logo

‘लाइफ लाइन’ कब्जा गर्न चुनावी ‘भिडन्त’

प्रदेश दुईको एक मात्र महानगर कब्जा गर्ने दाउ

      8/30/2017 गते 00 00 मा प्रकाशित     2085   पटक पढिएको

भाद्र १४, २०७४ / मुलुकको ‘लाइफ लाइन’ को रुपमा रहेको प्रदेश २ को एक मात्र महानगरपालिका वीरगन्जमा बाजी मार्न दलले सम्पूर्ण साधन, शक्ति र स्रोत प्रयोग गर्ने रणनीति अघि सारेका छन् । आक्रामक प्रचार प्रसारका लागि उम्मेदवारले चुनावी भिडियो निर्माण गर्न लगाएका छन्, केहीले भारतबाट ‘आईटी’ विशेषज्ञ नै झिकाएका छन् । दलबीच चुनावी ‘भिडन्त’ सुरु भइइसकेको छ ।

गत साता राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि भाग लिने निर्णय गरेपछि मधेसमा निर्वाचनको रौनक छाएको छ । ६ महिना लामो मधेस बन्द, साढे चार महिनाको नाकाबन्दी र भर्खरै आएको बाढी र डुबानको चपेटामा परेका यस भेगका जनतालाई आफ्नो पक्षमा पार्न ठूला दलका शीर्ष नेता नै मधेस झरेका छन् । बाढी र डुबानको पीडा खेप्नु परेपनि मतदाता स्थानीय सरकार गठनमा उत्सुक देखिएका छन् ।

स्थानीय तहमा सोमबार निर्वाचन अधिकृतको कार्यालय खोलिदा स्थानीय राजनीतिक दल र जनताको व्यापक सहभागिता देखिएको थियो । प्रदेशका ८ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १ सय ३६ स्थानीय तह कायम छन् ।

राज्य पुन:संरचनापछि पहिलोपटक हुन लागेको स्थानीय तह निर्वाचनमा मत खसाल्न मतदाता आतुर छन् । पछिल्लो तीन दिनदेखि एमालेका शीर्ष नेताहरु वीरगन्जमै चुनावी छलफल, प्रशिक्षण र घरदैलो अभियानमा सामेल भएका छन् । शनिबार राजपा अध्यक्ष महन्थ ठाकुर पर्साको ग्रामीण भेगमा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए । संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि केही दिनभित्रै वीरगन्ज आउने भएका छन् ।

पछिल्लो मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीको ‘केन्द्रविन्दु’ वीरगन्ज बनेको थियो । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पनि सबैको केन्द्रविन्दु पनि यहीं नगर बनेको छ । मधेसकेन्द्रित दलदेखि लिएर ठूला दलले २ नम्बर प्रदेशको एकमात्र महानगर वीरगन्जलाई कब्जा गर्ने रणनीति बनाइरहेका छन । त्यही अनुसार प्रचार र रणनीति बनाउन व्यस्त छन् । बजारमा चर्चित अनुहार र पैसावालालाई टिकट दिने देखि लिएर पार्टीका प्रभावशाली नेतालाई यहांको मेयर उम्मेदवार घोषणा गर्ने तयारीमा दल रहेका छन् ।

  1. यस्ता छन् मेयरका उम्मेदवार

    सत्तारुढ दल कांग्रेस स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरणमा दोस्रो स्थानमा आएपछि प्रदेश नम्बर दुईमा अत्यधिक सिट जितेर पहिलो हुने रणनीतिमा छ । वीरगन्ज महानगरको मेयरका लागि प्रभावशाली उम्मेदवार मानिएका जिल्ला सभापति तथा पूर्व सभासद अजय द्धिवेदीलाई टिकट दिने करिब पक्का भएको छ । ०४९ सालमा उपमेयर भएका द्धिवेदी पहिलो संविधान सभाको निर्वाचनमा पर्साको क्षेत्र नम्बर २ बाट निर्वाचत भएका थिए ।

