logo

रेडक्रस  सोसाईटीद्वारा जुनियर रेडक्रस सर्कलबीच निबन्ध प्रतियोगिता

      1/10/2020 गते 00 00 मा प्रकाशित     1530   पटक पढिएको

वीरगन्ज, २५ पुस ।  नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाद्वारा पर्सा जिल्लाका विद्यालयहरुमा गठित जुनियर युवा रेडक्रस सर्कलहरुबीच आज प्रतियोगिता सम्पन्न भएको छ । नेपाल जुनियर युवा रेडक्रस समितिको आतिथ्यतामा र विद्यालयहरुको आयोजनामा प्रतियोगिता गराईएको थियो ।

राम चरण साह पन्नालाल माध्यमिक विद्यालय, आर्दशनगर वीरगंज पर्साको आयोजनामा जिल्ला स्तरीय निबन्ध र जिल्ला उच्चाङ्गल रामदेव कलवार नमूना माध्यमिक विद्यालय पोखरिया पर्साको आयोजनामा जिल्ला स्तरीय कबिता प्रतिगोगिता पन्नालाल मा.वि.मा संचालन गरिएको थियो । प्रतियोगितामा पर्सा जिल्लाका विभिन्न विद्यालयहरुबाट ४२ जना विद्यार्थीहरुले भाग लिएका थिए ।

प्रतियोगिताको वारेमा सहभागीहरुलाई नेपाल जुनियर युवा रेडक्रस समितिका संयोजक विनोद गिरीले प्रकाश पारेका थिए । रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले सहजीकरण गरेको कार्यक्रममा कोषाध्यक्ष महन्थ प्रसाद यादव, दयाशंकर सिंह, काशी प्रसाद शाह, गिता ठाकुर, मणिभूषण द्धिवेदी, प्रमिला निरौला, राजन यादव, भरत शर्मा, आलम हवारी, दिपिल परियार लगायत शिक्षक नायकहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगिहरुलाई जुनियर युवा रेडक्रस गोष्ठिमा पुरस्कृत गर्ने  रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.