logo

यस्तो छ पर्सागढीको इतिहास 

      1/13/2018 गते 00 00 मा प्रकाशित     3232   पटक पढिएको


पर्सा बासीको लागि “पर्सा गढी” नयाँ र अपरिचित नाम होइन्, प्रसिद्ध विद्धान महेश राज पन्त द्धारा लिखित “नेपाल–अंग्रेज युद्धको दोस्रो चरण” पूर्णिमा वर्ष २ अंक २ (वि.सं. २०२२) पृष्ट ७१ अनुसार १८७१ पुष १९ गते नेपाल सरकार र भारतका तत्कालिन शासक ब्रिटिश सरकार बिच यसै ऐतिहासिक युद्ध स्थलमा नेपालको बिजयका साथ लडाई सम्पन्न भएको व्यहोरा

वि.सं.१८७१ साल चैत्र बदी ८ रोज १ मा श्री मन्महा राजा धिराज श्री श्री श्री महाराज ग्रीवाणयुद्ध बिक्रम शाह द्धारा प्राण साह, भिमसेन थापा, उदय गिरी, समशेर साह, रण ध्वज थापा र दल भन्जन पांडे मार्फत पर्सा गढीमा लडाई पर्दा रंजित चौधरीले गरेको उल्लेखित योगदानका लागि उपलब्ध गराइएको लाल मोहरले निर्विवाद रुपले प्रमाणित गरेको छ ।
 
रंजीत चौधररीको नेतृत्वमा रहेको नेपाली फौजले भारतीय ब्रिटिश सेनालाई पराजीत गरेको थियो । दुबैतीन नदि रहेको पर्सागढीमा नेपाली फौजले रातको समयमा गाई भैसी गोरुका सिगंमा मसाल बाँधेर बालेर हुलका हुल बस्तुभाउ छाडेपछि जताततैआगोको लप्का मात्र देखेर दुश्मन सेना आत्तिएको थिया ।

सिंगमै आगो बलपनि बस्तुभाउ समेत यत्रतत्र उफ्रिनु पनि स्वभाविक हो । यही बेला आफनो रक्षाकालागि तितर बितर भएको दुश्मन सेनामाथि नेपाली फौजले आक्रमण गरेर पर्सागढीमा जीत हासील गरेको भनिन्नछ ।

नेपाल र भारतीय अग्रेज संंगको युद्धमा समथर भूभागमा भएको युद्धमा नेपालले जीत आसीले गरेको गढी मध्य पर्सागढी महत्वपूर्ण गढी हो । तर आजको बदलिदो राजनैतिक परिवेशमा अन्तरदेशीय द्धन्दका कथित योद्धाहरुले राज्यबाट पाउने गरेका सहयोग र सम्मान को तुलनामा राष्ट्र र राष्ट्रियताको लागि अन्तराष्ट्रिय युद्धको विजय अभियानमा सफल योगदान दिने योद्धाहरुको वीरगाथालाई इतिहासको पन्नामा सिमित राख्दै यस ऐतिहासिक धार्मिक एवं पुरातात्विक स्थललाई समेत बेवास्ता गरिएको हामी सबैले महसुस गरेका छौ ।

पर्सा गढीको भौगोलिक, ऐतिहासिक र सामाजिक पृष्टभूमि केलाउँदा जिल्ला पर्साको साविक गा.वि.स. बागेश्वरी तित्रौना वार्ड नं. ६ मा पर्ने राज्यले दिएको प्रचलित नाम पर्सा गढीको स्थलगत निरिक्षण गर्दा पूर्वमा सिंगीयाही खोला पश्चिममा तिलावे खोला उत्तर र दक्षिणका बलौटे जग्गाहरुको भौगोलिक बनावटले पुरातात्विक युद्धभुमिको पहिचानलाई स्वतः प्रमाणित गर्दछ ।

त्यसै गरी ऐतिहासिक र सामाजिक पृष्टभुमिको विश्लेषण क्रममा “पर्सा गढी”लाई आधार मानी यस जिल्लाको नामाकरण “पर्सा” गरिएको सामाजिक मान्यता छ ।

तर नामाकरण सम्बन्धमा प्रमाणित दस्तावेज हाल सम्म उपलब्ध हुन नसकेकोले इतिहासकार, सञ्चारकर्मी, बुद्धिजिवी एवं सर्वसाधारणमा बहसको बिषय हुन सक्ने भएको हुँदा कुनै पनि स्थान वा संस्थानको भौगोलिक, सांस्कृतिक र ऐतिहासिक पृष्टभूमि एवं पहिचानलाई झल्कने गरी नामाकरण गर्ने पौराणिक परम्परा रहि आएको र सोही परम्परा अनुसार मकवानपुर गढीलाई आधार मानी जिल्ला मकवानपुर, सिन्धुली गढीलाई आधार मानी जिल्ला सिन्धुलि र वीर शमशेरको नामलाई आधार मानी जिल्ला पर्साको सदरमुकाम बीरगंजको नामाकरण गरिएको प्रत्यक्ष प्रमाणले कुनै किसिमको शाब्दिक परिवर्तन नगरी “पर्सा गढी” लाई आधार मानी यस जिल्लाको नाम पर्सा नामाकरण गरिएको हो भन्ने दावी कमजोर भने छैन । 

बडा दशैको नवमी तिथिमा साबिक देखि पर्सा गढी क्षेत्रको साबिक जामीन्दार घराना चैनपुरको यादव परिवारद्धारा पहिला बलि, मालपोत कार्यालय र हाल जिल्ला प्रशासन कार्यालय, पर्साबाट बोकाको बली दिने परम्परा आज पनि कायमै रही नवमी का दिन परापूर्व देखि धुम-धामका साथ मेला लाग्दै आएकोले इतिहास साक्षी रहेको यस पुरातात्विक पवित्र भूमिमा स्थापित चौधरी परिवारको कुल देवता एवं  सबैको लागि पुजनीय बन्हरबाबा, सती दाई, राज देवी, महिषासुर र घटस्थापना का दिन देखि माता दुर्गाको आहवान स्थल जई घर को प्रमाणिकताका प्रयाप्त ऐतिहासिक एवं सामाजिक विश्वसनीय आधारहरुले पुष्टी गर्दछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.