    दोस्रो संविधान सभाको निर्वाचनमा त्यही क्षेत्रमा एमालेसँग पराजित भएका द्धिवेदी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका हुन् । सम्भावना भएका, मृदुभाषी, प्रष्टवक्ता र सैद्धान्तिक ज्ञान भएको मानिएपनि द्धिवेदीका वरिपरि भिजन नभएका कार्यकर्ताको गुट हावी भएको कांग्रेसजनको आरोप छ । अन्य राजनीतक दलले द्धिवेदीलाईनै प्रमुख प्रतिद्धन्द्धीको रुपमा लिएका छन् । आधिकारिक रुपमा घोषणा नभइसकेकाले द्धिवेदीले प्रसार प्रसारलाई तीव्रता दिएका छैनन् । प्रमुख प्रतिपक्षी एमालेले नवप्रवेशी बशरुद्दिन अन्सारीलाई मेयरमा लडाउने घोषणा नै गरिसकेको छ ।

    यहाँस्थित नेशनल मेडिकल कलेजका प्रबन्द निर्देशक समेत रहेका अन्सारी एमालेबाट मेयरको टिकट पाउने आश्वासनमा गत जेठ अन्तिम साता एमाले प्रवेश गरेका थिए । दोस्रो संविधान सभा निर्वाचनमा एमाओवादीबाट चुनाव लडेका अन्सारी राजनीतिक गतिविधीमा संलग्न रहेपनि उनको पृष्ठभूमि भने राजनैतिक हैन् । मिजासिला स्वभावका अन्सारी लो–प्रोफाइलमा बस्न रुचाउने जानकार बताउँछन् । मधेस आन्दोलनका क्रममा एमालेलाई लक्षित गरी मधेसकेन्द्रीत दलले छरेको भ्रम चिर्दै अन्सारी नेता र कार्यकर्ता लिएर आक्रामक प्रसार पसार थालेका छन् । कार्यवाहक अध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता माधव नेपाल, शंकर पोखरेल लगायतका नेता अन्सारीको घरदैलो अभियानमा सहभागि भएका छन् ।

    संघीय समाजवादी फोरम नेपालले व्यापारी विजय सरावगीलाई मेयरको चुनावी रणभूमिमा उतारेको छ । वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरावगी ट्रेडिङ र वित्तीय संस्थाका सञ्चालक हुन् । ५ महिना अगाडि पार्टी अध्यक्ष उपेन्द्र यादवको हातबाट टिका र माला लगाएर फोरम प्रवेश गरेका सरावगी उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य समेत भइसकेका छन् । मधेस आन्दोलनमा सहभागी नभएपनि जिल्ला अध्यक्ष प्रदीप यादव र कार्यकर्ताको बलियो साथ पाएका सरावगी मधेसको माग र अधिकारका लागि संघर्षरत पार्टीको ‘लिगेसी’ र व्यापारिक छवि देखाएर आफ्नो पक्षमा माहौल बनाउने रणनीतिमा रहेका छन् ।

    गत वैशाखमा ६ दल मिलेर गठन भएको राजपा चुनावमा भाग लिने निर्णय गरेसँगै आन्तरिक द्धन्द्ध सडकमा प्रदर्शन हुन थालेको छ । तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीका विमल श्रीवास्तव र राष्ट्रिय मधेस समाजवादी पार्टीका राजेशमान सिंहले वीरगन्जको मेयरका लागि दाबी गरेपछि पार्टीलाई विवाद समाधान गर्न हम्मे परेको छ । उम्मेदवार छनौटका लागि केन्द्रले खटाएका पर्यवक्षेक विजय गुप्ताकै अगाडि गत शुक्रबार दुई पक्षले टिकटको दाबी गर्दै शक्ति प्रदर्शन गरेपछि कार्यक्रम विथोलिएको थियो । शाहीकालको स्थानीय निकायको चुनावसँगै ४ पटक वीरगन्जको मेयर भइसकेका श्रीवास्तव राजनीतिमा आधारभूत तहबाट आएका राजनीतिका पुराना खेलाडी मानिन्छन् ।

