logo

निजगढनगरपालिकाका मेयरलाई खुल्ला पत्र

      7/21/2018 गते 00 00 मा प्रकाशित     1845   पटक पढिएको

श्रीमान नगर प्रमख ज्यू
निजगढ नगरपालिका
श्री निजगढ नगरपालीकाका नगर प्रमुख ज्यु । तपाईलाई दाई भनेर सम्बोधन गरे किनकी तपाई मेरो सधैंको प्रिय दाई नै हो, अन्यथा नलिनु होला ।

 

दाई तपाईको मनसाय सही छ होला तर यसको लागि उचित समय अहिले थिएन । सिमरामा उक्त कार्यालय खोल्नुले माथिल्लो भेगका सबै स्थानिय जनताहरुले सुविधा पाउँथे । यो निर्णय पहिले कै सरकारले गरेको यहाँलाई जगजाहेर नै छ ।

 

त्यतिखेरको अवस्थामा कलैयामा गरेको संघियता विरोधी आन्दोलनले यसलाई सिमरामा लागु हुन दिएन । अहिले आएर पुनः सोही निर्णय कार्यान्वयनको चरणमा पुग्दा कलैयाबाट विरोध हुनु र षडयन्त्र गर्नु फेरी पनि सारा नेपाली र यस भेगका जनताको दुर्भाग्य हो ।

 

तपाई छातिमा हात राखेर भन्नुस् के यो अहिले नै सम्भव छ त रु अहिले तपाई लगायत दक्षिणी भेगका साथीहरुले मागेका माग देशैभरी भयो भने राज्यले दिन सक्छ रु किनकी सबैको चाहना हुन्छ स्थानिय तहमै यी यावत कुराहरुको सुविधा पाइयोस ।

 

तपाई आफैं भन्नुस् तपाईकै नगरपालिकाको भित्रको सबै वडा कार्यालयहरुको भवन छैन । तिन तिन वटा वडाको एउटै संयुक्त कार्यालय छ र एउटै सचिवले ३ वटा ४ वटा वडाको काम गर्नु परेको छ, राज्यले प्रत्येक वडामा त सचिव दिन सकेको छैन अनि अहिले नै हामीले उक्त कार्यालयहरु स्थानिय तहमै दे भन्दैमा राज्यले दिन सक्छ त रु विचारणीय प्रश्न छ । कमसे कम नजिकको ठाउँमा आउन लागेको सुविधालाई पहिला लिऔं न अनि विस्तारै अन्य सुविधाहरु खोज्दै गरौंला ।

 

सिमरामा सेवा कार्यालयहरु विस्तारको कुरालाई कलैयाको आखाँले हेर्दा कार्यालय नै सारेको भनेर भ्रम फैलाई रहेका छन् त्यस क्षेत्रका जनताको बिच अनि सबै स्थानिय तहमा चाहियो भनेर सिमरामा दिन लागेको सुविधालाई विवादमा पारेर रोक्ने काम हुन लागेको कुरा तपाई जत्तिको ब्यक्तिले बुझ्न सक्नु पर्छ दाई ।

 

यसका लागि केही जिम्मेवार ब्यक्तिको फेसबुक स्टाटस हेर्नुभो भने घाम झें छर्लङ्ग हुन्छ । प्रिय दाई पहिला तपाईलाई चुनावमा जिताउनलाई कमाण्डरको भुमिका निर्वाह गरेका ब्यक्तिहरुले यसको विरोध गरेका छन् ।

 

यसको अर्थ के हुन्छ भने तपाई योग्य हुनुहुन्थ्यो र त्यस समयमा तपाईलाई उहाँहरुले मरीमेटेर सहयोग गरे अहिले तपाईको कदम उचित भएन अनि विरोध गरे यसलाई लोकतान्त्रिक अभ्यास भनेर बुझ्नुस् ।

 

दाई अहिले संघिय सरकार नेकपाको छ अनि प्रादेशिक सरकार फोरम र राजपाको छ । तपाईलाई अहिले नै यो काम निजगढलाई जरुरी लाग्थ्यो भने नेकपाका र फोरमका निजगढका साथीहरुलाई समेत छलफलगरी टिममा नेतृत्व गरेर अगाडी बढ्नु भएको भए साँच्चीक्कै जनताले पत्याउँथे ।

 

त्यतिमात्र होइन तपाईकै पार्टीको नगर समितिमा यस कुराको छलफल गरेर अगाडी बढ्नु भएको भए सायद यति विवादीत बन्नु पर्थेन होला । समग्रको सारमा भन्नुपर्दा तपाई कसैको गोटी बन्नु भयो ।

 

तपाईले राजनीति भित्रको रणनीति बुझ्न सक्नु भएन जसका कारण तपाई सबैको अप्रिय बन्ने खतरा मैले देखेको छु । दिनेश शर्मा हुमागाईको फेसबुक पेजबाट

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.