logo

छोरी बिमाको रकम २० लाख पु¥याइने मुख्यमंत्री राउतको प्रतिवद्धता

      1/16/2020 गते 00 00 मा प्रकाशित     1595   पटक पढिएको

वीरगञ्ज २माघ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छोरी बिमाको रकम २० लाख रुपैयाँ पाउने व्यवस्था मिलाउने बताउनु भएको छ  । प्रदेश सरकारले थालनी गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्र्तगत एक लाखको छोरी बिमा रकमलाई २० लाख रुपैयाँसम्म पुर्‍याउने गरि आगामी दिनमा काम गर्ने उहाँले बताउनु भएको छ  ।

वीरगञ्जमा सप्ताहिक ‘छोरी शिक्षा बीमा शिविर’ को उद्घाटन गर्दै मुख्यमन्त्री राउतले छोरी शिक्षाको बिमा रकमलाई वृद्धि गर्न स्थानीय तहका प्रमुख तथा अन्य दातृ निकायसँग कुराकानी भइरहेको बताउनु भयो ।


‘प्रदेश विकासका लागि छोरी शिक्षित हुन आवश्यक छ, २० वर्षपछि उच्च शिक्षाका लागि रकम आवश्यक भएको बेला छोरीले अरुको मुख ताक्नु नपरोस् भन्ने उद्धेश्यले बिमा रकम बृद्धि गर्ने योजना बनाइएको बताउनु भयो ।

उनले सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने छोरीहरुलाई प्रति महिना पाँच सय रुपैयाँ प्रोत्साहन रकम दिने तयारीमा समेत प्रदेश सरकार रहेको बताउनु भयो ।


कार्यक्रममा सांसद प्रदीप यादव, प्रदेश सभा सदस्य जन्नत अन्सारीलगायतले देश विकासका लागि छोरी शिक्षित हुन अवश्यक रहेकोमा जोड दिए ।

वीरगञ्जको विर्तास्थित त्रिजुद्ध माविमा सञ्चालित शिविरमा आज ६५ जना बालिकाको बिमा गरिएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नं १ देखि ७ र १६ नम्बर वडाबाट आएका सर्वसाधरणले शिविरमा छोरीको बिमा गराएको कार्यक्रमका संयोजक आमोद यादवले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.