logo

परिचय फेर्दै वीरगन्ज

नाकाबन्दीको केन्द्रविन्दु बनेको आर्थिक नगरी वीरगन्जमा पछिल्लो समय पूर्वाधार निर्माणले गति लिएको छ

      1/24/2017 गते 00 00 मा प्रकाशित     2113   पटक पढिएको

वीरगन्ज– गत वर्ष मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीको केन्द्रविन्दु बनेको आर्थिक नगरी वीरगन्जमा पछिल्लो समय पूर्वाधार निर्माणले गति लिएको छ । झन्डै आधा वर्षको बन्द र साढे ४ महिनाको नाका ठप्पले थलिएको यो क्षेत्र अहिले पुरानै लयमा फर्किएको छ । वीरगन्ज र आसपासका क्षेत्रमा पूर्वाधार विकास निर्माण, ठूला होटल, मल, अपार्टमेन्टस“गै पर्सा वारा औद्योगिक कोरिडोरमा नया“ उद्योग स्थापना र विस्तारले गति लिएको हो ।

सहरको मूख्य व्यापारिक केन्द्र मानिने आदर्शनगरमा करिब ७५ करोडको लागतमा ३ तारे दियालो होटल निर्माण भइरहेको छ । अन्डर ग्राउन्ड पार्किङ सहित तेस्रो तल्लामा स्वीमिङ्ग पुल, पार्टी प्यालेस पनि राखिने योजना रहेको सञ्चालक मध्यका एक अनिल रुंगटाले बताएका छन् । आदर्शनगर नजिकैको भगवती टोलमा ४५ वटा फल्याट भएको शालिमार होम्सको दुईवटा टावर निर्माण भइसकेका छन् । थप एउटा टावर निर्माण गर्ने योजना रहेको शालिमार ग्रुपका निर्देशक अशोक वैद्यले जनाए । यही समूहले वीरगन्जको गण्डक नजिकै नारायाणी वयोधा अस्पताल समेत निर्माण थालेको छ । आधुनिक सुविधा सहितको उक्त अस्पतालमा हेलीप्याडको समेत व्यवस्था गरिएको छ । ‘शालीमार सिमेन्टले आफ्नै खानी सञ्चालनमा ल्याएको छ,’ अध्यक्ष वैद्यले भने, ‘डन्डी निर्माण पनि सुरु गरेका छौ“ ।’ वीरगन्जको अर्को व्यापारिक समूहले पीभीआर मल निर्मँणको योजना बनाएको छ । स्टील्स, सिमेन्ट र फलाम उद्योगीले लगानी थपेर उद्योग विस्तार गरिरहेका छन् ।

विगत लामो समयदेखिको डुबान र ढल निकासको समस्यालाई हटाउन वीरगन्जमा सञ्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार योजनाको करिब ६० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको छ । करिब ३ अर्ब रुपैया“को यो परियोजनाले व्यापारिक नगरीको ढल निकास समस्या समाधान भई कायापलट हुने योजना प्रमुख शैलेन्द्र श्रेष्ठ बताउ“छन् । वर्षातको पानी र घरबाट निस्किने फोहोर पानी सहज निकासका लागि सहरको पूर्व र पश्चिममा रहेका सिर्सिया र सि“घा नदीसम्म पु¥याउन अन्डरग्राउन्ड नाला निर्माण भइरहेका छन् । ‘योजना सम्पन्न भएस“गै मूख्य डुबानक्षेत्रमानिएको पानीट्यांकी ऐरिया, आदर्शनगर, मुर्ली, जेल रोड, गोश्वारा रोड लगायतका क्ष्ँेत्रको डुबान समस्या समाधान हुनेछ,’ श्रेष्ठले भने । ३ अर्ब लागतमा वीरगन्जको पश्चिम पट्टि निर्माण भइरहेको एकीकृत भन्सार जा“च चौकीको निर्माण कार्य पनि अन्तिम अवस्थामा पुगेको छ ।


यसैगरि सहरबाट निस्किने ठोस फोहोरलाई व्यवस्थापन गर्ने उद्देश्यले ४७ करोड ६१ लख ८० हजार रुपैया“मा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको छ । स्थानीयको विवादले केही सुस्त बनेको निर्माण कार्य अहिले विवाद समाधान भएस“गै गति लिएको छ । फोहोर व्यवस्थापनको समस्या झेलिरहेको वीरगन्जले यो बहुप्रतीक्षित योजना सम्पन्न भएपछि राहत पाउने वीरगन्ज उपमहानगरपालिकाले जनाएको छ । अगामि असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको वीरगन्ज बसपार्क टर्मिनलको निर्माण कार्य पनि सुरु भएको छ । १७ करोड रुपैया“ लागतमा अत्याधुनिक बसपार्क निर्माण गरिने उपमहानगरपालिकाका योजना प्रमुख प्रकाशमान सिंह अमात्यले जनाए ।

 

निर्माण कार्यले गति लिएस“गै निर्माण सामग्रीको माग ह्वात्तै बढेको छ । वारा पर्सा औद्योगिक कोरिडोरमा रहेका करिब एक दर्जन सिमेन्ट र डन्डी उद्योगले उत्पादन झन्डै दोब्बर बढाएका छन् । सहरस“गै पर्साको ग्रामीण सडक ग्राभेल गरी पीच गर्ने कार्य पनि सञ्चालनमा छन् । ग्रामीण क्ष्ँेत्रलाई सदरमुकाम वीरगन्जस“ग जोड्ने पोखरिया–तिलावे १० किलोमिटर सडक खण्ड सडक डिभिजन कार्यालयले पक्की गर्ने ठेक्का लगाएको छ । जिल्ला विकास समितिले १३ किलोमिटर लामो आत्माराम पथ र १७ किमी जनता सडक पीच गर्न ठेक्का लगाएको जिविस योजना शाखाका शम्भु चौरसियाले बताए ।


साभार: कान्तिपुर

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.