logo

मधेसी मोर्चाले लाशको खेतीलाई राजनीति ठान्छ

      3/31/2017 गते 00 00 मा प्रकाशित     2728   पटक पढिएको

डा. राजेश अहिराज

सप्तरीमा प्रहरीसँगको झडपमा पाँच जनाले ज्यान गुमाए । ज्यान गुमाउनेहरु कसका कार्यकर्ता हुन् केही थाहा छैन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एमालेको मेची महाकाली अभियानमा आफूहरुको निषेध छैन तर जनताले प्रतिकार गर्न सक्छन् भनेको थियो । तर जब पाँच जना मारिए, तब मोर्चाका नेताहरु झन्डा ओढाउन पुगि हाले । उनीहरुको लाश बोकेर सहर सहर घुमे ।

मूल विषय के हो भने पार्टी–पार्टीबीचको लडाईमा, देशभित्रको आन्तरिक राजनीतिक मूभमेन्टमा मारिने व्यक्ति कोही पनि शहीद होइनन् । शहीद त ती हुन् जो आफ्नो देशको रक्षाका लागि, आफ्नो देशको सार्वभौमसत्ता, अखण्डतकाका लागि डटेर लड्छ र उसले आफ्नो ज्यान दिन्छ । त्यो नै शहीद हो । यसअर्थमा कञ्चनपुरका गोविन्द गौतम शहीद हुन् । मोरङमा मारिएका शाह थरका एक नेपाली शहीद हुन् । तर सप्तरीका पाँचको मात्रै होइन राणाविरोधी अभियानमा मृत्यु वरण गर्ने जसलाई हामी ‘चार शहीद’का रुपमा बुझ्छौं उनीहरु पनि शहीद होइनन् ।
गाउँमा डाक्टर नहुँदा अहेबलाई नै ‘डाक्टरसाब’ भनिए जस्तै हो ‘चार शहीदको प्रशंग’ पनि । यसकारण पहिले त शहीदको मापदण्ड तोकिनु पर्छ ।

आज एमाले भन्ने एक पार्टीको कार्यक्रम बिथोल्न जाने क्रममा पाँच जना मरे । भोली संघीय समाजवादी र सद्भावनाबीच यस्तौ सम्बन्ध हुन सक्ला । मानौं संघीय समाजवादी र सद्भावनाका कार्यकर्ताबीच झडप भयो र कसैको ज्यान गयो भने के उनीहरु शहीद हुन्छन् ? सीधा कुरा हो हुँदैनन् । एमाले पनि अरु पार्टी जस्तै एउटा पार्टी हो । यो पार्टीको कार्यक्रम बिथोल्ने क्रममा मारिएकाहरु शहीद हुँदैनन् । मलाइ यो पनि थाहा छ कि मेरो यो धारणाले धेरै मानिसहरुको क्रोधले सीमा काट्ने छ । तर म यति भन्छु शहीद शब्दको अपमान नगरियोस् ।

मधेसी मोर्चाले तराईमा ‘इमोस्नल पोलिटिक्स’ गरिरहेको छ । उसले निषेधको राजनीति गरिरहेको छ । मोर्चालाई एमालेको विचार मन परेन भने उसले विचारले नै परास्त गर्नु पथ्र्यो । अझ मोर्चाले एमालेको सभामा आफू पनि सामेल भएर बोल्ने वातावरण तयार पार्नु पथ्र्यो । तर उसले औपचारिक हिसाबले एमालेलाई निषेध गरेन । जनताले प्रतिकार गर्न सक्छन् भनेर जनता उक्सायो । तर जब मानिसहरु मेर अनि हतार हतार गएर पार्टीको झन्डा ओढायो । मृतकको शवमा पार्टीको झन्डा ओढाएपछि त एमालेको सभा बिथोल्ने मोर्चा नै रहेछ भन्ने स्पष्ट भएन र ?