    राजपाबाटै मेयरका अर्का आकांक्षी राजेशमान सिंह पछिल्लो मधेस आन्दोलनमा सक्रिय सहभागि रहेका थिए । ०५४ को स्थानीय निकायको चुनावमा वीरगन्जको ३ नम्बर वडा सदस्यमा जीतेका सिंह ०५७ मा नगरपारिषदको अध्यक्षमा स्वतन्त्र समूहबाट बिजयी भएका थिए । ०५७ देखि संविधान सभाको पहिलो निर्वाचनसम्म श्रीवास्तवको सहयोगीको रुपमा रहेका सिंह दोस्रो संविधान सभामा प्रतिद्धन्द्धी भएर देखापरे । सिंह र श्रीवास्तबीच मत बाँडिदा कांग्रेसका राजेन्द्र अमात्यले जीतेका थिए । सिंह र श्रीवास्तव मिलेर एकजना चुनाव लडेमा जोसुकैका लागि बलियो प्रतिस्पर्धी हुने राजनीतिक विश्लेषकको बुझाई छ । युवा माझ लोकिप्रिया रहेका सिंह ‘एक्शन ओरियन्टेड’ नेताको रुपमा चर्चित छन् । अर्को सत्तारुढ दल माओवादी केन्द्रले आर्थिक तथा व्यापारिक नगरीको मेयरमा युवा उम्मेदवार रहबर अन्सारीलाई अगाडि सारेको छ ।

    विदेशमा अध्ययन गरेका ३१ वर्षीय अन्सारी वीरगन्जको गण्डक अस्पतालका निर्देशक हुन् । हंगेरीको बुडापेष्टमा रहेको सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा स्नाकोत्तर गरेका अन्सारी माओवादीका जिल्ला सदस्य र माओवादी निकट मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय सदस्य पनि हुन् । निर्वाचन प्रचारका लागि उनले युट्युबमा अपलोड गरेको भिडियोले बढी चर्चा बटुलेका छन् । फोरम लोकतान्त्रिक र राप्रपा नेपालले अझसम्म मेयरको उम्मेदवार कसलाई बनाउने भनेर तय गरिसेकका छैनन् । राजपाका बागीलाई टिकट दिने रणनीतिमा दुबै पार्टी रहेको जानकार बताउँछन् ।
     
  2. यस्तो छ महानगर

    निर्वाचन कार्यालयका अनुसार ३२ वडा रहेको महानगरमा एक लाख ८ हजार पाँच सय एक मतदाता रहेका छन् । १६ गाउँका वासिन्दा बिना पूर्वाधार एकैपटक महानगरवासी बन्न पाउँदा सेवा सुविधा थपिने आशा लिएका छन् । २०७१ मंसिर १६ मा सरकारले उपमहानगर विस्तार गर्ने  क्रममा ११ गाविस उपमहानगरपालिकामा गाभेको थियो । गाविसबाट उपहानगर हुँदै अहिले महानगरवासी बनेका नयाँ ५ सहित १६ गाविसका वासिन्दालाई भौतिक पूर्वाधार, सरसफाई लगायतका सेवा सुविधा पुर्‍याउन महानगरपालिकालाई चुनौती थपिएको छ । न्युनतम पूर्वाधारको विकास बिना नै राजनीतिक उद्देश्यका लागि महागर घोषणा गरिएकाले चुनौती र जिम्मेवारी थपिएको महानगरपालिकाका कर्मचारीको भनाई छ ।

