार्वभौमसत्ताको हर्ताकर्ता हुने मौका पाएका छन् । अहिले पनि कम जिम्मेवारीमा छैनन्, उनी ।

आज भारतीय नक्सामा देखाइएका नेपाली भूमिहरु लामो समयदेखि अतिक्रमित हुँदै आएका हुन् । तीबारे देउवाले आफ्नो कार्यकालमा ‘चुँ’सम्म पनि बोलेका थिएनन् र छैनन् । उनका पालामा सीमानामा अतिक्रमित भूभागबारे कुनै कुटनीतिक छलफल भएको पनि देखिदैन । शायद यी कुरामा उनको कुनै पनि हेक्का रहेन र पहल पनि गरिएन । देउवाले आफूसँग जोडिएको यो कुरालाई बिर्से पनि जनताले भने कहिल्यै बिर्सेका छैनन् ।

देउवामाथि आरोप छ कि उनी प्रधानमन्त्री भएका बेला आफ्नो पद टिकाइरहन ‘लम्पसार’ परेका थिए । नेपालमा नाकाबन्दी आइलाग्दा ‘चुँ’ सम्म बोलेका थिएनन् । कालापानी मिचिएको कुरा तात्कालीन नेकपा एमालेका नेता प्रेमसिंह धामीले संसदमा उठाएर यसको समाधानका लागि आग्रह गरिरहँदा उही भूगोलमा सालनाल गाडेका देउवालाई कालापानीको पीडाले कतैपनि छोएको थिएन ।

नेपाली भूभाग भारतीय नक्सामा राखी सार्वजनिक गरेको विषयलाई लिएर आयोजना गरिएको सर्वदलीय-सर्वपक्षीय भेलामा नेपाली कांग्रेस राष्ट्रिय एकतामा एकसाथ देखियो, चिन्ता जाहेर गर्यो र सामूहिक प्रतिबद्धता व्यक्त गर्यो । यो सह्रानीय कुरा हो ।

तर त्यही सामूहिक जनादेश र प्रतिवद्धतालाई कार्यान्वयन गर्न कुटनीतिक पहलका साथै नेपाल–भारतबीच द्विपक्षीय वार्ताको समेत जरुरी हुन आउँछ । यसमा नेपालीहरुबीच एकता र सरकारी कुटनीतिक पहलमा ऐक्यबद्धताको खाँचो छ । यसका लागि अडान, निरन्तर पहल, आत्मसंयम र दृढ निश्चयी बन्नु जरुरी छ । भावना, उत्तेजना र बहकाउले यसमा काम गर्ने देखिदैन ।

अन्त्यमा, राष्ट्रियता र राष्ट्रिय एकतासँग जोडिएको सीमा विवाद समाधानका लागि सबै दल र सबै पक्ष र नेपाली जनताको एकता जरुरी छ । तर यसको मर्मविपरीत पूर्व प्रधानमन्त्री तथा हाल प्रतिपक्ष दलका नेता देउवाले दिएको असुहाउँदो र स्तरहीन अभिव्यक्तिले नेपाली बीचको एकतामा ठेस पुर्याएको छ । यसले पुर्याउने क्षति नेपाल र नेपालीहरुका लागि अपूरणीय हुन सक्छ ।

हामीले नसोचेर बोल्दा र काम गर्दा नेपालीको चाहना, हकहित र राष्ट्रिय संवेदनशीलतामाथि घात पुग्न जाने कुरालाई सदैव केन्द्रमा राख्नु जरुरी छ ।दनेपालटप.कम बाट

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.