अर्को कुरा मधेसी मोर्चा नै मधेस वा मधेसी हो भन्ने भ्रमबाट निस्किनु पर्छ । मधेसी मोर्चा नेपालको के भनौं तराइकै साना दलहरुको एउटा गठबन्धन हो । यो गठबन्धनको आधिकारिक हैसियत एकदम सामान्य छ । तर मोर्चाले यसरी भ्रम छरिरहेको छ कि मधेस र मधेसी भनेकै मोर्चा हो ।

मोर्चाले भ्रममात्रै फैल्याएको छैन । राजनीतिक गण्डागर्दी पनि गरिरहेको छ । कुनै पनि राजनीतिक दललाई देशको ७५ नै जिल्लामा गएर सभा सम्मेलन गर्ने अधिकार छ । तर मोर्चाले गुन्डागर्दीको शैलीमा एमालेलाई निषेध गरेको छ । एमालेलाई मधेसमा निषेध गर्ने मोर्चाका नेताहरु आफू चाहीँ काठमाडौंमा आलिसान महल बनाएर बसेका छन् । यदि गहिरिएर हेर्ने हो भने मधेसी मोर्चाले देश र मधेसकै अपमान गरिरहेका छन् । यो कुरा आगामी दिनमा अझ स्पष्ट हुनेछ ।

एमालेले हारेको ठाउँमा उसलाई पस्न नदिने हो भने मधेसी दलका नेताहरु आफुचाहिँ किन काठमाडौं बस्छन् ? मोर्चाका नेताहरुले पनि त काठमाडौंमा कहि कतै जितेका छैनन् । अर्थात राजनीतिमा यस्तो निषेध गरिनु हुँदैन । यो गलत हो ।फोरमको पहिलो आन्दोलनमा ५४ ले ज्यान गुमाए । संविधान जारीको बेला ५६ ले अहिले पाँच जनाले ज्यान गुमाए । मधेसी नेताहरु नै सरकारमा जाँदा विशेष सुरक्षा योजनामार्फत तराईमा २८१ जनाको गैर न्यायिक हत्या भयो । मधेसी मोर्चाले जे जे एजेन्डा उठाएर राजनीति गरिरहेका छन् तिनै एजेन्डा गजेन्द्रनारायण सिंहले उठाएर ३० वर्ष राजनीति गरे । तर एक जनाको पनि ज्यान गएन । मोर्चाले यति धेरैको रगत बगाइसकेका छ तर पनि उनीहरुको मन शान्त भएको छैन ।

मधेसी मर्दा किन मोर्चा मौन ?

मैले मधेसको राजनीतिबारे अध्ययन गर्न थालेको २० वर्ष भयो । तर मैले मधेसी मोर्चाले राजनीति कसको लागि गरिरहेको छ बुझ्न सकेको छैन । केही वर्ष अघि मोरङमा वासुदेव साहलाई भारतीय एसएसबीले गोली हानी हत्या गर्यो तर मधेसी नेताहरु बोलेनन । ७२ मंसिरमा सप्तरीमा चार जना यादव थरका नेपालीहरुलाई एसएसबीले गोली हानी घाइते बनायो मोर्चाका नेताहरु चुइक्क बोलेनन् । यसपटक कञ्चनपुरमा गोविन्द गौतमको हत्या गर्यो मधेसी मोर्चा चुइक्क बोलेनन् । जाजरकोटमा २६ जनाको बस दुर्घटनामा ज्यान गयो । त्यसमा पनि मोर्चाको चट्टान भएर बस्यो ।

वास्तवमा यो मोर्चा कस्को लागि राजनीति गर्छ ? देशको लागि त गरेको देखिएन । क्षेत्रीय पार्टी जस्तो देखियो । यदि यसको औकात क्षेत्रीय पार्टीकै हो भने उसले एमाले कांग्रेसका मधेस ब्यूरोसँग प्रतिस्पर्धा गर्नु पर्यो । कांग्रेस एमालेसँग होइन ।

अर्को तिर हेर्नुहोस्, हालै भारतीय राजदूतको बिदाई मोर्चाले औपचारिक रुपमा नै गर्यो । छिमेकी हो भनेर सम्मानमा बिदाइ गर्नुलाई गलत नबुझौं । प्रश्न यहाँ यो छ कि छिमेकी त चीन पनि हो । अलि परेको छिमेकी त पाकिस्तान पनि हो । यी देशका राजदूतको बिदाई पनि मोर्चाले गर्छ ?
(मधेस मामिला जानकार डा. अहिराजसँग ध्रुव रिजालले गर्नुभएको कुराकानीमा आधारित) सभारःनेपाल आज

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.