logo

पत्रकार महासंघ पर्साले कसैलाई सदस्यताबाट बञ्चित नगरेको प्रष्टोत्ति

      1/21/2020 गते 00 00 मा प्रकाशित     1097   पटक पढिएको


वीरगञ्ज ७ माघ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यसमिति बैठक आज सम्पन्न भएको छ । बैठकले नेपाल पत्रकार महासंघ पर्सा शाखाले नयाँ सदस्यता लिन चाहने व्यक्तिले नेपाल पत्रकार महासंघको निर्वाचन हुनुपुर्वको ६ महिना अगाडी बाहेक जुनसुकै बेला सदस्यता लिन सक्ने प्रावधान हुदाँ हुदैपनी शाखालाई बदनाम गराउने उदेश्यले गरिएको प्रचारबाजी र भ्रममा कोहि पनि नपर्न आग्रह समेत गरेको छ ।

सदस्यता नदिएको भन्दै आएको विविध खाले आरोप प्रति आपति जनाउँदै  महासंघको नयाँ सदस्यताका लागी नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको २०७६ मंसिर २ गते गोरखामा बसेको संगठनात्मक बैठकले सदस्यता फारम खोली रहनु नपर्ने प्रस्ट रुपमा भनिएपनी नेपाल पत्रकार महासंघ पर्सा शाखामा हालसम्म नयाँ सदस्यताका लागी कुनैपनी निवेदन नआएकोले क्रियाशिल पत्रकारहरुलाई बिधानले दिएको मापदण्ड भित्र रहि फारम भर्न आग्रह गरेको छ ।

आजैको मितीदेखी महासंघको कार्यालयमा नयाँ सदस्यतालिन चाहने व्यक्ति स्वयमले २०७६ माघ ११ गतेभीत्र नेपाल पत्रकार महासंघको सभाहलमा निवेदन बुझाउन समय सीमा तोकेको छ । केन्द्रीय कमिटिको विधानले निर्दिष्ट गरेको प्रमाण सहित निवेदकले रु ५ सय रुपैयाँ सहित महासंघको कार्यलयमा निवेदन दिन र यसका लागी कार्यसमिति सदस्य जियालाल साहलाई जिम्मेवारी दिइएको छ ।


यसैगरी नेपाल पत्रकार महासंघ पर्सा शाखाको २३ औँ सधारण सभामा प्रस्तुत प्रतिवेदन माथि आएको केही असन्तुष्टि विषय माथि गठित छानविन समितिले बुझाएको प्रतिवेदनमा औल्याइएको सुझावलाई छलफल गर्दा सहयोगी दाताले दिएको सहयोग नेपाल पत्रकार महासंघको भवन निर्माणमा खर्चिएको देखिएको छ । छानविन समितिले बुझाएको प्रतिवेदनमा कार्यसमिति प्रति केही विषयमा पुर्वाग्राही समेत देखिएकाले विधि सम्वत कार्य गर्ने निर्णय गरिएको छ । साथै औंल्याईका सुझावलाई कार्य समितीले कार्यन्वयनमा ल्याएको र उठेका नगद एवं जिन्सी अनियमितता नभएको ठहर समेत गरेको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा सम्पन्न बैठकमा उपाध्यक्ष अनुप तिवारी, सचिव युवराज खड्का, सह सचिव आर के पटेल, कोषाध्यक्ष भुषण यादव सदस्यहरु संजिव मिश्रा, सफल खतिवडा, जियालाल साह, मनोज पटेल, अमित अग्रवाल, सुष्मा शर्मा, प्रणय साह, पुष्पराज तिमलशिना लगायतको उपस्थिति रहेको थियो । बैठकले यसअघि गठन भएको सदस्यता नविकरण ,शुद्धिकरण एवं सिफारिस समितीलाई थप जिम्मेवारी समेत दिने निर्णय गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

उदाउदो सूर्यलाई अर्घदिने दिनमा मधेश प्रदेश सरकारले दियो बिदा

वीरगंज । मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.