logo

यस्तो छ पर्सागढीको इतिहास 

      1/13/2018 गते 00 00 मा प्रकाशित     3313   पटक पढिएको


पर्सा बासीको लागि “पर्सा गढी” नयाँ र अपरिचित नाम होइन्, प्रसिद्ध विद्धान महेश राज पन्त द्धारा लिखित “नेपाल–अंग्रेज युद्धको दोस्रो चरण” पूर्णिमा वर्ष २ अंक २ (वि.सं. २०२२) पृष्ट ७१ अनुसार १८७१ पुष १९ गते नेपाल सरकार र भारतका तत्कालिन शासक ब्रिटिश सरकार बिच यसै ऐतिहासिक युद्ध स्थलमा नेपालको बिजयका साथ लडाई सम्पन्न भएको व्यहोरा

वि.सं.१८७१ साल चैत्र बदी ८ रोज १ मा श्री मन्महा राजा धिराज श्री श्री श्री महाराज ग्रीवाणयुद्ध बिक्रम शाह द्धारा प्राण साह, भिमसेन थापा, उदय गिरी, समशेर साह, रण ध्वज थापा र दल भन्जन पांडे मार्फत पर्सा गढीमा लडाई पर्दा रंजित चौधरीले गरेको उल्लेखित योगदानका लागि उपलब्ध गराइएको लाल मोहरले निर्विवाद रुपले प्रमाणित गरेको छ ।
 
रंजीत चौधररीको नेतृत्वमा रहेको नेपाली फौजले भारतीय ब्रिटिश सेनालाई पराजीत गरेको थियो । दुबैतीन नदि रहेको पर्सागढीमा नेपाली फौजले रातको समयमा गाई भैसी गोरुका सिगंमा मसाल बाँधेर बालेर हुलका हुल बस्तुभाउ छाडेपछि जताततैआगोको लप्का मात्र देखेर दुश्मन सेना आत्तिएको थिया ।

सिंगमै आगो बलपनि बस्तुभाउ समेत यत्रतत्र उफ्रिनु पनि स्वभाविक हो । यही बेला आफनो रक्षाकालागि तितर बितर भएको दुश्मन सेनामाथि नेपाली फौजले आक्रमण गरेर पर्सागढीमा जीत हासील गरेको भनिन्नछ ।

नेपाल र भारतीय अग्रेज संंगको युद्धमा समथर भूभागमा भएको युद्धमा नेपालले जीत आसीले गरेको गढी मध्य पर्सागढी महत्वपूर्ण गढी हो । तर आजको बदलिदो राजनैतिक परिवेशमा अन्तरदेशीय द्धन्दका कथित योद्धाहरुले राज्यबाट पाउने गरेका सहयोग र सम्मान को तुलनामा राष्ट्र र राष्ट्रियताको लागि अन्तराष्ट्रिय युद्धको विजय अभियानमा सफल योगदान दिने योद्धाहरुको वीरगाथालाई इतिहासको पन्नामा सिमित राख्दै यस ऐतिहासिक धार्मिक एवं पुरातात्विक स्थललाई समेत बेवास्ता गरिएको हामी सबैले महसुस गरेका छौ ।

पर्सा गढीको भौगोलिक, ऐतिहासिक र सामाजिक पृष्टभूमि केलाउँदा जिल्ला पर्साको साविक गा.वि.स. बागेश्वरी तित्रौना वार्ड नं. ६ मा पर्ने राज्यले दिएको प्रचलित नाम पर्सा गढीको स्थलगत निरिक्षण गर्दा पूर्वमा सिंगीयाही खोला पश्चिममा तिलावे खोला उत्तर र दक्षिणका बलौटे जग्गाहरुको भौगोलिक बनावटले पुरातात्विक युद्धभुमिको पहिचानलाई स्वतः प्रमाणित गर्दछ ।

त्यसै गरी ऐतिहासिक र सामाजिक पृष्टभुमिको विश्लेषण क्रममा “पर्सा गढी”लाई आधार मानी यस जिल्लाको नामाकरण “पर्सा” गरिएको सामाजिक मान्यता छ ।

तर नामाकरण सम्बन्धमा प्रमाणित दस्तावेज हाल सम्म उपलब्ध हुन नसकेकोले इतिहासकार, सञ्चारकर्मी, बुद्धिजिवी एवं सर्वसाधारणमा बहसको बिषय हुन सक्ने भएको हुँदा कुनै पनि स्थान वा संस्थानको भौगोलिक, सांस्कृतिक र ऐतिहासिक पृष्टभूमि एवं पहिचानलाई झल्कने गरी नामाकरण गर्ने पौराणिक परम्परा रहि आएको र सोही परम्परा अनुसार मकवानपुर गढीलाई आधार मानी जिल्ला मकवानपुर, सिन्धुली गढीलाई आधार मानी जिल्ला सिन्धुलि र वीर शमशेरको नामलाई आधार मानी जिल्ला पर्साको सदरमुकाम बीरगंजको नामाकरण गरिएको प्रत्यक्ष प्रमाणले कुनै किसिमको शाब्दिक परिवर्तन नगरी “पर्सा गढी” लाई आधार मानी यस जिल्लाको नाम पर्सा नामाकरण गरिएको हो भन्ने दावी कमजोर भने छैन । 

बडा दशैको नवमी तिथिमा साबिक देखि पर्सा गढी क्षेत्रको साबिक जामीन्दार घराना चैनपुरको यादव परिवारद्धारा पहिला बलि, मालपोत कार्यालय र हाल जिल्ला प्रशासन कार्यालय, पर्साबाट बोकाको बली दिने परम्परा आज पनि कायमै रही नवमी का दिन परापूर्व देखि धुम-धामका साथ मेला लाग्दै आएकोले इतिहास साक्षी रहेको यस पुरातात्विक पवित्र भूमिमा स्थापित चौधरी परिवारको कुल देवता एवं  सबैको लागि पुजनीय बन्हरबाबा, सती दाई, राज देवी, महिषासुर र घटस्थापना का दिन देखि माता दुर्गाको आहवान स्थल जई घर को प्रमाणिकताका प्रयाप्त ऐतिहासिक एवं सामाजिक विश्वसनीय आधारहरुले पुष्टी गर्दछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.