    एक सय ३२ दशमलव सात वर्गकिलोमिटर क्षेत्रफल रहेको महानगरपालिकाको पूर्वमा वारा जिल्ला र दक्षिणमा भारतको विहार राज्यसँग सीमा जोडिएको छ । मुलुकको मुख्य प्रवेशद्धार र औद्योगिक व्यापारिक नगरी वीरगन्ज पछिल्लो समय अव्यस्थित बन्दै गएको छ । घन्टाघर, माइस्थान, आदर्शनगर, छपकैयाक्षेत्रमा बढो सवारी चापका कारण आवागमन कठिन बन्दै गएको छ । २ लेनको सडकमा रिक्सा, साइकल, मोटरसाइकल, टांगा, बयलगाडा, कार, जीप लगायतका ‘मिश्रित’ सवारी साधन गुड्ने गरेका छन् । पाँच दशक अगाडि जुन योजना अनुसार सडक निर्माण गरिएको थियो, त्यसको क्षमताले यातायात र आवागमनको चापलाई थेग्न नसक्ने अवस्था छ । जनसंख्या वृद्धिका कारण पनि सडक वृद्धि अनिवार्यजस्तो बन्न पुगेको छ । सडकको चौडा विस्तार नगरेसम्म व्यवस्थित सहरको कल्पना गर्न मात्र सकिन्छ ।

    वीरगन्जवासीको दैनिक जीवनलाई सहज र व्यवस्थित बनउन सडक विस्तारलाई व्यवस्थित तरिकाले लैजानुपर्छ ।व्यापारिक नाका विस्तार योजना अन्तर्गत विराटनगर, भैरहवा र नेपालगन्जका मूख्य सडक ६ लेन निर्माण भएपनि वीरगन्जको त्रिभुवन राजमार्ग अझै फराकिलो हुन सकेको छैन् । योजना अन्तर्गत सडक विभागले प्रयास गरेपनि यहाँका केही नेता र उद्योगी/व्यापारीले अवरोद्ध सृजना गर्दै आएका छन् । विमलेन्द्र निधि भौतिक योजना तथा निर्माण मन्त्री हुँदा उनी निकट मानिएका नेता र व्यापारीले मन्त्रालयनै पुगेर वीरगन्ज–पथलैया सडक विस्तारको नक्सांकन नै परिवर्तन गर्न लगाएका थिए । हाल निर्माणाधिन रहेको उक्त सडकखण्ड पथलैया देखि वाराको परवानीपुर हुँदै वीरगन्जको सुक्खा बन्दरगाह जाने सडक फराकिलो पार्ने कार्य भइरहेको छ ।

    सडक विभागका एक इन्जिनियरका अनुसार वीरगन्जको केही नेता र व्यापारीको दबाबले रेखाकंन परिवर्तन नगरिएको भए अहिले परवानीपुरदेखि वीरगन्जको हुँदै भन्सारसम्मको सडक फराकिलो पार्ने कार्य सम्पन्न भइसकेको हुन्थ्यो । विभिन्न मञ्चहरुमा तिनै नेता र उद्योगीले राज्यले वीरगन्जलाई हेला गर्‍यो भनेर भाषण समेत गर्छन् । योजनाविहिन वस्ती विस्तारका कारण सहर अव्यस्थित बन्दै गएको छ ।

    महानगरपालिका नक्सा फाँटका एक इन्जिनियरका अनुसार वीरगन्जमा पहिले घर निर्माण गर्ने अनि सडक, नाला, बिजुलीका लागि गुहार्ने प्रवृक्ति बढेको छ । सहरको पूर्वी, पश्चिमी र उत्तरी भेगमा विस्तार भएका नयाँ वस्तीमा वरुणयन्त्र, एम्बुलेन्स लगायतका सवारी साधन प्रवेशमा कठिनाई छ । ‘वार्षिक करिब २० बिघा क्षेत्रफलमा सहरी क्षेत्र विस्तार भइरहेको छ,’ ती इन्जिनियर भन्छन्, ‘अधिकांश घर नक्सा पास बिना नै निर्माण भएका छन्, सडकसँग टाँसिएर घर निर्माण गर्ने र झ्यालको टप सडकमाथि सम्म आउने गरेको छ ।’

    साभार: भाद्र १४, २०७४ प्रकाशित कान्तिपुरबाट

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.